हैन यी जाँठाहरुलाई कति चाहिँ पैसा भए पुग्छ होला? देशको ढुकुटीमा भएको पैसा नेता, कार्यकर्ता, अनि आफ्ना आफन्तको भलो गरेर सक्ने, अनि विकासका काम गर्न चाहिँ अब सबैले चन्दा दिनुपर्ने? चन्दाको नाममा खुलेआम जनता लुट्ने अर्को भाँडो मात्र हो यो बाउरामेको! निर्देशिकाविपरीत रकम तोकेर कोषमा जम्मा गर्न आह्वान काठमाडौ, फाल्गुन ४ - सरकारले राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकाको भावनाविपरीत देशविदेशमा रहेका नेपालीलाई रकमै तोकेर 'नयाँ नेपाल निर्माण कोष' मा जम्मा गर्न विशेष आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकामा कोषमा स्वैच्छिक रूपमा रकम जम्मा गर्ने व्यवस्था छ । तर, सरकारले उक्त व्यवस्थाविपरीत गैरआवासीय नेपालीलाई रकमै तोकेर १०/१० अमेरिकी डलर -८ सय ६० रुपैयाँ) जम्मा गर्न आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जुनसुकै व्यवसाय या पेसामा रहेका प्रत्येक नेपाली नागरिकलाई एक/एक दिनको आम्दानी कोषमा जम्मा गर्न आह्वान गर्ने निर्णयसमेत गरेको उल्लेख छ । कोषमा प्रधानमन्त्री बाबुराम भट्टराईले १५, उपप्रधानमन्त्री, मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसम्मले १० देखि १५ र सरकारका मुख्यसचिव तथा सम्पूर्ण सचिवले ५/५ दिनको तलबबापतको रकम जम्मा गर्ने घोषणा गरेका छन् । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक, विकास समिति, स्थानीय निकाय र संस्थानका कर्मचारीलाई समेत स्वेच्छाले रकम जम्मा गर्न आह्वान गरेको छ । कोषमा जम्मा हुने रकमबाट सरकारले बस्ती र नदी सफाइ, खुला दिसामुक्त क्षेत्र घोषण्ाा, खानेपानी, स्वास्थ्य चौकी निर्माण, कृषि, सडक, नदी नियन्त्रण, साक्षरता अभियान, खेलकुद मैदान, मठमन्दिरको जीर्णोद्धार, विपद व्यवस्थापन, लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन, सामाजिक विकृति -जुवातास र अन्य विकृति) नियन्त्रण लगायतका क्षेत्रमा स्वयंसेवा अभियान चलाउने निर्णय गरेको छ । प्रकाशित मिति: २०६९ फाल्गुन ४ १२:५३ ekantipur.com/nep
jantare1 · Feb 14, 2013 4:14 PM · 3,862 views
हैन त्यो नेता हरुले घुस खाएको रकम को १% आफैले राखे अनि सरकारी पक्ष बात राम्ररि कार्यनयन गरे ( घुस खान छोडे ) हामी संग मागी रहनु पर्दैन | बद्रि ( प्रचण्ड )ले खाएको अरबौ बाट १०% लिए कसो होला ? यो पनि कसैलाई दिने जागिर र तलब हो |
MaGorkhe1 · Feb 15, 2013 8:32 AM
खुला दिसामुक्त क्षेत्र घोषण .... re. .. 10 dollar ko note bhanda ta toilet paper nai ramro huntyo ki...
Khairey · Feb 15, 2013 4:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion