एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                एन आर एन अमेरिकाका अधक्ष्य र पूर्व प्रधान मन्त्रि बीच भेटघाट     काठमाडौँ ,माघ २० गते ,२०६९ , एन आर एन ,एन सी सी ,अमेरिका ( गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति )अधक्ष्य प्रल्हाद केसी हाल मात्री भुमि नेपालको भ्रमणमा रहेका छन् l अमेरिकामा बसोबास गर्ने समस्त प्रवासीहरुको साझा समस्या र एन आर एन अमेरिकाले मुलुकको बिकासको लागि लिएर हिडेको बिभिन्न योजनालाई मुर्त रुप तथा कार्यान्वन गर्न आफु नेपाल आएको बताएका छन् l   महत्वाकांक्षी उदेश्य बोकेर पुगेका केसी निरन्तर रुपमा समय ब्यबस्थापन मिलाउदै चरणबद्द रुपमा  भेटघाट गर्ने क्रममा पुर्व प्रधान मन्त्रि माधव नेपाल संग भेटघाट गरेका छन् l भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने र लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता र दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो l एन आर एन ,अमेरिकाले जल बिद्युतमा ठुलो लगानी भै सकेको र अझ पनि अमेरिकामा मुलुकको राजनैतिक स्थितिले गर्दा लगानी गर्न बिस्वासको वातावरण नभएको जानकारी गराएको बताए l   एन आर एन अमेरिकालाई अझ सशक्त र क्रियाशील बनाउने हेतुले स्वास्थ्य मन्त्रि राजेन्द्र महतो तथा पुर्व विदेश मन्त्रि तथा उप प्रधान मन्त्रि सुजाता कोइरालासंग पनि भेट गरि अमेरिकामा बस्ने प्रवासी नेपालीहरुको तर्फबाट दोहोरो नागरिकता र दोहोरो कर सम्बन्धि कुरा उठाएको र दुबैले सकारात्मक रुपमा लिएको जानकारी दिए l शिघ्र राष्ट्रपति र अमेरिकन राजदूतसंग पनि भेट्ने योजना रहेको बताए l   यसै बीच माघ २०गते ,काठमाडौँको शंख उद्यान (पार्क )मा  आयोजित  मोरंग जिल्ला ,सिजुवा समाजको तत्वधानमा एन आर एन अमेरिकाका अधक्ष्यको प्रमुख आतिथ्यमा बार्षिक कार्यक्रम सम्पन्न भएको थियो l उक्त कार्यक्रममा करिब ३०० जना जति बिभिन्न ब्यबसायमा संलग्न रहेका काठमाडौँ भित्र बसोबास गरेका सिजुवा समाजका सदस्यहरु रहेका थिए भने यसको मुख्य उदेश्य भै परि आउने आर्थिक तथा अन्य सहयोग जुटाउने लक्ष्य रहेको समाजले अवगत गराएको थियो l यो समाजमा बिभिन्न राजनैतिक विचार र आस्थाका सदस्य रहेता पनि सहयोग समयमा राजनैतिक कुरालाई किनारा लगाउदै मानवीय सेवामा लाग्ने भनि समाजले जनाएको कुरा अधक्ष्य केसीले दिए l आफनै श्रोत परिचालन र संकलन गरि एउटा अद्वितीय नमुनाको रुपमा लाने समाजले जानकारी दिएको बताएका छन् l   एन आर एन अमेरिकाले पनि भविष्यमा यो उदाहरणीय समाजसंग नजिक रहने र कसरी सहयोग गर्न सकिन्छ भनि सहयोगको लागि पहल गर्ने विश्वास दिलाएको केसीले जनाए lर कार्यक्रम औपचारिक रुपमा गरिएको थियो l   विजय थापा  भर्जिनिया ,अमेरिका   

ANATEXAS · Feb 5, 2013 9:16 PM · 14,319 views

4 Replies

 अर्थ न ब्यर्थ को समाचार...बिज्ञापन  बन्द गरौ    “भेटघाटको क्रममा अधक्ष्य केसीले गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तर्फबाट अमेरिकामा रहेका धेरै नेपालीहरुले बिभिन्न क्षेत्रमा लगानी गर्न चाहेका भन्दै यसको लागि सरकार तथा राजनैतिक दलहरुले लगानी कर्ताहरुको लगानीको सुरक्षाको प्रत्याभूति गर्नु पर्ने र लगानीलाई झन्झटमुक्त बनाई सरल गराउनु पर्ने आग्रह गरेको जानकारी दिए l भेटघाट गर्ने क्रम मै दोहोरो नागरिकता र दोहोरो करको लागि सरकार तथा राजनैतिक दलहरुले बिचार गर्नु पर्ने कुराको जोड दिनु भएको थियो...”  काम गर्ने हरु त जादै छन्, गर्दै छन्...फरक चाही बिज्ञापन गर्दैनन्  "A ship in harbor is safe, but that is not what ships are built for."  If ANA is interested to contribute, ANA can lobby to establish a direct air link (direct flight) between Nepal and the US to encourage trade as well as tourists. A direct air link does not necessarily mean a nonstop flight between the two points. (Non-stop requires wide-body, not possible now). However, even with a stopover or two, efficiency would go up, decreasing the costs related to travel and transport. &nb

kishnekale · Feb 6, 2013 12:11 PM

 America, Canada basne Nepali samudaya lai sajilo huncha, trade badcha, visitors badhnechan, Nepallai ramro huchna Will ANA do that? Would it be interested in to meet the representatives of the congress (Nepal caucus) anytime soon? Gaffai ta garna malai pani aucha, jasto yo comment garera 

kishnekale · Feb 6, 2013 12:13 PM

 Mr KC is nothing but an opportunist. He is a businessman first and foremost. At the same time wasn't he the one who tried to open up another organization 8 or 9 yrs ago like ANA because they would not let him in to reap the benefits of ANA ? lol !! He is also the one of those assholes who fugged up the Boston ANA convention(he went to Copley Plaza hotel and tried to throw his weight around saying he was in charge). Now that he is in, he has gone to Nepal to cash in his chips.

BathroomCoffee · Feb 6, 2013 12:27 PM

  "Open Skies Agreements” of the US include over hundred countries…Nepal is not one of them.  http://www.state.gov/e/eb/tra/... http://www.state.gov/e/eb/rls/...    

kishnekale · Feb 6, 2013 12:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all