बलत्कारीलाई जोगाउन नेपाली कांग्रेस सक्रिय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बलत्कारीलाई जोगाउन पौडेल र महत सक्रिय   १३ वर्षीया बालिकामाथि २ वर्षसम्म यौन शोषण     लमजुङ, माघ १६- नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताले लमजुङमा एक १३ वर्षीया बालिकालाई विगत २ वर्षदेखि यौन शोषण गर्दै आएको सार्वजनिक भएको छ । लमजुङ भोटेओडारका स्थानीय कांग्रेस नेता केदार थापाले १३ वर्षीया बालिकालाई यौन शोषण गर्दै आएको खुलासा भएको हो । बालिकालाई यौन शोषण गर्दै आएको स्थानियले थाहा पाएपछि पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा थापा विरुद्व किटानी जाहेरी दिएका छन् । अभियुक्त थापा फरार रहेका छन् । उनलाई स्थानीय तरुण दलका नेता मनराज गुरुङले मोटरसाइकलमा राखेर लगेको स्थानीयहरुले बताएका छन् । घटनासम्बन्धी समचार  सार्वजनिक सबैभन्दा पहिले ग्रेटवेअनलाइनले गरेको हो । घटना सार्वजनिक भए पार्टीको बदनाम हुने भन्दै कांग्रेसका केन्द्रीय नेता र स्थानीय कांग्रेस निकट संघसस्थाले थापाको मुद्दा अगाडी नबढाउन दवाव दिएको स्रोतले जनाएको छ । पिडीतलाई रकम दिने भन्दै घटना र्सार्वजनिक नगर्न दवाव दिइएको बताइएको थियो । थापालाई बचाउन कांग्रेस उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य रामशरण महत  जोडतोडले लागि परेको बताइएको छ । स्रोतका अनुसार पौडेल र महतले प्रहरीलाई फोन गरी मुद्दा अगाडी बढाए राम्रो नहुने चेतावनी दिएका छन् ।  दवावपछि जिल्ला प्रहरी कार्यालयका निरीक्षक भक्त बहादुर विष्टले पिडितलाई न्याय दिलाउनुको सट्टा उल्टै मिल्न दवाव दिएको बताइएको छ । उद्योग बाणिज्य संघ लमजुङका पूर्व सभापति समेत रहेका थापा स्थानीय मानुद गुण्डा भएको बताइएको छ । स्थानीय स्तरमा हुने ठेक्का पट्टाको काममा उनले हैकम चलाउँदै आएका छन् । पीडितलाई न्याय दिलाउनुको साटो अन्तरपार्टी महिला संजालकी अध्यक्ष इन्दिरा तिवारी समेत थापाको पक्षमा वकालत गर्दै आएकी स्रोतले बताएको छ । अभियुक्तलाई कारवाहीको माग गर्दै स्थानीय आमा समुह , विद्यार्थीलगायतले सोमबार प्रदर्शन गर्दै प्रशासनमा धर्ना दिएका छन् । प्रदर्शनकारीले २४ घण्टाभित्र थापालाई कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।फरार अभियुक्तको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए ।  

ashishme · Jan 29, 2013 11:33 AM · 2,350 views

1 Reply

एस्तो काण्डमा माओबादि सबै भन्दा उग्र हुन् कसैले मुख खोल्न सकेका छैनन , ज्यान जोगाउनै पर्यो अनि गाउ बाट उठी बास नहुन मुख बन्द छन | यो त तिम्रो पार्टी बिरोधि भएको ले साझामा छाप्यौ - एमाले देखि माओबादि जंगल बसेको बेला गाउ घरका चेली कति बिगारे तेस्को लेखा जोखा पनि यसै साथ् राखेको भए बेस हुन्थ्यो | कि त त्यो नारिहरु जो बन्दुक बोकी जंगल पसेका थिए लाइ प्रयोग गरे वा सबै  समलिंगी थिए ? न्याय पाउने पर्छ , अपराधि ले सजाय पाउने पर्छ |

Magorkhe1 · Jan 29, 2013 4:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all