फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस असफल भएको र एमालेले गर्दा १४ घण्टा लोडसेडिङ बढेको बताउनुभयो । विपक्षी दलहरुले संघीयता नचाहेको आरोप लगाउँदै गच्छदारले भन्नुभयो-’यो गठवन्धन संघीयता विरोधी प्रतिपक्षी दलहरुको विरुद्धमा बनाइएको हो ।’ गच्छदारले विपक्षी दलहरुलाई संघीयताविरोधी भन्दै उनीहरुलाई घुँडा टेकाएर संविधानसभाको चुनावमा लैजाने बताउनुभयो । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण नहुँदासम्म सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता जनाउँदै गच्छदारले भन्नुभयो- ‘संविधानसभाको निर्वाचन गरेर संविधानसभाले नयाँ संविधान बनाउने छ ।’ राष्ट्रपतिकै अगाडि आफूले कांग्रेस र एमालेका नेतालाई विरोधमात्रै नगर्न र जिम्मेवार बन्न आग्रह गरेको गच्छदारले बताउनुभयो । ‘मैले राष्ट्रपतिकै अगाडि उहाँहरुलाई भनेको छु, विरोधमात्रै गरेर तपाईहरुले मुक्ति पाउनुहुन्न, चुनाबमा जाने हो भने सहमतिमा आउनोस्, प्याकेजमा सहमति गर्न हामी तयार छौं, सरकारमात्रै मागेर पाइँदैन ।’-उहाँले भन्नुभयो, ‘चुनाव गराउनु छ भने सहमतिमा आउनोस् ।’ कांग्रेसले ०४७ देखि ०६९ सालसम्म २२ वर्षमा १८ वर्ष सरकार चलाएको भन्दै ४ वर्षमात्रै यो पार्टी सरकारभन्दा बाहिर रहेको गच्छदारले बताउनुभयो । नेपाली कांग्रेस असफल सावित भएकाले ३५ वर्षसम्म नेपाली कांग्रेसमा लागेर आफूले छाड्नुपरेको उहाँले बताउनुभयो । संविधानसभा विघटन हुँदा कांग्रेस र एमालेका दुईजना उपप्रधानमन्त्री पनि सरकारमा भएकाले संविधानसभा विघटनको दोष एमाओवादी र मधेसी मोर्चालाई मात्रै लगाउनु नमिल्ने उहाँले बताउनुभयो । एमालेले देशलाई दिनको १४ घण्टा लोडसेडिङको अँध्यारोमा पार्ने काम गरेको मन्त्री गच्छदारले आरोप लगाउनुभयो । ०५१ सालमा एमालेले ११ सय मेगावाटको अरुण तेस्रो आयोजना तुहाएर ठूलो अपराध गरेको र त्यसैले गर्दा मुलुक लोडसेडिङको अँध्यारोमा परेको उहाँले दाबी गर्नुभयो । साथै माधव नेपाल नेतृत्वको आफ्नै सरकार ढालेर झलनाथ खनाल प्रधानमन्त्री बने पनि एउटा सिन्कोसम्म भाँच्न नसकेको गञ्छदारले आरोप लगाउनुभयो ।
ashishme · Jan 30, 2013 6:40 AM · 2,534 views
one more maoist tattu in sajha.
shiva_linga · Jan 30, 2013 7:34 AM
hate communists.
Tmobile · Jan 30, 2013 9:05 AM
Yo ashishme bhanne Prachanda ko chora Prakash ta hoina? testai lagyo malai ta. Aile Prakash pani Nepal nikala bhaera America ma cha re
hakim_saab · Jan 30, 2013 1:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion