सिमानाबारे दुई जिल्लामा विवाद (0 Votes) 1 2 3 4 5 टीकाप्रसाद भट्ट ० गुम्लेल (रामेछाप), माघ २८ - रामेछाप र सोलुको सिमानामा यस्तो केही भू-भाग छ जसलाई दुवै जिल्लाले आ-आफ्नै हो भन्दै दाबी गरिरहेका छन् । रामेछापले पाएको ऐतिहासिक किपटको कागजका आधारमा उक्त भूमिलाई आफ्नो दाबी गर्छ भने सोलुले लिखु नदीलाई आफ्नो सीमा भन्दै उक्त भू-भागको दाबी छोडेको छैन । दुई जिल्लाले आ-आफ्नो दाबी गरेको भू-भागमा पर्ने दुधिलेमा करिब ७ परिवारको बसोबास छ, उनीहरूले आफ्नो जिल्ला कहिले रामेछाप लेख्छन् त कहिले सोलु । नागरिकता प्रमाणपत्र सोलु जिल्लाबाट बनाएका छन् भने जग्गा धनिपुर्जा कुनै जिल्लाको पनि छैन । लिखु नदी पूर्वतर्फ रहेकाले अधिकांशले रामेछाप भन्दा सोलुतर्फको साइनो गाँसेका छन् । सोलुको भकान्जे गाविसमा उक्त क्षेत्र रहेको दाबी सोलु जिल्लाको छ । यता रामेछापले उक्त भूमि रामेछापको गुम्देल गाविस वडा नं १, २ र ४ मा पर्ने दाबी छोडेको छैन । जिल्ला विभाजन गर्दा उक्त क्षेत्र सोलुमा परेपछि रामेछापका बासिन्दाले सीमासम्बन्धी मुद्दा हाले । सरकारले केही जिल्लाको सिमानामा हेरफेर गर्दा उक्त भू-भाग रामेछापमै पर्ने जनाएर राजपत्रमा सूचना जारी पनि गरेको थियो । तर २०३४ सालको उक्त राजपत्रको सूचना अझै कार्यान्वयनमा आएको छैन । रामेछाप गुम्देलका आङनिमा शेर्पा भन्छन््, 'मैले नै हो यो मुद्दाको उठान गरेको । 'हाम्रा पुर्खाले पाएको किपटमा उल्लेख भएको भूमिलाई सोलु जिल्लामा पारेपछि चुप लागेर बस्ने कुरा त आउँदै-आउँदैन नि ' शेर्पाले भने । शेर्पा त्यस बेला धेरै स्थानमा चाहारे । केही वर्षको धौडधुपले दुधिलेसहितको भू-भाग रामेछापमा आएको राजपत्रमा स्ाूचना पनि निस्कियो । तर अहिलेसम्म त्यही कागजमा मात्र सीमा सच्चियो, व्यवहारमा सच्चिएको छैन । विवाद ित लिखु पारिको भू-भागमा बसोबास गर्नेले हालसम्म पुर्जा नपाउँदा उक्त क्षेत्रको जग्गाजमिन घरसारको कागजातका आधारमा किनबेच हुँदै आएको छ । सोलुखुम्बुबाट नापी नक्सा हुन लाग्दा रामेछापले रोकेको र रामेछापले नापी लग्दा सोलुले रोकेपछि उक्त क्षेत्रमा हालसम्म जग्गाधनी प्रमाण पुर्जा बनेको छैन । रामेछापबाट गएको नापी टोलीले २०४० सालमा उक्त विवाद ित जमिनको मोठसम्म कायम गरेको छ । शेर्पाका अनुसार उक्त जग्गाको विषयमा भएका कामकारबाहीको फाइल रामेछापस्थिल मालपोत कार्यालयमा थुपि्रएको वषार्ंै भइसक्दा पनि निर्णय चरणमा पुगेको छैन । मालपोत विभागले रामेछाप मालपोतलाई २०३४ सालकै राजपत्रलाई आधार मानेर रामेछापको सीमा भित्र उक्त भूगोललाई ल्याउनका लागि आवश्यक कारबाहीका लागि मालपोत कार्यालयलाई केही वर्षअघि नै निर्देशन दिइसकेको भए पनि मालपोत कार्यालयले काम अघि नबढाइदिएको गुनासो गुम्देलका बासिन्दाको छ । रामेछाप र सोलुको सिमानामा भकान्जे खोला दोभान हुँदै केही पूर्व गएपछि उत्तर तेर्सो उत्तिसघारी हँुदै ठाडो खोल्सा, ठाडो खोल्सा हँुदै चुच्चेढुंगा, पाडाफर्के, टापटिङ हुँदै नुम्बुर हिमालसम्म पुग्ने रामेछापेलीको दाबी छ । अहिले रामेछापले दाबी गरिरहेको नुम्बुर हिमालसमेत लिखु पूर्वको सोहीविवाद ित भूमिमा पर्छ । 'लिखु नदीलाई रामेछापको सीमा मान्ने हो भने हाम्रो नुम्बुर भन्नु व्यर्थ छ,' स्थानीय दावा शेर्पाले भने । रामेछाप र सोलु जिल्लाको बीचमा पर्ने अरू क्षेत्रलाई लिखुले विभाजित गरेको छ भने त्यसभन्दा दक्षिण बहदै आउने लिखुले फेरि ओखलढुंगा र रामेछापको सिमाना कायम गरेको छ । उक्त क्षेत्रभन्दा बाहेक अन्यत्र यस प्रकारको विवाद छैन । शेर्पाका अनुसार उक्त भूमिमा मैदाने, निगाले, ज्याङ्मासा समेतका क्षेत्र पर्छन् । केही जग्गा वसोबास र आवाद गर्नलायक भए पनि अरू सबै हिमाली भीर रहेका छन्् । 'त्यही पनि हाम्रो भूभाग हो किन चुप लागेर बस्नु ?,' उनले भने । विवाद ित अवस्थामा रहेको उक्त भूमिको हालको अवस्था बुझ््नका लागि केही समयअघि मालपोत कार्यालय रामेछापले नापी प्राविधिक सहितको टोली त्यसतर्फ पठाएको थियो । 'उक्त टोलीको प्रतिवेदन आएपछि आवश्यक प्रक्रिया अघि बढाउने सोचमा छौं,' मालपोत कार्यालय रामेछापका निमित्त प्रमुख उद्धवप्रसाद घिमिरेले भने ।
_____ · Feb 11, 2013 5:11 PM · 11,214 views
Prachanda ko suggestion anusar janamat sangraha garne ki ? Desh ko sima michida yeha bolne manchhe bhayenan yasto sensitive kura maa janamat sangraha bhanne prachanda baburam lai dhikkar chha lendup dorje path maa lageko maa dhikkar!!
jhilkeJetho · Feb 12, 2013 1:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion