पाँच हजार तिर्न नसक्दा प्रतिनिधि बाहिरै SUNDAY, 03 FEBRUARY 2013 17:49 नागरिक११ बजे भनिएको बन्द सत्र अझै सुरु भएन- प्रकाश तिमल्सिना, माघ २१- प्रतिनिधि चयन र त्यसका लागि आवश्‍यक शूल्कबारे सहमति हुन नसक्दा अझैसम्म पनि एमाओवादीको सातौं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। ११ बजे सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवाद हल नहुँदा रोकिएको छ। 'प्रतिनिधि चयनबारे सहमति हुन नसक्दा बन्द सत्र सुरु हुन सकेन,' हेटौंडाबाट एक सहभागीले नागरिकन्युजसँग भने, 'हामी त्यतिकै बाहिर बसिरहेका छौं, भित्र नेताहरु सहमति जुटाउन भनिरहेका छन्।' केन्द्रीय कार्यालयका एक सदस्यका अनुसार अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आ-आफ्ना निकटलाई प्रतिनिधि बनाउन खोजेपछि समस्या देखिएको छ। तर एमाओवादीले भने सञ्चारकर्मीसँग प्रतिवेदनका बारेमा फरक धारणा आएको जानकारी दिएको छ। त्यसैगरी महाधिवेशन प्रवेशमा पार्टीले प्रति प्रतिनिधि पाँच हजारका दरले शूल्क तोकेको छ। तर दोलखा, सिन्धुपाल्चोक, मध्यपश्चिम र सूदुरपश्चिमलगायतका प्रतिनिधिले शूल्क तिर्न नसकेको ती सहभागीले बताए। 'पैसा हुनेजति प्रतिनिधि हुन पाउने तर पैसा नहुने बाहिरै बस्नुपर्ने अवस्था पार्टीले गरेको छ,' सूदुरपश्चिमका ती प्रतिनिधिले नाम नखुलाउने शर्तमा भने, 'सर्वहराको पार्टी भनिन्छ, तर पैसा नहुनेलाई छिर्नै गाह्रो, जोजोसँग पैसा छ ऊमात्र छिर्न पाउने भएका छन्।' उनका अनुसार त्यसलाई सम्बोधन नगरे सभास्थलमा नारावाजी गर्ने तयारी भइसकेको छ
_____ · Feb 3, 2013 7:15 AM · 1,618 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion