माओबादीको बहुदलिय जनबाद र कम्न्युस्टका शब्दहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मैले यो लेख्न सुरु गरेको छु कम्न्युस्ट हरुको बारेमा दुइ चार दिन देखि। सुरु चाही किन गरेको भने माओबादिले  हत्या हिँसा को राजनीती बाट अब जनताको बहुदलिय जनबाद (जुन मदन भण्डारीले एमालेमा घुसाएका थिए) को बाटोलाई आत्मसाथ गर्ने भन्ने खालको पार्टी लाइन पारीत गर्ने सोच बनाएको छ रे। अब भने पछी माओबादिले बुझ्यो की राज्यसत्ता कब्जा गर्ने वा सरकार चलाउने भनेको जनताको मत जितेर हो। जनता मारेर हैन।   ढिलै भए पनि माओबादीले यो बुझ्यो। यो राम्रो कुरा हो। सान्तीपूर्ण प्रक्रिया द्वारा मात्र देश र संबिधान बनाउन सकिन्छ र शान्तीपुर्ण प्रक्रियाबाट मात्र देशको आर्थिक कायापलट हुन्छ न की जनता मारेर भनेर माओबादिले बुझ्नु भनेको यो बिस्वमा बुद्द र गान्धी को जीत हो। यसले लेनीन र स्टालिन हरु कती गलत छन् भन्ने पनि देखाउदछ। तर यसले यो प्रश्न पनि उब्जाएको छ कि आखिर किन माओबादीले हत्या, हिँसा को बाटो रोज्यो? हत्या र हिँसा ले देशलाई के दियो - शिवाय देशलाई पछि धकेल्नु बाहेक। माओबादीले यो बारेमा जवाफ दिनै पर्छ जनतालाई। ढिलो चाडो जनताले पनि यस बारेमा माओबादी सग जवाफ मागेरै छोड्नेछन - कुनै न कुनै रुपमा। सायद माओबादी प्रतिको जनताको अविश्वास को रुपमा जनताको जनमत प्रकट हुनेछ आउने दिनमा यदि चुनाब हुने हो भने।  माओबादी भित्र आएको यो धरातल परिबर्तन ले यो पनि प्रश्न उब्जाउनेछ कि यो देशमा किन दश थरि कम्न्युस्ट पार्टी छन्। र ति एमाले लाइ गाली गर्दछन तर कसरि एमाले भन्दा भिन्न छन्? यसको मतलब नेपाल को परिप्रेक्ष्यमा के नेकपा एमाले मात्रै बैज्ञानिक कम्न्युसिट पार्टी हो  जसले देशको र जनताको आवश्यकता छिट्टै बुझ्यो? र देश अनुसारको कम्न्युस्ट पार्टिको स्थापना गर्यो? यस अर्थमा माओबादिको एमाले लाइ गर्ने गाली केवल सत्ता प्राप्त गर्ने "प्रोपागान्डा" मात्रै थियो। त्यसैले माओबादीको यो परिबर्तन कुनै सैधान्तीक धरातलको आडमा टिक्ने खालको छैन।  माओबादिको यो परिबर्तन बारे कान्तिपुर मा एउटा लेख पढे - राजनीतिक बिस्लेशक मुमाराम खनालको। उनि माओबादीका पुर्बनेता पनि हुन्। उनले प्रचण्डले पेश गर्ने भनिएको कार्यपत्र को चिरफार गरेका छन् र यो प्रचण्डको कार्यपत्र को श्रेय एमाले नेता घनश्याम भुषाल लाइ दिएका छन्। यसको मतलब एमाले नेता भुसालले कुनै दिन एमाले पार्टीमा पेश गरेको कार्यपत्र लाइ प्रचण्डले जुरुक्क उठाएका छन् र आफुलाई मनपरेको मनपरेको अंश त्यही बाट "कपि" गरेर माओबादीको कार्यपत्र भन्दै "पेस्ट" गरेर पेश गरेका छन्। मुमाराम खनालको यो लेख पढ्दा उनले कान्तिपुरमै सुरुगरिएको कुनै बहसलाई पनि "रिफर" गरेका छन्। त्यस बारेमा मेरो सानो लेख।  सन् 2012 को जुलाई मा घर गएको बेला थियो। कुरो गरेको गत बर्षको। एकदमै थोरै दिन घरमा बिताउने मौका पाए। आफ्ना आफन्त हरुलाई भेट्न पाइन्। फोनमै भेटे। तेतिकैमा एकजना सानिमा को फोन आयो। सानिमा भनेको मेरी आमाको अन्तरी बहिनी। फोनमा मलाई भेटेर खुसि हुनुभयो। के छ नानी, कस्तो छ खबर, यता उता हालखबर सोध्नुभयो। सबै बताए। अनि सानिमाले फोन गर्नुको कारण बताउनु भो। सोध्नु भो आजको कान्तिपुर पढिस?  मैले भने पढे। म नेपालका पत्रिका तीन देखि लिएर पाच मिनेटमा पढी सक्छु। अनि सोध्नु भो "भिनाजु को लेख पढिस?" मैले भने, "पढिन त, भिनाजुको लेख छ कान्तिपुरमा आज?" सानिमा ले भन्नु भो, " छ त। पढ्न। धेरै राम्रो लेख्नु भै रछ". मैले हुन्छ भने। फोन राखे र फेरी कान्तिपुर मा खोजे सानिमा का ज्वाई (मेरा दिदी तर्फ बाट भिनाजु) को लेख। भिनाजु अमेरिका बाट पिएचडी गर्दै हुनुहुन्छ र लेख्नु भाको र छ कान्तिपुर मा "कम्युनिज्म" को बारेमा।  अब आफ्नै भिनाजुको लेख। मन लगाएर पढियो। त्यो लेखमा लेखिएको रहेछ - घनश्याम भुसाल ले एउटा लेख लेख्नुभो, तेस्को जवाफ प्रदीप नेपाल जी ले फ़र्काउनुभो र त्यहि सिलसिला मा दुवै लाइ जवाफ फर्काउदै मेरा भिनाजुले लेख्नुभाको रहेछ। पहिले का दुइटा लेख (भुषाल र नेपाल का लेख) त् पढ्न पाइएन। भिनाजुको लेख पढेरै, त्यहा भएका आर्गुमेण्ट, काउण्टर - आर्गुमेण्ट पढेरै पहिले के लेखिएका थिए भन्ने बुझ्ने कोसिस गरियो।    तर लेख्न चाही बुढाले के लेखेका हुन् बुझ्ने गाह्रो भो। एकदमै नेपालीका क्लिस्ट सब्द, ति माथि कम्न्युस्ट हरुले प्रयोग गर्ने सब्द ता तेसै गार्हा। घुमाइ फिराइ एउटै कुरा लेखेका छन्। यो भनेका छन्। त्यो भनेका छन्। तर कुरो केहि बुझ्न सकिएन। उता सानिमा चाही गजब राम्रो लेख्नु भै र छ ज्वाइले भन्दै हुनुहुन्थ्यो। मैले केहि बुझिन। सानिमाले बरा के पो बुझ्नुभो होला र!    मैले चाही के बुझेको छु भने समस्या मेरा भिनाजुमा "एक्सप्रेस" गर्ने "अबिलिटि" को हैन। नेपालका कम्न्युस्ट हरुको खराब बानि के छ भने उनीहरु ठुला ठुला, बडा बडा कुरा गर्न माहिर छन्। एकदमै सरल सब्दमा त उनीहरुको कुरो प्रस्ट हुदै हुदैन। उनीहरुका कुरो प्रस्ट पार्न लाई गार्हा गार्हा शब्द हरुको सहारा लिन्छन र अन्तमा बुझ्न गाह्रो बनाएर छाड्छन। सायद उनीहरु चाहन्छन कि जनताले उनीहरुको कुरै नबुझुन। सायद जनताले कम्न्युस्ट का कुरा बुझे भने जनताले उनीहरुलाई बिश्वास गर्न पनि छोड्छन। तेही भएर बडा बडा क्लिस्ट मतलब गार्हा र छेउ न टुप्पाका कुरा गर्न, लेख्न र तेसैको आधारमा कार्यपत्र, कार्यनिती बनाउन नेपालका सबै खाले कम्न्युष्ट लागिपरेका छन्। नभए हेर्नुहोस त नवासंशोधनबाजी, लफ़्फ़ाबाजी,  लालसाही एक्सेक्ट्रा एक्सेक्ट्रा सब्द प्रयोग नगरी गरिब जनताको दिन चलेकै छ। तर नेतालाई यी सब्द प्रयोग गर्न पाएनन् भने दिल्लीको कुनै हस्पतालमा भर्ना गराउनु पर्ने खालको समस्या ले ग्रसित हुन बेर छैन।  (मेरो प्रयास कस्तो लाग्यो समय मिलेमा कमेन्ट गरि दिनुहोला। म बिबिध बिषयमा यहा ब्लग गर्दछु। http://nepalikabitagajal.blogs... अस्तु, उही तपाइको कबी नेपाली 

npPoet · Feb 4, 2013 9:37 AM · 14,772 views

2 Replies

जनतालाई सब्द जालको जन्जालमा चिम्पाटि घुमाए झैँ घुमाउनु एमाले देखि माओबादि को मूल मंत्रनै हो | कुनै बेला यही साझा कुराकानीमा यो भनेको केहो  भनि सरल भाषामा अनुबाद गरिदिन आग्रह गर्नु भएको थियो ! नेपाली भासामै स्नातकोत्तर गर्नु भएका विद्वान ले पनि सब्दाबलिको अर्थ चै यो हो , तर भाषणमा जसरि बक्ता उत्तेजित भएर स्रोतालाई क्लाइमेक्स मा पुर्याइञ्छ र तालीको गडगडाहट सुनिन्छ तेस्को महत्व तेही अन्त्य हुन्छ | यो पनि एक राजनीतिकै एक अन्स हो | अनपढ जनतालाई बुझ्ने गरि र बुझाउने गरि भाषण गरे भने भोलि तालि र नारा बाजी गर को आइदिने ? पुच्छर बनाएर नचाई रहने , तालि पड्काउने , नारा जुलुस गर्ने काम गराउन यस्तै अर्थ बिहिन भसणमा जनता लाइ गुमराह आफ्नो दुनो जोगाउनु हो |

maGorkhe1 · Feb 4, 2013 6:52 PM

 गोर्खे दाइ धन्यबाद। तपाइले केहि कमेन्ट गरिदिनु भो। आजकाल साझाका साथीहरु राजनिती बाट वाक्क हुनुभए जस्तो छ। धेरैले पढ्नु नै भएन। पढेर पनि धेरैले केहि कमेन्ट नै गर्नु भएन। एउटा साथीले मलाई फोन गरेर व्याकरण पुरै खराब छ, सुधार गर भन्नु भै र छ। आउने दिनमा त्यता ध्यान दिनेछु। तेही हो कम्न्युस्ट को पारा अब संसारमा। नभएको झुटो कुरा बेचेर सत्ता चलाउने। अब हामीले जाग्नुपर्यो, बुझ्नुपर्यो फटाहा हरुको खेल र यस्तो खेलको अन्त गर्न लाग्नुपर्दछ। माने हामी जनता पनि पहिले हनुमान बन्न छोड्नुपर्यो नी। हैन ?

npPoet · Feb 5, 2013 3:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all