Reposting कथा प्रकाश वाह्र क्लास बायोलोजिको बिध्यार्थी-निस्ट कलेजमा। उषा पनि निस्टमै बाह्र क्लास, बायोलोजि। दुबैजना पढाइमा एकदम राम्रो, प्रकास र उषा एकैटोलको, किण्डरगार्डेन देखि सगैं पढेको लिट्टिल एन्जल्स स्कुलमा। किण्डरगर्डेनमा दुबैजना हातसमाएर खेल्ने। एस एल सि दुबैको फर्स्ट डिभिजन। प्रकासको बाबु आमा दुबै कर्मचारि। दुबैजनाको तलबले घरखर्च अनि छोरा प्रकास र छोरि गिताको पढाइखर्च ठिकै चल्दै थियो। उषाको बाबु सानो ब्यापारि। तिनजना छोरि सहित पांचजनाको परिबार आराम सगंचलिरहेको थियो। प्रकास सधै हसिलो केटा, प्रसस्त मिहेनति र गफ पनि धेरै गर्नु पर्ने। साथिहरुको बिचमा प्रकास निकै लोकप्रिय थियो। उषा पनि उत्तिकै मिहेनति र असाध्य राम्रि। सायद यहि कारणले होला यो कथाको दुइ पात्रको बिच लिट्टिल एन्जल्समा सुरु भएको आकर्षण निस्ट कलेजमा पुग्दा मायामा बदलिइसकेको हुन्छ। प्रकास र उषा दुबैको परिबारलाइ यो कुरा थाह हुदैन। __________________________________________ लेख्ने म नै हो, पात्र हरु मेरै सिर्जना हुन्, कलम पनि मेरै हो तर किन हो किन कथा मा व्यथा नपोखु भन्यो , कलम मान्दैन. कहिले कहिँ त लाग्छ जबर्जस्ति गरूँ, कलम ले नमाने पनि, सोचाई ले न दिए पनि आखिर पात्र त मेरै हुन् नि, तेसकारण व्यथा को सट्टा , "happily lived ever after " तिर कथा लाई किन नबंग्यौने? अर्को मन ले फेरी भन्छ तेसो गर्दा तँ कथाकार होइन "तानासाह" बंछस, अर्धसत्य कथा लाई किन पुरै असत्य बनाउछस ? लेख्ने म़ नै भए पनि पात्र हरु लाई पुरै दास बनाउन हुन्न जस्तो लाग्छ आफै लाई सान्त्वोना दिदै भन्छु "साएद मुना र मदन को कथा "happily lived ever after " मा टुङ्गे को भए लक्ष्मी प्रसाद देबकोटा जन्मिदैन थे कि? आफ्नो दुइ पैसे कथा लाई मुना मदन संग आफैले दाजेको देखर फिस्स व्यंगात्मक हासो हास्छु. जे भएपनि एकपटक फेरी कथा म़ा व्यथा घोल्ने निर्णय गर्छु ______________________________________________ प्रकासको बाबु राम प्रसाद बिगत दुइबर्षदेखि बेलाबेलामा बिरामि परेको छन । धेरै पैसा खर्च भएपछि बल्ल रोग पत्ता लाग्छ। उस्को दुबै म्रिगौला काम नलाग्ने भैसकेको रहेछ, तुरुन्त फेर्न पर्नेरे, डाक्टरले भनेको। इण्डियामा गएर जचाउदा, सबैगरेर बिस लाख भारु लाग्ने रे। बिरामि कुरुवा, आतेजाते खर्च र औषधि खर्च अलग। कहांबाट ल्याउने त्यत्रो पैसा? सञ्चयकोषको पैसा घरबनाउदा झिकेको, तिर्नै बांकि छ। खर्च जुटाउन घर बेचिन्छ। छोरि गितालाइ मामाघर पोखरामा छोडेर, प्रकास र उसकि आमा राम प्रसादको उपचारको निम्ति सगैं इण्डिया जाने निर्णय हुन्छ्। इण्डिया जाने एक दिन अघि प्रकासले यो कुरा उषा लाइ भन्छ। “प्रकास, तिम्रो पढाइ छुट्छ, र शायद बाह्र क्लासको फाइनल पनि छुट्छ” उषा भन्छे, फर्केर कन्टिन्यु गर्छु निषा, तर तिमि राम्रो गर नि जांचमा, प्रकासको जबाफ थियो “हुन्छ प्रकास, म तिम्रो लागि पनि नोट तयार पारेर राख्छु, तिमि एक बर्ष ढिला भएपनि संगै डाक्टर पढ्नु पर्छ” उषा भन्छे। निषाको हात समाउदै प्रकास भन्छ “उषा हामि बच्चा देखि छुट्टिएको छैन, यो पनि छोटो समयको लागि मात्र हो। “किण्डरगार्डेनमा तिमिले मेरो फ्रक समातेर नाचेको मैले अझपनि बिर्षेको छैन प्रकास । छोटो समयको लागि भएपनि मलाइ नबिर्ष नि प्रकास” उषाको अनुरोध थियो। “म तिमिलाइ चाहेर पनि बिर्सन सक्दिन उषा, तिमि मेरो घर, जहां पुगेपनि फर्केर आउने ठांउ, Life is beautiful when you are with me” प्रकासले बिस्तारै भन्यो। You know today is Valentines Day? उषाले सम्झाउदै भन्छे कस्तो बिर्सेको “sorry Usha, मैले तिमिलाइ उपहार ल्याउन पनि बिर्से” “तिमि मेरो जिन्दगिको सबभन्दा ठुलो उपहार that is all what I want dear” उषाको जबाफ “You are my valentine for ever” भन्दै प्रकासले उषाको हात चुम्छ जाउ, अबेर भैसक्यो, भोलि तिमि इण्डिया जान पर्ने उषा भन्छे, दुबैजना छुट्टिन्छन। ब्यथा जिन्दगिमा सोचेको जस्तो कहां हुन्छ। सोचेको सबैकुरा पुग्ने भए कति सुन्दर हुन्थ्यो यो जिबन। अथवा सोचेको सबै पुग्ने भए जिबन को अर्थ नै हुदैन थ्यो कि ? हामि सबैको आ-आफनैं कथा र ब्यथा छन्। प्रकासको बाबुको अपरेसन त सफलहुन्छ तर तिन महिना पछि उसको सरिरले नयां Kidney accept गर्दैन। एक बर्ष सम्म अस्पतालमानै बसेर treatment गर्दा पनि ठिक हुदैन र उस्को म्रूत्यु हुन्छ। प्रकास फर्केर काठमाणडु आउंदा उषा medicine पढ्न इण्डिया गैसकेकि हुन्छे। उषालाइ दिएको बचन पुरागर्न प्रकासले पढाइ चालु गर्छ तर रिजल्ट राम्रो आउदैन। आर्थिक कारणले गर्दा उनीहरु सबै मामाघर पोखरा जान्छन , प्रकाश ले पोखरा को Tours and Travel Agency मा ड्राइभरको जागिर खान्छ। “अब मैले उषाको बारेमा सोच्नु ठिक छैन Driver र Doctor को मिलन सुहांउदैन” प्रकास सोच्छ। तर किनहो कुन्नि प्रकासलाइ उषाबाहेक अरु कुनै केटि मनै पर्दैन। जे भएपनि उषालाइ एकपल्ट भेट्न उसलाइ खुब इच्छ्या छ। उषा छुट्टिमा त काठमाण्डु आउनुपर्ने हो। उसलाइ पनि संझना छ किण्डरगार्डेनमा उसले उषाको गुलाफि फ्रक समातेर नाचेको। तर प्रकाश को जिबन मा अब आमा र बहिनि को लागि बास र गास को व्यवस्था गर्नु नै प्रमुख जिम्मेबारी हो, जिम्मेबारीको बॊझ ले थिचे पछि साएद माया भाग्छ, समय बितेको पत्तै हुदैन. प्रकाश को जिबन मा पनि तेस्तै भयो. तिन वर्ष बिते छ, प्रकाश लाई जिम्मेबारी ले थिचेको थियो, पत्तै पाएन प्रकाश ले काम गर्ने Travels and Tours का साहु जी को काठमाडौँ म़ा पनि business थ्यो. पोखरा म़ा बसेर उषा लाई भेट्न सम्भब नहुने देखेर प्रकाश ले साहु लाई भनेर काठमाडौँ म़ा सरुवा गरायो ___________________________________________ “ए प्रकास आज हाम्रो साहुजिको छोराको बिहे। बिहान बिहेमा कार लिएर गएको एउटा ड्राइभरको पेट दुख्यो रे, आज बेलुका दुलहि लिएरआउनु पर्ने, कुनै ड्राइभर छैन ल तिमिनै जाउ” मेनेजरले प्रकासलाइ भन्छ। “हुन्छ गैहाल्छुनि सर, बरु कुन ठाउंमा जान पर्ने हो प्रकासले सोध्छ” “सेण्टजेभियर स्कुल पछाडिको रातो घर” प्रकास झसंग हुन्छ, त्यो त उषाको घर, शायद उषाको बहिनिको बिहा हुनुपर्छ उ सोच्छ। प्रकास कारलिएर उषाको घरतिर लाग्छ । शायद उषा आएको हुनुपर्छ बिहामा, उषा संग भेट हुने आसमा उ खुसि हुन्छ। “नयां कारपनि आइपुग्यो, ल यो कार सजाउ यसमा दुलहि लैजाने” कसैले भन्यो “होइन, हाम्रो साहुको छोराको कोसगं बिहे भाको”? कार सजाउन लागेको मान्छे संग प्रकासले सोध्छ “इण्डियामा डाक्टर पढ्न गएको बेला उतै डाक्टर पढिरहेको केटि रोजेको रे, अहिले छुट्टिमा आएर बिहे गरेको, एक महिनापछि उतै जाने रे” उसले जबाफ दिन्छ। प्रकास छानाबाट खसेको जस्तो हुन्छ, उषाको बिहे जस्तोपो छ, हे भगबान यो के भएको? कुन अबस्थामा भेट हुने भो उषा संग मेरो। प्रकास उषा संग किण्डरगार्डेन देखि बिताएका क्षणहरुको अतितमा डुब्छ। “ए ड्राइभरसाप, दुलहि ल्याउने बेला भो कारको ढोका खोल्नुस” कसैले भन्छ प्रकास हत्तपत्त उषाले नचिनोस भनेर अनुहार आधा छेकिने गरेर cap लगाउछ र कारको ढोका खोलेर दुल्हा दुलहि पर्खेर बस्छ। घर बाट पहिले दुल्हा निस्कन्छ, अग्लो र उज्यालो अनुहार भएको केटा। दुलहि पनि निस्कन्छे, घुम्टोमा भएपनि प्रकासले चिनिहाल्छ उषालाइ। बिना ऋंगार त असाध्ये राम्रि उषा, दुलहिको ऋगांरमा त उ अनुपम देखिएकि थिइ। प्रकास लाइ उषाको घुम्टो समातेर नाच्न मनलाग्छ, किण्डरगार्डेनमा उषाको गुलाफि फ्रक समातेर नाचे जस्तै दुल्हा दुलहि कारमा बसेपछि प्रकास कारको ढोका लगाएर ड्राइभरको सिटमा बस्छ। “कस्तो राम्रो जोडि, बिहा पनि कस्तो valentines day मा पारेको, बाहिरबाट कसैले भन्छ” ओहो आज valentines day कस्तो बिर्सेको प्रकासले सोच्छ, तर आज उस्को forever valentine अरुकै भैसकेको छ। backview mirror बाट उसले फेरी उषा लाई एकपटक हेर्छ र मनमनै भन्छ: उषा, म तिम्रो प्रकास, happy valentines day. Last edited: 14-Feb-13 08:22 AM
timi_mero_sathi · Feb 14, 2013 8:01 AM · 11,818 views
ब्यथा त प्रकाश लाई मात्र भएछ, समय को खेल न हो - आफ्नो हात मा आफ्नो भाग्य कहाँ हुन्छ र - जे सोचेको त्यस्तै हुने - सोचे जस्तो हुन्न जीवन भन्ने गीत याद आयो कीप इट अप टि एम यस
serial · Feb 14, 2013 8:49 AM
Dont you guys think this is a big BS around in eastern world (Nepal, India) where you have have equal social standing in terms of career and family before a guy can think of marrying a girl? And doctors and drivers are compared like brahman and sudra?? Same girl if were in US probably would have been OK, marrying a khaire driver...
GwachAquarian · Feb 14, 2013 3:29 PM
good writing , keep it up
thapar · Feb 14, 2013 3:32 PM
सान्दार्भिक भए नि अलिकति नाटकीय लाग्यो . सभावाना नै भएको घटना भने हैनन् . सदा झैँ आफ्नै शैली को कथा .
rahulvai · Feb 14, 2013 3:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion