'पृथ्वीनारायण शाहले वास्तविक एकीकरण गरेका हुन्'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  'पृथ्वीनारायण शाहले वास्तविक एकीकरण गरेका हुन्' MONDAY, 11 FEBRUARY 2013 16:00 नागरिक काठमाडौं, माघ २९-नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको र त्यस ऐतिहासिक तथ्यलाई अहिले कसैले तोडमरोड गर्न नहुने आज यहाँ आयोजित एक कार्यक्रममा बताइयो। 'नेपालको राष्ट्रियता, पृथ्वीनारायण शाह र उनको योगदान' विषयक कार्यक्रममा वक्ताहरुले नेपालको एकीकरणका क्रममा पृथ्वीनारायण शाहले अनावश्यक बल प्रयोग गरेको भन्ने आजभोलि लगाइने आक्षेपमा सत्यता नभएको जिकिर गरे। उनीहरुले पृथ्वीनारायण शाहले नेपालभित्र छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी तथा टुक्रे राज्यहरुलाई एकीकृत गरी एउटा सुन्दर माला बनाएको बताए। अखिल नेपाल जनजाति सम्मेलन सर्लाहीका केन्द्रीय सदस्य विष्णु थिङले कार्यपत्र प्रस्तुत गर्दै नेपालभित्रका आदिवासी तथा जनजाति र अन्य जातजातिले नेपालको समग्र राष्ट्रियतालाई समग्रतामा बुझ्न आग्रह गर्दै नेपालको राजनीतिक इतिहासलाई विदेशी लेखकहरुले भ्रमपूर्ण बनाएको बताए। उनले पृथ्वीनारायण शाहले नेपालको अस्तित्व र पहिचान विश्वभर स्थापित गरेको वस्तुतथ्यलाई स्वीकार गर्दै नेपालको स्वाभिमानमा ठेस पुर्‍याउने किसिमबाट गरिएको सुगौली सन्धि गरिएको मितिलाई नेपालले कालो दिवसका रुपमा मनाउनुपर्ने जिकिर गरे। राष्ट्रवादी आन्दोलनका अगुवा भरत बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार युवराज गौतमलगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए। रासस

_____ · Feb 11, 2013 5:48 AM · 1,366 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all