महिला हिंसाको 'सांस्कृतिक' कारखाना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, माघ २८ - नेपाली समाज अहिले स्वस्थानी पढ्दै छ । एक महिना सबैजसो घरमा स्वस्थानी पढिन्छ । तर, भगवान्का नाममा पढिने यो कथित कथाभित्रका पात्र र तिनीहरूमार्फत दिइएको सन्देशलाई नियाल्ने हो भने नेपाली समाजमा महिलामाथि किन यति धेरै हिंसा हुँदोरहेछ भनेर सजिलै थाहा पाउन सकिन्छ । कथाको पहिलो सन्देश हो केटीले राम्रो केटा पाउन त्याग गर्नुपर्छ, व्रत बस्नुपर्छ । अर्थात केटी आफैं केही हुनुपर्छ भनेर कथाले कतै सिकाउँदैन । उसले राम्रो केटाको खोजीमा आफूलाई समर्पित गर्नुपर्छ । कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन यो व्रत बसेकी थिइन् । त्यसैले पार्वतीजस्तै राम्रो पति पाउने विश्वासमा धेरै हिन्दु महिला यो व्रत बस्छन् । यसर्थ स्वस्थानी कथाको निष्कर्ष भनेको महिला सक्षम वा योग्य हुनु पर्दैन । उनीहरू सधैं योग्य लोग्नेमा निर्भर रहनुपर्छ । त्यसकारण महिलालाई परनिर्भर बनाउने उद्धेश्यले प्रेरित एउटा परम्परागत प्रचार सामग्री बाहेक स्वस्थानी केही होइन । दोस्रो कथामा महिलाले शिवजीको लिंग पूजा गरेको प्रसंग पटकपटक वर्णन गरिन्छ । यो महिलालाई 'लैंगिक दृष्टिले तिमीहरू केही होइनौ' भनेको हो । सँगै पुरुषको महत्त्व महिलाका लागि कति छ भनेर देखाउन खोजिएको पनि हो । पवित्र अपवित्र जुनसुकै नाममा तयार गरिएको भए पनि कथावस्तुमा लिंग पूजालाई समान महत्त्व नदिनु महिलालाई उपेक्षा गर्नु हो किनकि स्त्रीको मामिलामा कमजोर महादेवले मौका पाए हजारौं पटक पार्वतीको यौनांग पूजा गर्थे र ढोग्थे होला । तर, स्वस्थानी कथामा महिलाको यो अंगलाई कुनै महत्त्व नै दिइएको छैन । कथा पढ्दा लाग्छ- महिलाहरू महादेवको लिंग पूजा गर्दा औधी आनन्द महसुस गर्छन् । त्यसलेे लैंगिक र यौनिक रूपमा पनि महिलालाई हेपेर लेखिएको छ यो कथा । ठाउाठाउामा देखिन्छ महादेव भन्ने पुरुष पात्र कति हदसम्म बेइमान छन् । उनलाई अर्काकी श्रीमतीको सतित्व लुट्न छुट छ । राम्री केटीको सतित्व लुट्न सक्नु उनको पुरुषार्थ हो । त्यसैगरी कथाले नारी पात्रलाई यतिसम्म उडाउाछ कि सात वर्षकी गोमाको ७० वर्षका शिव शर्मासँग भएको विवाहलाई पनि कहीाकतै 'अनमेल' र 'असमान' भन्दैन । यसले ७ वर्षकी बालिका र ७० वषर्ीय वृद्धको शारीरिक सम्बन्धलाई वैधता दिएको छ जुन कानुनी हिसाबले दण्डनीय हो । स्वस्थानीको तेस्रो पक्ष महिलाको सुन्दरता पुरुषको भोग्यवस्तु हो भनेर प्रचार गर्नु हो । राम्री महिलाका सन्र्दभमा सूर्यको जस्तो तेज भएकी, पूर्णचन्द्रजस्तो मुख, बाघको जस्तो कम्मर भएकी भनिएको छ । बहुविवाहलाई पुरुषका पक्षमा सहजै वकालत गर्छ कथाले । बहुविवाह गरेका राजा नवराजलाई भेट्दासमेत रानी चन्द्रावतीले 'धन्य हुनुपर्ने' कथाको सन्देश नेपाली समाजमा पुरुषलाई बहुविवाह गर्न प्रेरित गर्नु हो । यस अर्थमा समाजमा कुरीति र कुप्रथाको अन्त्य गर्न कानुन बनेर नेपाली समाजले बहुविवाहलाई गैरकानुनी मानेको र महिला-पुरुषको अस्तित्वलाई समान रूपमा स्वीकार गरेको अहिलेको अवस्थामा यस्ता कुप्रथालाई बढावा दिने सस्ता कथाहरूमाथि कानुनी रूपमै पनि नियन्त्रण हुनु जरुरी छ । चौथो पक्ष, स्वस्थानीले महिलालाई हदैसम्म हेप्छ । एक ठाउामा यस्तो प्रसंग छ । 'सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा पनि नभए मीत छोरालाई दिनु र मीत छोरा पनि नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाई दिनु ।' यसको अर्थ के हो भने भगवान्को प्रसाद बरु खोलामा बगाए राम्रो तर त्यो प्रसाद छोरीले चाहिा खानु हुन्न । महिला अस्मिता माथिको योभन्दा अपमान अरू के हुन सक्छ ? बरु खोलामा फाल्नु तर भगवान्को प्रसाद महिलालाई नदिनु भन्ने कथा सुनेर पवित्र हुनुपर्ने विडम्बनामा हामी छौं । आफ्नै अस्तित्वमाथि निर्लज्ज आक्रमण गर्ने यस्ता हावादारी प्रथा अस्वीकार नगरी हामी नेपाली समाजमा महिलामाथि हुने विभिन्नखाले हिंसा समाप्त गर्न सक्दैनौं । पााचांै, स्वस्थानी कथाले सिकाउने अर्को महत्त्वपूर्ण कुरा महिला भनेको उसको लोग्नेको सम्पत्ति हो । लोग्नेले जे भन्छन् त्यही गर्नु, उसको आश्रति भएर बस्नु, उसको पूजा गर्नु, मुख नलाग्नु उसैप्रति समर्पित भएर बस्नु भन्ने हो । आफ्नो लोग्नेलाई माया गर्नु राम्रो पक्ष हो तर यो समानताका आधारमा हुनुपर्छ । लोग्नेले पनि श्रीमतीलाई उत्तिकै माया गर्नुपर्छ भनेर कथाले कहीाकतै भन्दैन । 'कुनै स्त्रीले आफ्नो पतिको रिस गरी भने डेरी हुन्छे, पतिको वचन नमाने पापिनी हुन्छे, पतिसँग मुख लागे अथवा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे' जस्ता वाक्य कति छन् कति कथामा । यसले महिला भनेको उसको लोग्नेको दास हो भनेर पढाउाछ अनि के सिक्छन् हाम्रा किशोरी छोरीहरूले यो कथाबाट ? स्वस्थानी कथाको सार भनेको पुरुषको ज्यादती महिलाले चुपचाप सहनुपर्छ भन्ने हो । रावणको भक्ति देखेर प्रसन्न भएपछि महादेवले आफ्नी श्रीमती पार्वती रावणलाई दिएको कथाबाट एउटा नेपाली युवाले समाजमा महिलाप्रति कस्तो दृष्टिकोण राख्छ ? उसको विचारमा महिला भनेका पुरुषका साधन मात्रै हुन् । स्वस्थानी कथाका अनुसार महिला भनेको पुरुषले भनेको मान्ने जात हो । भनेको नमान्ने महिलालाई जे गरे पनि हुन्छ । यस्तो कथा पढेपछि बर्दियामा शिवा हास्मीलाई परिवारले मारेको वा बाराकी बिन्दु ठाकुरको हत्यामा परिवारै संलग्न भएको विषयलाई नेपाली समाजले किन गम्भीर रूपमा लिन्छ त ? स्वस्थानी कथा सुन्ने र व्रत बस्ने प्रथा कायम रहनु भनेको समाजमा महिला हिंसा उत्पादन गर्ने सांस्कृतिक कारखाना चालु रहनु हो । प्रकाशित मिति: २०६९ माघ २८ ०९:०६  

saileshsingh · Feb 9, 2013 9:59 PM · 10,484 views

1 Reply

http://www.kantipuronline.com/...

saileshsingh · Feb 9, 2013 10:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all