http://www.ekantipur.com/nep/2... ११ हजारका लागि ५० लाख खर्च २२ वर्षसम्म मुद्दाले निकास नपाएपछि वर्षौंदेखि नबोलेका दाजुभाइले आपसमा अँगालो हालेर मिलापत्र गरे (0 Votes) 1 2 3 4 5 घनश्याम खड्का ० काठमाडौ, माघ २६ - उनीहरू एकै आमाबाट जन्मिए । एकै थालमा खाए र एउटै पहाडमा हुर्किए । तर २२ वर्षदेखि नरबहादुर लिङथेप लिम्बू र उनका जेठा दाजु तुलारामको बोलचाल थिएन । बिहीबार दिउँसो भने सर्वथा नौलो दृश्य देखियो । ७३ वर्षीय तुलारामले १३ वर्ष कान्छो भाइ नरबहादुरलाई मायाले ग्वाम्ल्याङ्ग अँगालो हाले र तस्बिर खिचाए । अंशबन्डाको सामान्य झगडामा २२ वर्षदेखि मुद्दा खेपिरहेका उनीहरूले सर्वाेच्च अदालतमा मेलमिलाप गरेका हुन् । अर्को अचम्मको कुरो के भने यस अवधिमा ११ हजार बिगोका लागि उनीहरूले ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चिए । पूर्वबेलायती सेना तुलारामका बेलायत बस्दै आएका जेठा छोरा गणेश बाबुहरू आफूले जागिर सुरु गर्दाताकाको मुद्दामा अझै अल्भिmरहेको देख्दा छक्कै परे । उता आफू जन्मिनुअघि नै बाबुहरूले सुरु गरेको मुद्दा मिलाउन नरबहादुरका २१ वषर्ीय छोरा गजेन्द्र पनि लागिपरे । गणेशले होस्टेमा हैंसे गरिदिए । 'मेरा बा लाहुरे, उनको पेन्सनै ३० हजारभन्दा बढी आउँछ, कान्छाबाले वर्षमा २० मन अलैंची बेचेर कम्तीमा पनि १० लाख रुपैयाँ कमाउनु हुन्छ,' गणेशले भने, 'तर त्यो सबै पैसा उहाँहरूले आपसमा मुद्दा लड्नमै खर्चिए । बाको मात्रै ३० लाखभन्दा बढी गयो, कान्छाबाको नि खर्च उत्ति भो ।' जिल्ला अदालत संखुवासभाबाट सुरु मुद्दा पुनरावेदन धनकुटा हुँदै सर्वोच्च आएकै १० वर्ष बितिसकेको थियो । एउटाले अर्कालाई र अर्काले एउटालाई गरेर मुद्दाको संख्या नै ७ पुगेको थियो । काठमाडौंमा आएपछि मुद्दाको अन्तिम टुंगो लाग्ने हुनाले दुवैले एकअर्काविरुद्ध घ-घडान वकिल राखे । नरबहादुरका तर्फबाट बारका पूर्वअध्यक्ष शम्भु थापाले मुद्दा सम्हाले, तुलरामको मुद्दा अधिवक्ता सतिशकृष्ण खरेल र वासुदेव डाँगीले हेरे । सर्वोच्चमा अनेक पटक दुवै थरीका वकिलले चर्को बहस गरे । त्यसलाई दुवै दाजुभाइले बडो ध्यान दिएर सुने पनि । तर फैसला भने वर्षाै बित्दा पनि भए । 'भएभरको पैसा वकिललाई दिँदा, वारेस राख्दा र काठमाडौं आउजाउमा खर्च भयो,' तुलाराम भन्छन्, 'मुद्दा लड्नु भनेको त महारोगै रहेछ ।' यतिका वर्ष मुद्दा उसै रहेपछि केही अघि सर्वाेच्चका हुनेवाला प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले मुद्दा मेलमिलापबाट टुंग्याउने आदेश दिए । सर्वाेच्चमै खुलेको मेलमिलाप शाखामा मुद्दा गयो । एकअर्काको मुखै पनि नहेर्ने भनेर बसेका यी दाजुभाइलाई अधिवक्ता रुद्र शर्माले एउटै टेबलमा बसाए र मिल्न सकिने अनेक कोण पहिल्याए । अन्त्यमा विवादित जग्गा र त्यसको आम्दानी बराबरी बाँड्नेमा दुवै सहमत भए । झगडाको बीउ थियो- १० मुरी कोदो र ४० भारी दाउरा । कोदो मुरीको सय र दाउरा भारीको ३० का दरले २२ वर्षसम्मको हिसाब गर्दा हुन आउँदोरहेछ जम्मा ११ हजार २ सय रुपैयाँ । यसका लागि दुवैले खर्च गरे कुल ५० लाखभन्दा बढी । संखुवासभाको तिब्बतसँग जोडिएको विकट मावादिङको पहाडमा फैलिएको ५१ रोपनी जग्गामा फल्ने कोदो र काटिएको दाउरामा उनीहरूको मुद्दा परेको हो ।
_____ · Feb 7, 2013 2:15 PM · 1,957 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion