अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक अविवाहित स्त्री या पुरुष संगै बस्ने परिपाटीले बिश्व ढकमक्क पारी सकेको छ र अथाह रुपमा वृद्धि हुदै छ l बिना बिबाह पुरुष तथा महिला एक छानो मुनि संगै बस्ने पद्दतिलाई अंग्रेजीमा (Cohabitation )भनिन्छ भने नेपालीमा सह-बसोबास भन्ने गरिन्छ l तर व्यापक अर्थमा महिला महिला र पुरुष पुरुष पनि बिना बिबाह संगै बस्ने व्यापक भएकोले को-ह्याबिटेसनले पुरुष र महिला मात्र संगै नभै यिनीहरुलाई पनि जनाउछ l कैयौ युवा युवतीहरु यसरि घरजम गरेता पनि यो बैधानिक छ या अबैधानिक भन्ने कुराको ज्ञान नै छैन किनभने कहिले देखि यो चलन अस्तित्व आयो र कसले ल्यायो भन्ने एकिन छैन l यस तर्फ संगै बसोबास गर्ने स्त्री र पुरुषहरुलाई चासोको बिषय नै भएन किनभने प्रहरी प्रशासनले कारवाही गरेको सुन्य नै बराबर रहेको देखिन्छ l यो ईतिहास देखि नै हाम्रा पुर्खाले ल्याएको चलन हो भनि बेफिक्री एक पिढी देखि अर्को पिढी सम्म निरन्तरता पाई रहेको छ l यसको राम्रो र नराम्रो प्रभाव सर्वप्रथम पश्चिमी मुलुकमा पर्न गयो l यो पंक्तिकारको बसोबास अमेरिकाको वाशिंगटन डिसी महानगर क्षेत्र ,भर्जिनियामा रहेको हुनाले हाल सालै चर्चा माथि परीचर्चा यो बिषयले पाएको हुनाले यस बिषयमा कलम चलाउन जागर चल्यो र केहि कनिकुथी लेखि नेपाली समुदायले जान्न सकुन भन्ने अभिप्राय हो l अमेरिकामा १९७० अगाडी अविवाहित स्त्री र पुरुष एक छत मुनि संगै बस्ने गैर कानुनी थियो l भर्जिनिया राज्य लगायत अन्य 3 वटा राज्यहरु फ्लोरिडा ,मिसिगन र मिसिसिपीमा अझ पनि बिबाह नगरी एकै ठाउमा बस्ने युवा युवतीलाई झोस कसैले पोली दियो भने कानुनको फन्दामा पर्ने जस्तो देखिन्छ किनभने कानुन पुस्तकमा यस्तो प्रचलनको बिपक्षमा ब्याख्या गरिएको छ l सन् १८७७ राष्ट्र मण्डलमा यो चलनलाई अपराध मानिन्थ्यो र गत हप्ता मात्र देखि अमेरिकाको भर्जिनिया राज्यका सिनेटहरुले १३६ बर्षे पुरानो कानुनलाई खारेजी गरि नया कानुन पारित गर्न यहि जनवरी २८ ,२०१३ देखि सुनवाई गर्ने र अनुमोदन गर्ने दिशा तर्फ लागेका छन् l भर्जिनिया राज्यमा संगै स्वर्णिम जीवन बिताई रहेका अबिबाहित तमाम युवा युवतीहरु यो समाचार तीन छक्क बनाई दिएको छ किनभने उनीहरु यस्तो कानुन रहेको थाहा नभएको जिकिर गरे l अमेरिकामा ७० दशक ताका संगै पुरुष र स्त्री एकै छत मुनि बस्नु भनेको असाधारण मानिन्थ्यो र ६० को दशक अगाडी करिब ५ लाख सह -बसोबास गर्ने अमेरिकनहरुको संख्या जति थियो भने हाल २०११ सम्मको आंकडा अनुसार १० गुणाले वृद्धि भएको देखाऊदछ l विश्वका कैयौ मुलुकमा यसरि एउटा छत् मुनि बस्ने चलन रहेता पनि कैयौ राष्ट्रहरुमा धर्म ,परम्परागत जीवन शैली ,अन्य कारणबाट यो प्रचलन प्रतिबन्धित छ l मुसलमानहरु बसोबास भएको मुस्लिम राष्ट्रहरुमा धर्म र अन्य कारणबाट बन्चित बन्न पुगेको छ l इन्डोनेसियाले दण्ड कानुन तैयार गरेको छ l सजायको भागीदार पनि बन्नु पर्ने हुन्छ र झ्याल खाना समेत जानु पर्छ l २० औ शताब्दी देखि अमेरिकामा सह-बसोबास प्रचलन सामान्य रुपमा भएको भेटिन्छ भने अमेरिकाको ७ वटा राज्यहरुमा सह-बसोबास बिरुद्ध कानुन पुस्तकमा मात्र सिमित छ l लगभग शिथिल अवस्थामा भएको र कार्यन्वयन नभएको कारण सन् २००३ मा टेक्सासले कानुनी रुपमा फैशला गरेको हुनाले पुस्तकको कानुन लगभग लंगडो जस्तो भएको छ l यसरी संगै बसोबास गरि जीवन यापन दिर्घ होला कि नहोला भन्ने प्रश्न उठन सक्दछ l ५ बर्ष नपुगुन्जेल करिब १० - २० प्रतिशत छुट्टिने गरेको पाईएको छ भने लामो समय संग संगै बस्ने भन्दा छोडपत्र दिने भिषण रुपले बढेको छ l तर अधिकांशले लामो समय बिताए पछि बैबाहिक बन्धनमा बाधिएका जनाएका छन् l जीवन साथी चिन्ने र सबै कुराको जान्ने अवसर पाईने हुदा यो राम्रो चलन ठानेका पनि युवा युवतीहरु प्रसस्त फेला परेका छन् l यूरोपमा ब्रिटेन ,बुल्गेरिया ,स्वीडेन ,फ्रान्स ,नर्वेमा ५० प्रतिसत भन्दा ज्यादा सह-बसोबास गर्ने चलन छ l बेलायतमा ५० प्रतिसत भन्दा ज्यादा बाल बालिकाहरुको जन्म बिना बिबाह नै गरेको आकडाले देखाउदछ l दक्षिण अमेरिका(ल्याटिन )मा अबिबाहित केटाकेटि संगै बस्ने व्यापक प्रचलन छ l झन्डै ६० प्रतिसत बिना बिबाह संगै सह- बसोबास अन्तर्गत रही ५५ देखि ७५ प्रतिसत बच्चाहरु अबिबाहित अभिभावक बिना नै जन्मन्छन l यो नै बिश्व कै सबै भन्दा ज्यादा रहेको छ l अमेरिका ,यूरोप ,ल्याटिन अमेरिकाको तुलनामा एसिया र मध्य पुर्व देशमा कम रहको छ l अस्ट्रेलियामा २५ प्रतिसत र न्युजील्याण्डमा १८ प्रतिसत अबिबाहित पुरुष तथा महिला एउटा छानो मुनि बस्दछन l जापानमा ३ प्रतिसत भन्दा कम उमेरका २५-२९ बर्षका अबिबाहित महिलाहरु संगै सह-बसोबास गरि रहेका छन् भने ५ मा १ लाई यसको अनुभव भएको बताईन्छ l एसिया, बंगलादेशमा कडा कानुन छ भने पाकिस्तान ,अफगानिस्तानमा आदि ईत्यदिमा कानुनी बन्देज छ l भारतमा बेलायती साम्राज्य देखि नै बन्चित रहेको थियो भने हाल आएर केहि खुकुलो कानुन र महानगर क्षेत्रमा यसरि युवा युवती बस्ने प्रचलन आकड़ाले देखाऊदछ l महिला प्रति लचिलो कानुन २००५ मा निर्माण गरिएको छ र महिलको हकमा केहि अख्तियार प्रदान गरेको छ l नेपालमा यो प्रचलन आई पुगेको छैन l सहर क्षेत्रमा फाट्ट फुट्ट अनुमान गरिएता पनि समाज ,धर्म ,संस्कार ,परम्परा आदी ईत्यादी कारण तथा ,सामाजिक बन्देज अनुसार यो चलन खुल्लम खुल्ला नहुन् सक्दछ l नेपाल बिकाशको यति चरम उत्कर्षमा नपुगेको हुन् सक्दछ l बिभिन्न उदेश्यका साथ परदेश गएका नेपाली युवा युवतीहरु पनि यो चलनबाट अछुतो छैनन् l बिबाह बिना पुरुष तथा महिला एक छत मुनि संगै धेरै कारणहरु रहेका छन् ,बिश्व महंगाईले आकाश चुमेको छ l जे जति कारण भएता पनि प्रथमत न्यूनतम आय भएकाहरुको आर्थिक कारण हो l सुन्दर र सुनिस्चित भविष्य निर्माण हेतु कालान्तरको लागि मुद्रा बचत गर्नु ,घरवार बनाउने सपना बुन्नु , अमेरिका जस्तो मुलुक जागिरको भरोसा नहुने ,एकै छिनमा जागिरबाट हात धुनु पर्ने हुनाले बचत गर्ने उदेश्य साथ समझदारीमा अबिबाहित भए पनि संगै बसी जीवन यापन गर्न र पारपाचुकेको कारण ठुलो आर्थिक क्षति बेहर्नु पर्ने आदि ईत्यादी कारण झन्डै अमेरिकामा ८० लाख युवा युवती सह -बसोबास अर्थात् बिना बिबाह बसेको तथांकले जनाउछ l अविकसित र हाम्रो जस्तो मुलुकका जनतालाई यस्तो चलन सुन्दा आश्चर्य लाग्छ l भनिन्छ हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ l हामीले यस प्रति टिका टिप्पणी गर्नु भन्दा पनि जुन देशमा सरकारले मान्यता दिएको छ र सामाजिक रुपमा सहर्ष स्वीकार गरिन्छ भने त्यस बिषय प्रति पण्डित भएर खैरो खन्नु हुदैन भन्ने हाम्रो मान्यता छ l झन्डै ढाई दशक अगाडी यस्तो चलन बारे हजुरआमा उमेरकी महिलाले अमेरिकामा यसरि बिबाह पुर्ब बस्ने चलन बारे जानकारी गराउदा कलियूगमा के देख्नु पर्यो भनि यस्तो देशमा जानु हुदैन भन्दै आफ्ना नाती ,नातिनीहरुलाई उपदेश दिएकी थिईन l स्वाभाविक पनि हुन्छ हाम्रो जस्तो मुलुकका गृहणीहरुलाई अलिक अप्ठ्यारो महसुस हुन्छ l अविवाहित स्त्री या पुरुष संगै बस्ने परिपाटीको घोर भर्त्सना संसारभरि चलि रहेको हुन्छ किनभने यसले अनादि काल देखि चल्दै आएको परम्परागत पवित्र बिबाह पद्दतिलाई बिस्थापित गरि दिन्छ l परम्परागत बिबाह संकटमा परि सकेको देखिन्छ l अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मानिन्छ l भनिन्छ नजाने गाउको बाटो नै नसोध्नु ,हामीलाई यस सम्बन्धि न लिनु छ ,न दिनु छ ,हामी रमिते भै हेर्न सिवाय अरु केहि गर्न नसक्ने अवस्थामा छौ किनभने हामी मुलुक छोडी आफ्नो स्वार्थ प्राप्तिको लागि बिदेशी भूमिमा रमाएका छौ l भबिष्यमा यसले कस्तो रुप लिन्छ त्यो त भबिश्यले नै तय गर्ने छ l अस्तु ! विजय
ANATEXAS · Jan 31, 2013 8:12 PM · 11,304 views
chetan bhagat ko novel le answer dela sayed he wrote a very good novel regarding indian call center and the way its transforming the society.
dabanng · Jan 31, 2013 11:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion