म्यारिल्याण्ड पशुपति बुद्ध मन्दिरलाई स्वामित्व प्राप्त अमेरिका , म्यारिल्याण्ड ,माघ १२,२०६९ (तदनुसार जनवरी २५,२०१३ ) का दिन नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र ( एन ई सी सी )स्थित नेपाली पशुपति बुद्ध मन्दिरले लामो समयको अन्तराल पश्च्यात कानुनी रुपमा आफ्नो स्वामित्व अधिकार प्राप्त गर्न सफल भएको छ l उत्तर अमेरिकामा ८० को दशकमा नेपाली समुदायको जनघनत्व पातलो भएको अवस्थामा ८० कै दशकमा नेपाली समुदायको छाता संगठनको रुपमा राष्ट्रिय स्तरमा अस्तित्वमा आएको ए एन ए ( दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाले )१९८३ मै नेपाली समुदायको ईतिहासमै सांस्कृतिक तथा सामुदायिक केन्द्र स्थापनाको परिकल्पना अगि सार्दै एउटा परियोजनाको घोषणा गरेको थियो l त्यही एन ई सी सी परियोजनालाई मुर्त रुप दिन बिभिन्न काल खण्डमा आर्थिक कोष वृद्धि गर्ने तार्किक उदेश्य साथ ९० को दशकको छेउछाउ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीसंग रात्री भोजको आयोजना गरेको थियो भने १९८७ मा नै सर्वप्रथम यो योजनाको लागि ए एन ए क्यानाडा सम्मेलनमा आर्थिक कोष संकलन गरिएको थियो lसन् २००० मा नै म्यारिल्याण्ड राज्यको ल्यान्हममा पशुपति बुद्ध मन्दिरको स्थापना गरि र ए एन ए ले आफ्नो परियोजनालाई अझ प्रभाबकारी बनाउने हेतुले एन ई सी सी लाई स्वतन्त्र गरेको थियो र उक्त सामुदायिक केन्द्र ए एन ए को मातहतमा रहेको थियो l एन ई सी सीले इस्वी सन् २००८ मा म्यारिल्याण्ड स्थित वेल्स भिलमा भवन सहित ९.४ एकडको सम्पत्ति जोडेको थियो भने २०१० मा मन्दिर र सामुदायिक केन्द्र पुरा गर्ने हेतुले पण्डित दिनानाथ पोख्रेल बोलाई दूई दिने महापुरण लगाई ९३ हजार डलर संकलन गर्न सफल भएको थियो l यस भेकका समुदायका सदश्यहरुको अतुनिय योगदान ,समर्पण र त्यागको कारण यहाँ सम्म यात्रा तय गर्न सफल भएको छ l स्थापना काल देखि नै ए एन ए संस्था गैर मुनाफा संस्था ५०१ (सी ) ३ अन्तर्गत अमेरिकन सरकारबाट मान्यता प्राप्त गरेको र यस अन्तर्गत दर्ता भएको संस्थाले परियोजना पूर्ण भए पश्च्यात हस्तान्तरण गर्नु पर्ने हुनाले २००३ देखि नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र अलग अस्तित्वमा रहदै आएको थियो l सर्बसाधारणबाट पशुपति बुद्ध मन्दिरको लागि उठाईएको रकमबाट म्यारिल्याण्डको वेल्स भिलको जग्गा एन ई सी सी को नाममा नभै ६ जना समाजसेवी तथा संघ संस्थामा आबद्द व्यक्तिहरुको नाममा निजीकरण हुन् पुगेको थियो जसलाई ए एन ए को पहलबाट निजीकरणबाट कानुनी रुपमा नया हकदार मालिक एन ई सी सी लाई बनाउन सफल भएको छ l सन् २०१२ मा ए एन ए ले कानुनी रुपमा आफ्नो स्वामित्व हटाई पूर्ण रुपमा नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र( एन ई सी सी ) लाई सुम्पेको थियो l जब सम्म अदालतले नियुक्ति गरेका वर्तमान ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ए एन ए को नया पदाधिकारीहरुको चयन नहुन्जेल उनि नै एन ई सी सी को संचालक समितिको अधक्ष्य(चेयर म्यान ) हुने प्राबधान छ l निर्वाचन प्रक्रियाबाट ए एन ए को नया पदाधिकारीको चयन भएमा एन ई सी सी को गुठि संचालक समिति तथा यसका सदस्यहरुले ए एन ए का पदाधिकारी राख्ने वा नराख्ने निर्णय पनि गर्न सक्ने प्राबधान रहेको छ l यसको बिधान अनुसार नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र( एन ई सी सी ) भंग भएमा सम्पूर्ण चल तथा अचल सम्पत्ति पुन ए एन ए कै हुने छ lकानुनी रुपमा आफ़ो स्वामित्व कायम गर्न सफल सकेको अवस्था रहेको हुनाले यस भेकमा बसोबास गर्नु हुने सम्पूर्ण समुदाय सदस्यहरु यसको पूर्णताको लागि कुनै कसर नछोड्ने विश्वास लिइएको छ l आफु र आफ्ना पुस्ताको लागि सबै मिलेर यसको दिर्घ कालिन योजनामा होस्टेमा हैसे गर्न सके यो मन्दिर र सामुदायिक केन्द्र सबैको साझा फुलबारी अवश्य बन्ने छ lयो धरोहर संरक्षण गर्नु सबैको कर्तब्य हो l विजय थापा भर्जिनिया ,अमेरिका
ANATEXAS · Jan 28, 2013 11:49 AM · 3,488 views
What average people like us want to see is the actual temple being erected; please spare us from the legal and political details and let's do some work already.
Kiddo · Jan 28, 2013 4:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion