टेक्सासमा आमा बुवाको लागि पैदल यात्रा Dallas Everest Lions Club ले यही फेब्रुअरी ३, २०१३ आईतवारका दिन टेक्ससको अर्विनमा 'आमा बुवाका लागि पदयात्रा' (Walk for Ama Buwa) नामक एक कार्यक्रमको आयोजना गर्‍यो। नेपालका तराइका जिल्लाहरुमा जाडोको मौसममा घाम नलागी बढ्दो चिसोका कारण गरिव र असहाय परिवारका बृध्द बृध्दाहरुले कष्टकर जीवन बिताउनु परेको छ। कतिपय जिल्लाहरुमा जाडोका कारण उनीहरुको ज्यान गैरहेको छ। त्यस्ता बृध्द बृध्दाहरुलाई ओढनका लागि सिरक उपलब्ध गराउने प्रायोजनका लागि आर्थिक संकलन गर्ने र सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच संपर्क सदभाव बढाउने उध्देश्य राखेर Dallas Everest Lions Club ले सो कार्यक्रमको आयोजना गरेको हो। सो क्षेत्रमा बसोबास गर्ने करिब १०० जना जतिको नेपालीहरुको सहभागिता रहेको उक्त कार्यक्रम बिहान ११ बजे Bird's Fort Trail Park,Irving,Texas मा प्रारम्भ गरिएको सो पदयात्रा कार्यक्रम करिब २ घण्टा पछि समापन गरिएको थियो। प्रारम्भमा Dallas Everest Lions Club का अध्यक्ष शिव काफ्लेले स्वागत गर्दै यसरी उठेको रकम नेपालको कपिलबस्तुमा जाडोले समस्यामा पर्नु भएका गरिब परिवारलाई सिरक उपलब्थ गराइने जानकारी दिनु भयो। यस्तो पदयात्राले ब्यस्त जीवन शैली बाट फेरि यकपटक आफ्नो स्वास्थ्य प्रति जागरण गराउन सहयोग पुर्‍याउँछ भन्नु भयो। कार्यक्रममा Nepalis Society Of Texas का अध्यक्ष प्रेम अधिकारी, इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष नेत्र पाण्डे, नेपाल दृष्‍टिका सम्पादक सुमन कार्की, पत्रकार राजन कोइराला, Dallas Everest Lions Club का पूर्व अध्यक्ष राम पोख्रेल, महेन्द्र पौड्याल, शशी भट्टराई, मकर बज्राचार्य, तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष बन्दना हमालले सहभागीहरुलाई धन्यवाद दिंदै सो कार्यक्रमका लागि,समाजसेवी गौरी जोशीबाट $ ७००, मोहन <sp
ANATEXAS · Feb 4, 2013 9:13 PM · 8,225 views
Is sajha being a press releasing site for ANA? Tired of seeing this man here barking ANA thing .
facebook · Feb 4, 2013 10:22 PM
के कति सहयोग भयो त ?
glife · Mar 9, 2013 2:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion