एन आर एन ,अमेरिकाले बागमतीलाई निर्मल र पवित्र गर्ने काठमाडौँ ,माघ १६ गते ,२०६९ , एन आर एन ,एन सी सी ,अमेरिका ( गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति )ले बागमतीलाई निर्मल र पवित्र गर्ने भएको छ l एन आर एन ,अमेरिकाका अधक्ष्य प्रल्हाद केसी एन आर एन अमेरिकालाई विश्व परिवेशमा ओजस्वी बनाउने दृढ संकल्पका साथ मात्री भुमि नेपाल बिभिन्न महत्वकाक्षि उदेश्य बोकेर पुगेका केसी चरणबद्द रुपमा भेटघाट ,सहकार्य र साझेदारी सोचलाई मुर्त रुप दिन लागि परेका छन् l बागमती नदि प्रदुषणबाट प्रताडित भएको अवस्थामा नदि लाई सफा र प्रदुषण मुक्त गर्ने उदेश्य अनुरुप बागमती सफाई परियोजनामा एन आर एन ,अमेरिका र ग्लोबल पीस फाउंडेशन (बिश्व शान्ति प्रतिस्ठान ) बिच काठमाडौँमा एक दिने बैठकको आयोजना गरि उक्त परियोजनामा सहकार्य र साझेदारी रुपमा हात हाल्ने भएको जानकारी केसीले दिए l ग्लोबल पीस फाउंडेशन (बिश्व शान्ति प्रतिस्ठान ) विश्वका सम्पूर्ण मनुष्य ईश्वरका एकै परिवार हुन् भन्ने दर्शनको साथ स्थापना भएको विश्व प्रशिद्ध गैर अन्तर राष्ट्रिय मुनाफा संस्था हो l जसले यहि मूल मन्त्रको माध्यम द्वारा अन्तरनिष्ठा सहकारिता ,परिवार र समुदायलाई मजबूत बनाउने र सेवा र शान्तिको लागि संस्कृतिलाई प्रबर्धन गर्ने लिएको छ l बैठक फलदायी रहेको जानकारी दिदै उक्त बैठकमा एन आर एन ,अमेरिकाका अधक्ष्य प्रल्हाद केसी ,पुर्व मन्त्रि गणेश शाह तथा ग्लोबल पीस फाउंडेशन (बिश्व शान्ति प्रतिस्ठानका दक्षिण एसियाली क्षेत्र हेर्ने प्रादेशिक प्रमुख इन दोन कानको उपस्थिति रहेको थियो भने उक्त परियोजनाका बिभिन्न पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो l ग्लोबल पीस फाउंडेशन (बिश्व शान्ति प्रतिस्ठान )का संस्थापक सून म्युङ्ग मून हुन् भने इस्वी सन् २००७ ताका स्थापना भएको यो प्रतिस्ठानले २०१० मा दक्षिण एसियाली क्षेत्रीय स्तर विश्व शान्ति उत्सब काठमाडौँमा आयोजना गरेको थियो l एन आर एन अमेरिका तुलनात्मक रुपमा बिगतमा कार्यक्रम समुदायमा पस्कन नसकेको कारण तिखा आलोचना खप्न बाध्य भएको थियो l नया नेतृत्व द्वारा साझेदार र सहभागितालाई प्रमुख प्राथमिकतामा राख्दै एन आर एन ,एन सी सी अमेरिका ठोस कदम चाल्दै गन्तब्य तर्फ अगि बढी रहेको महसुस विश्वले गर्न थालेको छ l विजय थापा भर्जिनिया ,अमेरिका
ANATEXAS · Jan 29, 2013 8:24 PM · 2,718 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion