बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  बहुदल, प्रजातन्त्र , नेपाल र माओबादी     आजकाल मैले प्रजातन्त्र र बहुदलका बारेमा लेख्दै छु। लेखाइ त्यति ठुलो चिजमा त् हैन त्यही पनि आफ्ना अनुभब लेखौ भन्ने जोश चलेर आएकोले लेख्न सुरु गरेको हो। जोश के कुराले गर्दा चलेको भन्नुहुन्छ भने माओबादीको हेटौडा महाधिबेशन र तेस्ले देखाउने राजनितीक निकासका बारेमा चर्चा सुनेर र पढेर मलाई पनि आफ्ना पुराना अनुभब सेयर गरौ जस्तो लाग्यो। त्यही भएर लेख्दैछु। नेपाल मा अहिले के छ, कुन मोडलको राज्यब्यब्स्ता छ कसैलाई थाहा छैन। कसैलाई यो प्रजातन्त्र लाग्दछ, कसैलाई गणतन्त्र , कसैलाई लोकतन्त्र, कसैलाई बाबुरामको दिनानुदिन बढ्दै गरेको घमण्ड तन्त्र आदि इत्यादि।  अहिलेको नेपालको शाशन ब्यबस्ता जे जस्तो भए पनि समयक्रमले हामीलाई यो मोडमा ल्याइपुर्याउदा दुइटा घटना हामीले बिर्सन सक्दैनौ। ति हुन् प्रजातन्त्रका लागी नेपालि जनताले गरेको संघर्ष। ति दुइवटा संघर्ष हरु नेपाली इतीहासमा प्रमुख रहनेछन। ति हुन्  - प्रजातन्त्र को लागी २००७ सालमा गरिएको क्रान्ती र २०४६ को जनाअन्दोलन र तेस्ले मुलुकमा ल्याएको प्रजातान्त्रिक परिवर्तन।  २००७ सालको क्रान्तीको बारेमा नेपालि इतिहास का किताब हरुमा पढियो र २०४६ सालको क्रान्ति अलि अलि आफैले देखियो. सुनियो. भोगियो. म २०६३ को तथाकथित आन्दोलनलाई प्रजातान्त्रिक क्रान्ति मानि हाल्न सक्दिन. यो केवल माओबादि घमण्ड र केहि हद सम्म राजा ज्ञानेन्द्रको अदुरद्रिस्टिको परिणाम थियो. तेस्माथी २०६३ का उपलब्धी के हुन् भन्ने हाम्रो सामू यकिन नहुदा यसलाई सफल जनआन्दोलन मानी हाल्न सकिदैन. अहिले लाइ कुरा गरौ २०४६ को आन्दोलन को  २०४६ चैत्र २६ गते नेपाली हरुका लागी एकदमै महत्वपुर्ण दिन थियो. नेपाली हरुले प्रजातन्त्र अथवा बहुदलिय ब्यबस्ता फेरी एकपटक फिर्ता पाएका थिए. कांग्रेश को सरकार आयो त्यस पछि. कम्न्युस्ट पार्टी एमाले प्रमुख प्रतिपक्षि रह्यो. अर्को कम्न्युस्ट पार्टी संयुक्त जनमोर्चा केवल ९ सिट जित्न सफल भयो. त्यो संयुक्त जनमोर्चा कै एउटा पाटो माओबादि हो. माओबादीले बुझ्यो की अब जनताको मन जित्न सकिदैन र सत्ता कब्जा गर्ने एउटा मात्रै बाटो भनेको डर, हत्या हिँसा देखाएर हो. माओबादीले त्यो बाटो चुन्यो.  त्यतिबेला का राजनीतिक सक्ती हरु बिसेष गरेर एमाले र कान्ग्रेशले देश को बिकासमा हात हाल्नुपर्थ्यो तर सबै कुरालाई थाती राखेर कांग्रेश र एमालॆ जुध्न थाले. एमालॆ ले कर्मचारीको आन्दोलन गराएर प्रजातन्त्र लाइ कम्जोर गर्ने काम सुरु गर्यो. उता मदन भण्डारीको दुर्घटनामा निधन पश्चात देशको बाताबरण बिग्रियो. यता गिरिजा बाबुको आफ्नै महत्वाकांछा र "ग्रीडी नेचर" ले काँग्रेस भित्र कलह सुरुभयो र २०५१ को मध्यावधी चुनाब देशले बेहोर्यो.    जतिबेला माओबादीले शसस्त्र हिँसा सुरु गर्यो. तेस बखत २०४६ सालको प्रजातन्त्र केवल ६ बर्षको थियो. केही काम हुने पाएको थिएन. र माओबादीले तेस्पछि कुनै काम गर्ने अवसर दिएन. अहिले सोच्दा लाग्छ. यदि माओबादिले आतंक को बाटो नरोजेको भए हामीसग जनयुद्द ताकाको ११ बर्ष र तेस्पछिको अहिलेको छ बर्ष जुन २०६३/६४ को आन्दोलन पछि पनि राम्ररि सदुपयोग हुन् पाएको छैन, गरेर १७ बर्षको समय हुन्थियो र हामी धेरै अघि बढी सक्थेउ. माओबादिको ध्वंश र बिनास ले मुलुकलाई धेरै पछि ठेलेको छ र माओबादीकै आनावस्यक हत्या र हिँसा का कारण हामी धेरै पछि परेका छौ.     २०४६ को आन्दोलन यो देशलाई परिबर्तन गराउने एउटा युगान्तकारी समयको सुरुवात थियो तर हामीले यसको पहिचान गर्न सकेनौ. माओबादीले रगतको खोलो यो देशमा बगाएर यसको पहिचान गराउन दिएनन् र हामी धेरै पछि पर्यौ. त्यही भएर नेताका फोस्रा दश बर्षमा देसको कायापलट गराउने भासण अझै सुन्दै बस्नु परेको छ.  (लेख्न्न सुरु र कोशिश दुवै गरेको छु। यो नेपालमा भएका घटनाक्रम हरुलाई नियाल्ने र सम्झने प्रयास हो। मेरो ब्लग यहा पढ्न सक्नुहुन्छ nepalikabitagajal.blogspot.com/। हजुरको सुझाबको आशा गर्दछु।)  

npPoet · Feb 6, 2013 3:32 AM · 20,621 views

15 Replies

It doesn't matter if a cat is black or white, so long as it catches mice. - Deng Xiaoping मित्र , कृपया नेपालीहरुलाई पनी सोधनु होला तपाईहरुलाई गास, बास, कपास चाहिन्छ की प्रजातन्त्र चाहिन्छ भनेर ! 70% भन्दा ज्यादा नेपालीहरु जो दैनिक $2 मा गुजारा चलाउछ उसलाई के तपाईको प्रजातन्त्र सँग तेस्तो लगाव छ होला ? खाए खा नखाए घीच भने जस्तै गरी यस्ता बौदिक अपांगता भएका लेख लेखेर के गर्नु खोज्नु भएको ? प्रजातन्त्रले मात्र देशको बिकाश हुन सक्छ भन्ने खालको यस्ता Propaganda लेख लेखेर तपाई देश र जनता दुवै प्रती ठुलो घत गर्दै हुनुहन्छ ! तपाईकै प्रजातन्त्रले गर्दा 14000 नेपाली को ज्यान गयो ! अज्ज तेइ प्रजातन्त्र को वाह वाही गर्दै हुनुहुन्छ ! कति dollar पेल्यो American embassy ले?

ashishme · Feb 6, 2013 6:51 AM

 lol !! I for one don't care for the color of the cat. The problem is that the fugging cat's belly is full from taking all the treats that comes its way, I have not seen it catch a single mouse forget mice. lol !!  There is no security, no law and order, no electricity, food prices soaring. People having hard time puting food on the table. And this Mr Maoist wants to talk about cat and mouse. Lol !! NO WONDER OUR COUNTRY IS DOING SOOO WELL !! BECAUSE OF IDIOTS LIKE THESE. Last edited: 06-Feb-13 09:16 AM

BathroomCoffee · Feb 6, 2013 7:45 AM

          Dictatorship naturally arises out of democracy, and the most aggravated form of tyranny and slavery out of the most extreme liberty.  -- John F. Kennedy @ ashishme,  त्यै भएर होना नि है North Korea को जनताले तन्न पेट भरि खाना खाइ राख्या है । त्यो १४,००० जनामा त १०,००० जनाको रगतको स्वाद लिने तिम्रै पुकडा र बाबुरामै हो नि, तिमीले नि रगतको स्वादले को छ कि निर्दोस ति जनताको ? , U.S. Embassy को पैसा त तिम्रै पुकडाले पो लिएको छ नि थाहा छैन कमरेदलाइ ? अबौदिक अपाङ्ग जी Last edited: 06-Feb-13 09:19 AM

Tmobile · Feb 6, 2013 9:15 AM

साझा मित्र हरु : यो खुल्ला मंच हो , सबैले आफ्ना आफ्ना तर्क प्रस्तुत गर्दछन तर कोहि भने प्रबक्ता को रुपमा तर तर्क बिहिन कुरा लेखि तपाइको टाउको रंथान्याउने काम गर्छन | तेसैले आज भोलि मैले यी प्रबक्ताले लेख्ने भन्दा भमिट गर्ने हुदा हेर्न छोडिदिए |  TMOBILE - जे जाबफ दिनु भयो सत प्रतिसत सहि भए पनि उनको दिमाग परिवर्तन हुने वाला छैन | अनि त्यो उत्तर कोरियाको जबाफ तिनको टाउकोमा छिर्दैन किनकी दिमागी  प्रोग्रामिङ्ग नै तेसरि गरिएको हुन्छ | कथम कदाचित बुझी हाले पनि पार्टी लाइन अनुसार कालो लाइ सेतो भनेको छ भने सेतै हो भनि पछि लाग्छन |

MaGorkhe1 · Feb 6, 2013 9:48 AM

होइन North Korea मा मान्छे भोकै छ  भनेर democratic देश नेपालमा चाई मान्छेहरु मस्तको जीवन बीताउछ भन्न खोज्या हो की के हो? यो North  Korea कै उधारण दिनु पर्ने किन होला ? तेसो त India मा North  Korea मा भन्दा 10 गुना भन्दा बढी मान्छे भोकै मर्छन ! मेरो विचार मा सायद इंडिया त प्रजतान्रिक देश नै हुन पर्ने हो ! आग्रा को कुरा गर्दा गाग्रा को उदहारण नदीउ न साथी हो ! तपाई को देशमा सायद " Apples and Oranges " भनेर सम्बोधन गर्छ क्यार यस्तो कुरा लाई  !

ashishme · Feb 6, 2013 10:18 AM

 Apples and oranges rey ? lol !! के तपाई पनि कामरेड बाबुराम जस्तै त्यो कुरा अहिले नगरौ भन्नु भाको कि के हो ?  Comrade Ashishme North Korea is the only communist country still in existance. Tyo pani Korean haru khana napayera bhokkai marna lagya chan. Only an IDIOT would think that Communist Philosophy is the ultimate utopian society(knowing THE FACT that it has failed in every country that tried to apply it). The rest of us are not STOOPID like you. 3 barsa bhaisakyo tapai ko komrade haru afno khaltii bhardai chan, Khaali tapai matra murkha ho ... yaha ayera communist propoganda ko dhwang phutauna auney. lol !!  

BathroomCoffee · Feb 6, 2013 11:53 AM

हो India को पश्चिम-बँगालमा मान्छेहरु त थुप्रै भोका नाङ्गाहरु छन नि?

Tmobile · Feb 6, 2013 11:55 AM

    @ashishme,   यसो हेर्दा त कामरेद बालुवाटार छोउछाऊ वा भित्र बाबुरामको छेउछाउ नै बसेर keyboard चलाउदै छौ जस्तै छ नि? कि तिमि नै हो बाबुरामलाइ Twitter चलाउन सिकाउने हं ?

Tmobile · Feb 6, 2013 12:07 PM

तपाइहरुले आएर पढेर कमेन्ट गरिदिनी भो यसका लागी धन्यबाद. हामी हरेक सग आआफ्नो बिचार छ. तर सोचौ त किन हामीसग एकखालको बिचार छ. र त्यो राजनीतिक बिचारले हामीलाई कहा पुर्याउछ. मैले मेरो माथीको लेखमा उठाउन खोजेको बहस को बिसय के हो भने माओबादी हरु झुट को खेती र झुटको अश्स्वाशन बेचेर सत्ता कब्जा गर्न चाहान्छन. र उनीहरुको बिगत र वर्तमानले यहि कुरा तर्फ इङ्गीत गर्दछ. तर मेरो यो बिचार लाइ बैचारिक रुपले "ट्याकल" गर्न नसक्दा मलाइ अमेरिकाको डलर खाको भन्ने जुन हचुवा र आधारहीन आरोप लगाइएको छ, यसले माओबादीको मनमा भएको त्रास बाहेक अरु कुनै कुरा देखाउदैन. हामीले माओबादिको लगभग तिन बर्षको शाशन देख्यौ. यो तिन बर्षलाई "समराइज" गर्ने हो भने माओबादीलाई बिश्वाश गर्न सकिने कुनै आधार देखिदैन. नाताबाद, हत्याहिंषा, भ्रस्टाचार, कानुनी राज्यको अपहेलना हर कुरामा माओबादिहरुको वास्तविक चेहरा उजागर भै रहेको छ. कहिले द्वन्द बाट सत्ता प्राप्तिको कुरा गर्ने, कहिले समाज औपनिबेश छ भन्ने त् कहिले समाज पुजीबादी दिशामा गइ सक्यो भन्ने माओबादीको जनता झुक्याउने चाहना भन्दै केहि हैन भन्ने प्रस्ट हुदैछ. पहिलो कुरा ता समयमा चुनाब गर्न नसकेर माओबादी ले सरकारमा "लिड" गर्ने नैतीक अधिकार गुमाएको छ. त्यहा माथी पत्रकार हरुलाई थर्काउने, गालि गलौज को भाषामा डलरमणी आदी इत्यादि भन्ने, र निक्ष्पक्ष हुनुपर्ने हत्या अपराध र अनुशन्धान को घटनालाई हस्तक्षेप गरी रोक्ने भट्टराई सरकारको कदमले माओबादीमा भएको कानुनि शाशन प्रतिको "कनटेम्प्ट" उजागर गर्दछ. तसर्थ माओबादीको हेटौडा अधिबेशनले कार्यपत्र र कर्यनितीको नाममा सोझा जनतालाई बेकुफ बनाउने भन्दा अरु कुनै काम गरेको छैन. हिजो सम्म भएको "बिस्तारबादी" र "अधिनायकबादी" "साम्राज्यबादी" शक्ति - भारत र अमेरिका कसरी अचानक आज कार्यपत्र बाट हराए. यसको जवाफ छ माओबादी सग? यदी एमालेको बहुदलिय जनबाद ले नै मुलुकको कायापलट हुन्छ भन्ने ज्ञान अहिले आएको हो भने माओबादीका नेताहरु सग मुर्खता बाहेक केही नभएको प्रस्ट हुन्छ. युद्द कालमा भारतमा लुकेर गरिएको क्रान्ती - जहाँ केवल सोझा साझा नेपालीले सबैथोक गुमाए ले यो प्रस्ट गर्दछ कि माओवादी लेन्डुप दोर्जीको नेपाली संस्करण हो. हामी सबै बेलैमा सचेत हुनु जरुरी छ.

npPoet · Feb 6, 2013 3:12 PM

बिसुद्द कमुनिस्ट लिडर को भासण र बास्तबिकता दुइ ध्रुबिय कुरा हुन् ;- चाउसेस्कु पनि कमुनिस्ट पार्टीका नेता थिए, चारु मजुमदार ले पनि गल्ति गरे भनेर बन्दुक छोडी मत मा बिस्वास गरे , एमाले को पनि तेही विचार मा सहमत भै झापाकाण्ड बात मत मा गए तर यो माओबादि भने झापाकाण्ड्को २५ बर्स पछि हतियार लीइ सासनको बागडोर सम्हाले_ खालि सत्ताकै लागि तेत्रो मानब हत्या ? दादा इदी अमिन र माओबादि मा फरक नै के छ र ? सट्टा प्राप्ति बाहेक ! राजनीति भनेको झुटको खेति हो बिसेस त हिन्दकुस छेत्र मा | अनि हामि जनता पनि बिस्वास गरि बसेका छौ | ठुलो अनिकाल को बेला बा आमाले चिल्लो ढुंगा अगेनामा हालेर " लौ यो पाक्छ अनि खानु " भनि छोडेका थिए यिनी हरु पनि एक पछि आर्को भ्रमात्मक कुरा को छारो फ्याकी दिएका छन् अनि जनता तेही बालक झैँ बिस्वास गरि बसेका छन् | जति जनता कम्जोर भए तेतिनै सजिलो हुन्छ कमुनिस्ट कुरा फैल्याउन तेसैले देस विकास भन्दा उधोगतिमा पुर्याउनुनै मूल मन्त्र हो |

MaGorkhe1 · Feb 6, 2013 3:48 PM

आफ्नो कार्यकर्ता बाहेक अरु 200/300 जना साधारण जनता जम्मा पार्न सकेको छैनौ तिम्रो अहिलेको माओबादी बिरोधी आन्दोलनमा अनी यहाँ आएर माओबादीले झूटको खेति गर्दै छ भन्दै हिदछौ  ! जनताले सबै बुझेका छन् मित्र ! कसले साचो कसले झुटो बोलेको छ भनेर ! अगील्लो चुनाबमा Nepali जनता ले धुलो चटाईदेको बिर्सीयौ ?

ashishme · Feb 7, 2013 9:19 AM

  हाहाहाहा, अब तिमिहरुले मजाले धुलो चाट्ने छौ। त्यै धुलो पक्का चाट्ने थाहा पाएरै नि बाबुराम अहिले हतासिदै छ नि कमरेड 

Tmobile · Feb 7, 2013 9:44 AM

 जनता जम्मा गर्न के गारो कुरा हो र tyo  Rs.10-20,00  yeso phaldiyo bhaney tunruntaa aucha Julus.. he he  त्यो नेपाली भेडा जस्तो कुरा नगरम न चोमेराड़े !! त्यो झुटो र साचो को कुरा only time will tell. त्यो रत्नपार्क को चटके ले जस्तो कुरा नगरौ.. लोल !!  त्यो अगिल्लो चुनाब मा जनता लै प्रोमिस गरेको कुरा पनि जनता ले बिर्सेको छैन,  अहिले सम्म  Gyaney, काँग्रेस, चोमूनिस्त, र माओइस्त मा केही दिफ्फेरेंस देखिन्न खोइ !! जो आए पनि खल्ती भर्र्यो अनि गयॊ. तपाई ले हामीलाई पनि तपाई जस्तै मुर्ख थान्नुभाको जस्तो छ.. हे हे यो तुन्दिखेल को खुला मंच होइन to be talking out of your ass !!    

BathroomCoffee · Feb 7, 2013 10:34 AM

आशिश कामरेड,   "अगील्लो चुनाबमा Nepali जनता ले धुलो चटाईदेको बिर्सीयौ ?"   २००८ को संबिधान सभा को चुनाब कै कुरा गर्ने हो भने ७०% नेपाली जनता ले माओबादी लाइ धुलो चटाई दिएको हैन र? 

yakku · Feb 7, 2013 10:48 AM

 जनतालाई माओबादीसग धेरै आस थियो सायद. त्यही भएर जनताले माओबादीलाई भोट दिएका थिए. तर सत्ता बाहिर बस्दा ठुला ठुला कुरा गर्ने, सरकार आफ्नो भए के के न बिकास गर्ने माओबादी कमरेडका झुटा नारा मात्रैले जनता आजित भै सकेका छन्. त्यसमाथी माओबादीको गैर राजनीतिक चरित्र, दण्डहिनताको हुकुमी शाशन ले जनता त्राही त्राही भएका छन्. अब देशमा छिटो भन्दा छिटो चुनाब गरेर प्रजातान्त्रिक सक्तीलाई जिताउनुपर्दछ र देश आर्थिक विकासतर्फ लम्कन जरुरी छ. अब संसारबाटै बिलाइसकेको झुटो कम्युनिजम र माओइज्मलाइ नेपालबाट पनि टाटा गर्ने समय आइसकेको छ. 

npPoet · Feb 7, 2013 3:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all