स्मृति !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 स्मृति !   केही भन, ......सुन्छु | कतिन्जेल बस्छौ  यसरी  - नबोलिकन  - नहेरिकन  - नटेरीकन   कति बोल्थौ | कति हाँस्थौ |   केही सोध, .....भन्छु | कति कुरा छन्  कस्ता कुरा छन्  कति  गाह्रो छ, के भन्ने, कसरी भन्ने  कुन शब्दले यो  मौनता तोड्ने !   उठ र हेर, पछाडि छाडेका पलहरु कस्तो सुत्रिय कुरा गर्छौ तिमी कुन सुत्रले बाँधिएका थियौ र..?  शुन्यताले  खण्डन गर्दैछौ !   बरु सुत !  निस्फिक्री ... सायद...... तिमीसंगको यात्रा फेरी एकचोटी जिउन चाहन्छ   अर्धचेत  मन .... सपना त हो ...एकछिन बाँचु जिन्दगीका छिद्राहरु टाल्दै .. जसले डुबाए ... उभर्दो सुर्य !!.   दिन बिते र बिते मौसम जस्तै..... बर्तमानहरु  मरेर भूत भए .... कुहिएर गनाउला  भने सोचेकी थियौ होली तर ताजा छ .... तिम्रो स्मृति !! 

jhaukiri · Jan 30, 2013 11:49 PM · 17,810 views

7 Replies

Ati sundar cha! Man paryo.

bolyokipolyo · Jan 31, 2013 10:27 AM

 jhaukiri  तपाईंको रचनाहरु उहिलेदेखी उदिन्दै आको हो; तर केही प्रतिकृया दिएको थिईन; आजको कवितामा चाइं मन रोक्नै सकिन - केही थप्ने नि मन भो; रिसानी माफ होस्    कहिले एसै जिस्केउ तिमी  कहिले एसै ठुस्केउ तिमी  फिलिङोलाई डढेलो बनाइ  कहिले एसै पन्छेउ तिमी    मन्मा केही तुक थ्यो त  अग्नी-परिक्षा मागी हेर्थेउ  मै मरी जान्थें तर  दिल्मा तश्विर तिम्रै देख्थेउ    सम्झनाको हिसाब छोड  गनी साध्य छैन होला  कल्पिएका पल नि छोड भनी साध्य छैन होला    गोरोलाई नि कालो भनी  तेसै पन्छीगएउ तिमी  मुटु मेरो संगै लिई  किन दुर भएउ तिमी   

caliber19 · Jan 31, 2013 11:09 AM

Momo ko pitho le chatta sanga masu milayera pack gare jasto jhaukiri G ko Smriti!! Ati sundaar!!

daum · Jan 31, 2013 12:39 PM

 THANK YOU GUYS 

jhaukiri · Feb 1, 2013 10:20 AM

फेरिपनि अर्को एउटा उत्कृष्ट रचना झ्यौकिरी-जी............ अनि कहिला-दाइ हजुरको कविता पनि कति संदर्विक अनि मनमोहक.....

ThahaChaena · Feb 1, 2013 1:06 PM

caliber19  साथी धन्यबाद मेरो कवितामा कविता थप्नु भएकोले !!

jhaukiri · Feb 1, 2013 10:10 PM

 

jhaukiri · Feb 3, 2013 10:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all