कान्तिपुरका मालिकको धन्धा कस्ता–कस्ता ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कान्तिपुरका मालिकको धन्धा कस्ता–कस्ता ?   काठमाडौं, माघ २० – ‘व्यावसायिक पत्रकारिता’ को खोलभित्र ‘गोरखधन्दा’ चलाउनेहरू देखि डलरको खेती गर्ने मात्र होइन, राष्ट्रिय-अन्तर्राष्ट्रिय गुप्तचर निकायमा जासुसी गर्नेहरूको अहिले बोलवाला मच्चिएको छ । नक्कली ‘व्यावसायिक पत्रकारिता’ को खोलमा के–के हर्कत हुन्छन् भन्ने कुरा जति–जति भित्र गयो उति–उति खतरनाक गेमप्लान भेटिन्छन् । कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन र कान्तिपुर रेडियोका मालिक कैलाश सिरोहिया पनि अनेकौं ‘गोरखधन्धा’ गर्ने मिडया मालिक हुन् । आफ्नो स्वार्थ र ठेक्कापट्टामा कतैबाट अवरोध हँुदाबित्तिकै प्रेस स्वतन्त्रताको नारा उचाल्ने कान्तिपुरका मालिक सिरोहियाले भित्र–भित्र के–के गर्छन् भन्ने रोचक र रहस्यमय तथ्यहरू जनआह्वानले फेला पारेको छ । राजस्व अनुसन्धान विभागको उच्च स्रोतका अनुसार कैलाशले करोडांै रुपैयाँ भ्याट/राजस्व छलेका छन् । उनले पहुँचका भरमा गत वर्ष करोडांै राजस्व मिनाहा गराएका थिए । खर्बांै सम्पत्ति कमाएका कैलाशमाथि राजस्व अनुसन्धान विभागले नजर लगाइरहेको छ । उनले कान्तिपुर दैनिक पत्रिकामा मात्र एक वर्षमा १ अर्ब ४४ करोड विज्ञापन छाप्छन् । र, पत्रिका बेचेर करोडांै उठाउँछन् । तर, उनको यो कारोबार पारदर्शी छैन । राज्यलाई कर बुझाउन आनाकानी गर्ने गरेको राजस्व अनुसन्धान स्रोत बताउँछ । कैलाशले शक्तिको आडमा के गर्छन् भन्ने अर्को तथ्य पनि कम भयानक छैन । सरकारलाई आफ्नो प्रभावमा पारेर उनले हजारौं टन कागज अधिकतम भन्सार छुट गराएर नेपाल भिœयाउँछन् । तर, त्यो कागज आफ्नो प्रकाशनका लागि मात्र उनले खर्च गर्दैनन् । स्रोतका अनुसार उनले यसरी ल्याएको हजारौं टन कागज आफूलाई चाहिने भन्दा बढी बिक्री गर्छन् । भन्सार छुटमा ल्याएको कागज बेचेर पनि उनले करोडांै आम्दानी गर्ने गरेको एक कागज व्यापारी बताउँछन् । ती व्यापारीका अनुसार यसरी शक्तिको भरमा कागज भिœयाएर बेच्नेहरूका कारण अन्य व्यापारीहरूको कारोबारमा समस्यासमेत आउने गरेको छ । यत्तिले मात्र कैलाशको गोरखधन्धा सकिँदैन । उनी साल्ट ट्रेडिङ कम्पनीलाई डुबाउने खेलमा पनि उत्तिकै सक्रियपूर्वक लागेका रहेछन् । उनले साल्ट टे«डिङको एकलौटी व्यापारमाथि आँखा लगाइरहेका छन् । साल्ट टे«डिङले गर्दै आएको कागज, नुन, चिनीलगायतका व्यापार तोड्नुपर्ने भन्दै कैलाश लबिङमा लागेको त्यहाँ कार्यरत एक उच्च अधिकारीले बताए । उनले यो प्रस्ताव वाणिज्य मन्त्रालयमा लिएर गएको स्रोत बताउँछ । साल्ट टे«डिङलाई सिद्धाउनका लागि भन्दै कान्तिपुरले त्यसविरुद्ध धारावाहिक समाचार प्रकाशन गर्दै आएको छ । कैलाशले आफूहरूले बनाउने कम्पनीलाई पनि यस्तो काम दिनुपर्ने भन्दै लबिङ गरेको वाणिज्य मन्त्रालयका उच्च पदस्थ अधिकारीको भनाइ छ । कैलाशको अझ खतरनाक खेल त हुन्डीबाट हुन्छ । उनले हुन्डीमार्फत बर्सेनि लाखौं डलर विदेश पठाउने गरेकोे राष्ट्र बैंक सम्बद्ध उच्च स्रोतले बतायो । उनले सिंगापुरको सेयर मार्केटमा लगानी नै गरेका छन् । यो विषयमा पनि राष्ट्र« बैंकका अधिकारीहरूले जाँचबुझ गरिरहेका छन् । आफूलाई मनीष नामले चिनाउने हुन्डी कारोबारी रमेश अग्रवालले यस्तो कामका लागि कैलाशलाई सघाउने गरेका छन् । अग्रवालले न्युरोडका व्यापारीसँग भन्ने गरेका छन्— ‘मैले कैलाशसँग मिलेर काम गरेको छु, मलाई कसैले केही गर्न सक्दैन ।’ कैलाशले सिंगापुरका बैंकमा समेत पैसा राखेको स्रोतको दाबी छ । कैलाशको अपारदर्शी काम त छँदैछ त्यसमाथि उनले कसरी शक्ति देखाउछन् भन्ने कुराको तथ्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देख्न सकिन्छ । विमानस्थल अध्यागमन स्रोतका अनुसार विदेश जाँदा÷आउँदा कैलाशले भीआईपी कक्ष प्रयोग गर्छन् । उनको शरीर र सामानको जाँचसमेत हँुदैन । ‘उनी को हुन् ? किन यसरी भीआईपी कक्षबाट जाने÷आउने गर्छन् ?’ अध्यागमनका कर्मचारीहरूबीच छलफल नै हुने गरेको छ । अध्यागमनको रेकर्डमा उनी भीआईपी ठानिएका छन् । तर, त्यही विमानस्थलको अध्यागमनले अन्य मिडिया मालिकलाई भने त्यो छुट दिएको छैन । आफ्नो कारोबारलाई सहज बनाउन उनले कर्मचारी, प्रहरी अधिकारीलाई प्रभावमा पारेर भीआईपी कक्ष प्रयोग गर्ने गरेका छन् । एक प्रहरी अधिकारी भन्छन्, ‘यसका पछाडि केही रहस्य हुनुपर्छ, नत्र अरू मिडिया मालिक र कैलाशलाई विमानस्थलमा किन फरक–फरक व्यवहार गरिन्छ ।’ कैलाशले प्रजातन्त्रको कभरमा जतिसुकै कुरा गरे पनि उनी जनताको लोकतन्त्रमा विश्वास गर्दैनन् । उनकै सल्लाहमा बंैकर अनिल शाहले नयाँ पार्टी खाल्ने विज्ञापन कान्तिपुरमा छपाएका थिए । जनआह्वानलाई प्राप्त सयांै इमेलमा दल खोल्ने योजना पनि कैलाशकै भित्री खेल भएको पर्दाफास भएको छ । बाहिर अनिल शाहलाई देखाए पनि भित्री योजना कैलाशकै रहेकाले कान्तिपुरमा विज्ञापन छापिएको दाबी स्रोतको छ । दलहरू असफल भएको भन्दै उदार तानाशाह आउनुपर्ने पक्षमा शाहले कान्तिपुरमा लेखसमेत लेखेका थिए । दल समाप्त पार्ने शाह र कैलाशको योजना भने तत्कालका लागि हावादारी मात्र भएको छ । कैलाशले डलरको खोलो बगाएर माओवादीविरुद्ध र सच्चा लोकतन्त्रवादीहरूविरुद्ध खनिएका कनकमणिलाई आफ्नै कार्यकक्षमा बोलाएर माओवादीविरुद्ध मिडिया क्याम्पेनिङ चलाउन बैठकसमेत गरेको सो बैठकलाई देख्ने कान्तिपुरका एक कर्मचारीले बताए । माओवादी नेतृत्वको सरकारले कैलाशका धन्दामा अंकुश लगाउन थालेपछि उनले आफ्ना मिडियालाई सरकार र माओवादी विरोधी मुखपत्रका रूपमा विकास गरेका छन् । पछिल्लो केही महिनायता कान्तिपुरमा प्रकाशित समाचार, सम्पादीयक र विचारहरू त्यसैमा केन्द्रित रहेको आम पाठकले पनि सहजै बुझ्न सक्छन् । जस्तो कि १ मंसिरमा माओवादी अध्यक्ष प्रचण्डलाई दुव्र्यवहार गर्ने बागलुङका पदम कँुवरलाई कान्तिपुरले हिरो नै बनाएको थियो । दिन–दिनै पदमका गाथा लेखेर माओवादी नेतृत्वलाई खुइल्याउन कान्तिपुरले पूर्ण शक्ति नै लगाएको थियो । त्यसो त जनआन्दोलनका दनमकारी प्रहरी अधिकारीका महिमा गरेर कान्तिपुरले जनआन्दोलनकै अपमान गरेको धेरै भएको छैन । जनआन्दोलनका दोषी प्रहरी निरीक्षक विनोद भण्डारीलाई दैलेख घटनामा कान्तिपुरले महान् प्रहरी अधिकारी भनेर लेखेको पनि धेरै भएको छैन । कैलाशले आफ्नो टार्गेटमा जो आउँछ उसलाई सिध्याउनुपर्छ भन्ने मान्यता राख्छन् । ‘जसले मलाई माइनस गर्न खोज्छ उसलाई समाप्त गर्छु’ कैलाशले निकटस्थहरूसँग भन्ने गरेको उद्धृत गर्दै स्रोतले भन्यो । हिजो बागबजारमा कुहिएका काठमा रङ लगाएर बेच्ने कैशालले देशको परिवर्तनका लागि लडेका माओवादी नेताहरू प्रचण्ड र बाबुरामलाई सिध्याइदिन्छु भन्दै हिँड्ने गरेको देख्दा कान्तिपुरकै पत्रकारहरूसमेत अचम्ममा पर्ने गरेका छन् । कैलाशले ‘प्रचण्ड बाबुराम केही होइनन्, सखाप पार्नुपर्छ’ भनेर बोलेको कुरा त सार्वजनिक भइससकेको छ । उनले गृह जिल्ला जनकपुर पुगेर ‘अब प्रचण्ड सकिए । मुलुकको शक्तिशाली त अब मै हुँ’ भनी आफ्ना निकटस्थहरूसँग फुर्ति लगाएको जनकपुरमा चर्चा नै छ । उनलाई यो दम कहाँबाट आयो ? जनकपुर घर भएका एक मारवाडीले जनआह्वानलाई बताए । त्यसो त उनले एभरेस्ट होटलको आठौं तलामा रहेको ‘बुगल एन्ड टाइगर बार’ मा बसेर मदिराको लतमा ‘मलाई ग्राउन्ड (एयरपोर्टको ठेक्का) दिएनन्, अब आकाशको लाइसेन्स पाए त्यहीँबाट प्रचण्ड–बाबुरामलाई जमिनमा पुर्‍याइदिन्छु’ भनेका थिए । यसैबीच, माओवादीको खेदो खन्दै आफंैलाई दलभन्दा ठूलो ठानेपछि कान्तिपुरको बजारमा पनि गिरावट आएको छ । मालिक कैलाशका धन्दाहरू सार्वजनिक भएपछि उनको पत्रिकाको बिक्री र विज्ञपान घटेको छ । स्रोतका अनुसार विगतका वर्षमा कान्तिपुरले यो सिजनमा २८ देखि ३२ पेजसम्म निकाल्थ्यो । तर, अहिले १६ देखि २० पेजमा सीमित भएको छ ।

ashishme · Feb 2, 2013 3:52 AM · 15,573 views

6 Replies

तिमी जसको नुनको सोझो गर्दै छौ : तिनीहरुले नै सिकाएको पाठ हो | नया क्राइम का शिक्षक तिम्रै लिडर हुन् | सबै हत्यारा देखि कानुन दोसी - नया सदस्यता लिएका छन् | के को टासी रहन्छौ |

Magorkhe1 · Feb 2, 2013 10:09 AM

प्रचण्ड र बाबुराम जस्तै भए नी तिमी जस्ता देशद्रोही त होइन नी हौ ...

ashishme · Feb 2, 2013 11:13 AM

तिम्रो पार्टीको बिरुद्द बोल्ने देसद्रोही ? का हा बाट आर्ज्यौ त्यो ज्ञान ? अल्प बुद्दि बिनासकारी भन्थे यही होला ? काला जति मान्छे नै होइनन भन्ने गोरा को झैँ कुरा गर्यो यो बालकले !

magorkhe1 · Feb 2, 2013 12:44 PM

 बुद्दि नभ्या हैन , अलि अलि बुद्दि भ्याहो  यिनीहरुसंग तर त्येस्मा ठुलो चांहि भोटे ताल्चा  यिनीहरुको देऊटा भनाउदो बाबुराम र पुकदाले लगाइदेको छ के !!!!  

Tmobile · Feb 2, 2013 1:07 PM

 yo khate maobadi 1-2 hapta dekhi khub furti dekhaudai cha sajha ma......paila pani yo jasta kati aae bhuke ani gayab bhae..her bhai talai tero baburame ra prachanda ko gula molnu man bhae nepal gaera mol yaha sajha ma laajmardo tarikale arulai dekhaera aafno nai ijjat ra sochne star ko maa bahen nagar. maile bhaneko khurukka mani haal!!

GorkheCowboy · Feb 2, 2013 1:20 PM

Jimu maobadi ko tattu. Katti gungaan gaii ra?

alche · Feb 3, 2013 11:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all