जनता को कर बाट मोज गर्ने सरकरी अधिकारी राजनीतिज्ञ हरु लै नेपाल मा एस्तो होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  सरकारी फोनमा राति अबेरसम्म महिलालाई फोन गरेको भेटिएपछि राजीनामा SUNDAY, 03 FEBRUARY 2013 10:47 नागरिक 2   वासिङटन, माघ २१ (एजेन्सी) - सरकारी सुविधाको मोबाइल फोनबाट राति अबेरसम्म महिलाहरुसित कुरा गर्ने गरेको खुलासा पत्रिकाले गरेपछि नेब्रास्काका लेफ्टिनेन्ट गभर्नर रिक शिहीले शनिबार राजीनामा गरेका छन्। लेफ्टिनेन्ट गभर्नर अमेरिकाका संघीय राज्यहरुमा गभर्नरभन्दा मुनिको तहमा रहने उच्च सरकारी अधिकारीको पद हो। ओमाहा वर्ल्ड हेराल्डका अनुसार उनले चार महिलालाई झण्डै २ हजार कल गरेको भेटिएको थियो। यी लामा कलहरु राति अबेला गरिएका थिए। गभर्नर डेभ हेइनीम्यानले राजीनामा तत्काल लागू हुने गरी स्वीकार गरेको बताएका छन्। उनले आफूले गरेको विश्वासलाई लेफ्टिनेन्ट गभर्नरले तोडेको पनि बताए। स्थानीय मिडियाका अनुसार शिहीकी पत्नीले २९ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न गत वर्ष सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।

_____ · Feb 3, 2013 7:07 AM · 1,862 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all