६ अर्बको ठेक्का नपाउँदा कैलाश आक्रोशित अर्जुन पन्त काठमाडौं, माघ १८– माओवादीविरोधी समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्दै आफ्नो ‘व्यावसायिक धर्म’ निर्वाह गरिरहेका कान्तिपुरका मालिक कैलाश सिरोहियाले विमानस्थको ठेक्का लिन के–के गरेका रहेछन् ? शुक्रबार प्रकाशित हुने जनआह्वानले ठेक्का आफूले नपाएपछि कैलाशले कान्तिपुरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का भारतीय कम्पनीलाई दिन थालेको र यसले सुरक्षा संवेदनशिलतालाई बिर्सेको समाचार प्रकाशित गराएको दाबी गरेको छ । पत्रिकाको अनुसार गत असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनका लागि भनी भारतीय निजी कम्पनी (इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज) लाई निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीअन्तर्गत जिम्मा दिनका लागि नेपाल सरकारले लगानी बोर्डमार्फत सम्झौता गर्ने तयारी गरिरहेको थियो । यसका पछाडि भारतीय चासो के हो भन्ने प्रश्न उठेको थियो, त्यसबेला । तर, यसमा भारतीय भन्दा कान्तिपुरका मालिकको ठूलो चासो रहेको सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन् । यो ठेक्का दिलाउन कैलाशले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेजका प्रतिनिधि बोकेर प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नागरिक उड्डयन मन्त्री र लागनी बोर्डका सदस्यहरूलाई भेटेर लबिङ गरेका थिए । ६ अर्बको ठेक्का भारतीय कम्पनीलाई दिलाउन ठूलो लबिङ गरेका कैशालले यसबाट करोडांै रकम कमिसन लिने दाउ खेलेका थिए । तर, प्रधानमन्त्रीले कैलाशको लबिङका पछाडिको ‘गेमप्लान’ थाहा पाएपछि यो ठेक्कालाई गम्भीरतापूर्वक लिएका थिए । ठेक्का नपाउने निश्चित भएपछि कान्तिपुरले यो प्रकरणको मुख्य समाचार बनाएको थियो र त्यसको सार विमानस्थल ठेक्काले राष्ट्रियता कमजोर बनाएको भन्ने देखाउन खोजिएको थियो । कान्तिपुरले भारतीय कम्पनीलाई ठेक्का दिएको नै भनेर नै समाचार लेख्यो तर अहिलेसम्म ठेक्काको कुनै काम अगाडि बढेको छैन । पुष्टि नभएको समाचार लेखेर कान्तिपुरले के गरेको होला ? आम पत्रकारहरू कुरा गर्छन् । यो ‘ब्लयाकमेलिङ’ होला कि व्यावसाियक पत्रकारिता ? दिनरात व्यावसायिक पत्रकारिताको ढोलक बजाउनेहरूले यो कुरा किन नगरेका होलान् ? विमानस्थलमा कोही पत्रकार पुग्दाबित्तिकै त्यहाँका कर्मचारीहरूले यस्तो टिप्पणी गर्ने गरेका छन् । विस्तृत समाचारको लागि शुक्रबार प्रकाशित हुने जनआह्वान हेर्नुहोस् वा हामीसँगै रहनुहोस्
ashishme · Jan 31, 2013 6:07 AM · 11,276 views
din nayekomatrai hola, bastab ma patrakar bhaneko undisputed king ho, kasle k garna sakcha ra
dabanng · Jan 31, 2013 10:48 PM
kamayo kamayo kailash sir le, yestai ho ni, dimag sahi thau ma lagayo bhane dubai hat ma [Disallowed String for - bad word]o.
saileshsingh · Jan 31, 2013 11:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion