प्यार आइपोहाल्छौकी भन्दाभन्दै अनिदा रात गन्दागन्दै मन सुकेर मास्सिने भो चेत अचेतमा भास्सिने भो बाहिर केही सर्याक्क गर्दा ढोका कैले घर्याक्क गर्दा आंत एसै आशिलो हुन्छ रहर फेरि रशिलो हुन्छ हत्तारिंदै हान्निन्छु बाइर फाटेको फुर्ती जोशिलो हुन्छ तर उही शुन्य रात के पुग्थ्यो र दिलको बात सुर्रिनु सब बेकार हुन्छ अचानोमा अर्को मार हुन्छ बैरी यो मनको सुन्दासुन्दै याद निठुरिको बुन्दाबुन्दै दिन रात दण्ड जस्तै भो होश वेहोश उस्तै भो सुख दुख ओइरी दिंदा वाधा अड्चन कुहिरी दिंदा एक्लिएझैं आभाश हुन्छ एउटा तिम्रै आश हुन्छ फर्की कती हेरें कुरें आश संधै निराश हुन्छ लत्रिन म सकुन्जेल धुकधुकी यो रहुन्जेल कुराइ त हरबार हुन्छ वेहिसाब तिम्रै प्यार हुन्छ
caliber19 · Feb 15, 2013 8:08 PM · 12,745 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion