पारसपछि ज्वाइँको पालो बालाजुमा ºयाक्ट्री भएको र देशमा पशुपति बिस्कुटपछि धेरै बिक्री हुने नेबिकोमा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाहको बहुमत सेयर छ, ०२२ चैतमा कम्पनी दर्ता भएपछि निरन्तर सञ्चालन भइरहेको नेबिकोमा राजाले शासन–सत्ता छाडे पनि कहिल्यै असर परेको छैन । यो कम्पनीमा प्रेरणासँगै ‘चेरी’ भनेर चिनिने व्यापारी रवीन्द्र श्रेष्ठको पनि सेयर छ । श्रेष्ठ सेयरधनी मात्र नभएर नेबिकोमा प्रबन्ध–निर्देशक पनि थिए । नाफामा चलिरहेको नेबिकोमा राजबहादुरले आँखा लगाएपछि श्रेष्ठले प्रबन्ध–निर्देशकको पद त्यागेका छन्, उनले पद त्याग्नासाथ नेबिको राजबहादुरको प्रत्यक्ष निगरानीमा आएको छ, उनले बिस्कुटको व्यापार हेर्न थालेपछि यही साता बिस्कुट उत्पादक संघको सल्लाहकार पनि बनेका छन् । पशुपति बिस्कुटका वसन्त चौधरी अध्यक्ष भएको बिस्कुट उत्पादक संघमा यसअघि नेबिकोबाट श्रेष्ठले नै प्रतिनिधित्व गर्दै आएका थिए । मदिरामा बढी ध्यान दिने श्रेष्ठलाई व्यवस्थापनले यही साता नेबिको बिस्कुटको सेफको चाबी बुझाउन सार्वजनिक सूचना दिएको छ । नेबिकोको सेफमा पैसा मात्र होइन, सुन र चाँदी पनि छ । स्रोतले भन्यो, सुरुवाती वर्षहरूमा नेबिकोले गरेको नाफाबाट सुन र हीरा खरिद गरिएको छ, अहिले राजबहादुरको आँखा त्यही सुन र हीरामा छ । उनले त्यो सुन र हीरा बाँडफाँड गरेर लिन चाहेका छन्, श्रेष्ठ भने त्यो प्रक्रियाबाट भाग्न खोजिरहेका छन् । नेबिकोमा प्रेरणापछि शान्ति, शारदा र धीरेन्द्रका छोरीहरू, पूजा, शीताष्मा र दिलाषाको पनि सेयर छ । राजा बनेपछि ज्ञानेन्द्रले आºना सबै कम्पनीको सेयर छोरी प्रेरणालाई हस्तान्तरण गरेका थिए, त्यसमध्ये होटल सोल्टीबाट मात्रै उनलाई राम्रो प्रतिफल आउने गरेको छ । सोल्टी होटलमा सोल्टी इन्टरप्राइजेजको ४० प्रतिशत लगानी छ, त्यही इन्टरप्राइजेजमा दश हजार कित्ताभन्दा बढी सेयर प्रेरणासँग छ । प्रेरणासँग यसबाहेक हिमालयन गुडरिक टी, अन्नपूर्ण होटललगायत कम्पनीको पनि सेयर छ । गुडरिकमा बेलायती कम्पनीसँग ५०÷५० को साझेदारी भए पनि अन्नपूर्णमा भने सीमित सेयर मात्रै छ । उता, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी पावर, अमरावती इन्टरनेसनलको सेयर भने पूर्वराजाले प्रभाकरसँग धेरै वर्षअघि नै सेटल गरेर त्यहाँबाट बिदावारी भइसकेका छन् ।
ashishme · Feb 5, 2013 9:19 AM · 12,917 views
SO WHAT Ashishme(maoist sympathizer)? Whats your point ? If this was an extortion or intimidation, isn't it the government's job to protect its citizens(and their interest) ? The Maos too busy filling their own pockets to give a shit.
BathroomCoffee · Feb 5, 2013 9:48 AM
The real face of prachande and brb exposed by ex maoist. bistarai nangidai cha maobadiharu.... Last edited: 05-Feb-13 09:57 AM
giordano · Feb 5, 2013 9:54 AM
is he the maoist analyst for real?
dabanng · Feb 5, 2013 12:45 PM
He was a maoist leader but quit maoist a long time back when he had differences with Prachande and Bame. He is a political analyst now.
giordano · Feb 5, 2013 3:21 PM
अब यी नेताहरुलाइ गालि गरेर के फाइदा | चाणक्य जन्म्या देशका चालु नेताहरुको अगाडी नेपालीहरुको केहि लाग्ने वाला छैन | बिस्तारै नेपाल भारतमा गाभिन्छ | अहिले येतिका सास्ती तेहाका मान्छेहरुलाइ खपी नसक्नु भाको छ | अझ एउटा ठुलो राजनीतिक महायुद्ध हुन बाकि छ तेहा, तेस्पची विचार गरम साथिहरु भारतले जीवनस्तर उकासेर एउटा "महान" कार्य गर्नेय्छ नेपाली जनताहरु माथि | एक थरि लै लाग्ला कस्तो बेफ्वक को कुरा गरे मैले , तर गालि गर्नु नै छ भनी ति 'प्रभु'हरु पुरा का पुरा हकदार छन | यी नेताहरु त मात्र येन्त्र हुन् | उनीहरुको उदेस्य भनेको नेपाललाई निल्नु हो | अब खोक्रा आदर्शका कुरा गरेर फाइदा छैन् | धेरै ढिला भै सक्यो , केहि हुन्न अब | जे हुन्छ भारतले गर्छ | जीवन धान्नको लागि सियो देखि पेट्रो,ग्यास,बत्ति सब भारतबाट आउछ भने अरु कुरा के कुरा गर्नु | भारतले नुन दिएन भने नेपालीलाई थुक निल्न गारो हुन्छ | यो एउटा तितो वास्तविकता हो \ भारतको बखान गरेको होइन \
bittertruth · Feb 5, 2013 8:15 PM
मेरो भनाइ पनि BT संग मिल्यो | एकीकरण लाइ कालो रुपमा मान्ने हरुले भारतमा बिलय गर्ने नया लेंदुक सेर्पा हुने भए |
maGorkhe1 · Feb 6, 2013 4:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion