डिसीमा तामांग समाज द्वारा ल्होछार पर्व

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                  डिसीमा तामांग समाज द्वारा ल्होछार पर्व    फागुन ५ ,२०६९ (तदनुसार फेब्रुअरी १६ ,२०१३ ) का दिन वाशिंगटन डिसी महानगर क्षेत्रमा बृहत वाशिंगटन तामांग समाजको आयोजनामा भर्जिनिया राज्यको हर्नडनमा २८४९ सोनाम ल्होछार पर्व(नया बर्ष )अर्थात् सर्प बर्ष मनाईयो l उक्त उत्सब पहिलेको भन्दा अलिक पृथक शैलीमा आयोजना गरिएको थियो l   कार्यक्रम लाई दुई चरणमा भिभाजित गरि पहिलो कार्यक्रम औपचरिक र दोश्रो चरणमा कलाकार र नव प्रतिभाहरुले आफ्नो कला प्रस्तुत गर्नु भएको थियो l कार्यक्रमको सुरुवात गुरुले मन्त्र द्वारा गर्दै उपस्थित सबैलाई मन्त्र उच्चारण गर्न लगाउनु भएको थियो l उक्त उत्सवमा परिचयात्मक कार्यक्रम पनि समाबेस गरिएको थियो lतामांग समाजका अधक्ष्य श्रीलाल मोक्तानले सदश्यहरुलाई संघको नवीकरण गर्न आग्रह गर्दै अधक्ष्य मन्तब्य व्यक्त गर्नु भएको थियो भने स्वागत भाषण समाजका उपाधक्ष्य बिणा लामाले गर्नु भएको थियो lदोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आनन्दु लामा ,सुबु सिंह ,विश्व राज थापा तथा प्रकाश सिवाकोटीले सांगेतिक धून प्रस्तुत गर्नु भएको थियो l   सांस्कृतिक साँझलाई मनोरंजन दिने उदेश्य अनुरुप कलाकारहरु क्रमस ,इन्दु पोख्रेल ,नेत्र घिसिङ्ग ,अंकुश नेपाल ,शशि दाहाल ,लामु तामांग ,दिनेश गुरुङ ,बिकाल पौडेल ,विस्हर पौडेल ,साक्षी जोशी ,श्रेया दाहाल ,श्याम लामा ,मंजु पुन र राजु रुम्बाले विभिन्न कला प्रस्तुत गर्नु भएको थियो l यसपाली उक्त उत्सवमा एउटा रोचक प्रस्तुतिको थालनी गरिएको थियो l गीतको भाकामा उत्कृष्ट प्रदर्शन गर्ने कलाकारहरुलाई पुरस्कार दिने घोषणा गरे अनुसार निर्णायक मण्डलीले लामु तामांगलाई सो पृथक कार्यक्रमको लागि रीति रिवाज ( मिसेस कस्टम )सम्मानबाट पुरस्कृत गरेको थियो lकार्यक्रम संचालन समाजका महा सचिब राज तामांगले गर्नु भएको थियो l  

ANATEXAS · Feb 17, 2013 10:29 AM · 2,983 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all