सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै भाग्य कोर्ने कलमनै , छुट्यो बजारैमा सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा प्रभात नै नआई , अन्धकारले ढाक्यो बजारैमा प्रभात ----- भियना
streetlearner · Feb 7, 2013 10:32 AM · 9,196 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion