निजी खर्चमा गाउँमा मोटरबाटो (4 Votes) 1 2 3 4 5 डीआर पन्त ९ २० लाख निजी लगानीमा ५ किलोमिटर सडक निर्माण गर्ने युवा समाजसेवी किशोर बिष्ट अभिनन्दनपछि । चिपुर (डडेलधुरा), माघ १४ - छिमेकी बगरकोट गाविसमा मात्र मोटर हुँइकिएको देख्दै आएका दुर्गम चिपुर गाविसका बासिन्दा शुक्रबार सदरमुकामदेखि ४० किमि टाढाको आफ्नो गाउँमा पहिलोपल्ट मोटरको लस्कर लागेपछि दंग परे । सबैलाई अचम्म पार्ने चुरो कुरो त यो थियो कि, एक २७ वर्षे युवकले व्यक्तिगत खर्चमा गाउँमा मोटर पुग्ने बाटो बनाएका थिए । उनी थिए, स्थानीय किशोर बिष्ट, जसले 'हैसियतभन्दा ठूलो रकम' २० लाख खर्चेर ५ किमि बाटो खनी दुर्गम आफ्नो गाउँ चिपुरलाई मोटर हुँइकिन सक्ने बनाएका थिए । 'चट्टान फोडेर समाज सेवा गर्ने युवालाई सलाम छ,' सडक उद्घाटन गर्न आइपुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भावुक हुँदै भने, 'समाज र देशप्रति जिम्मेवारीबोध गर्ने मान्छेको खडेरी परेका बेला यस्ता युवाले नै समाज डोर्‍याउन सक्छन् । म यिनै युवाको चर्चा सुनेपछि मोटरबाटो उद्घाटन गर्न मात्र होइन, अभिनन्दन गर्न पनि आएको हुँ ।' आफूले आफ्नो गाउँमा मोटर पुर्‍याउन नसके पनि एक युवाले आफ्नो गाउँमा मोटरबाटो पुर्‍याएर उदाहरण पेस गरेको देउवाले बताए । 'संकटकालमा म माओवादी र सेना दुवैबाट पीडित भएर विस्थापित भएँ,' अभिनन्दनपछि बिष्टले भने, 'मैले आफूले जग्गा र मोबाइल कारोबारबाट कमाएको पैसा खन्याएर यो मोटरबाटो बनाएको हुँ । नेताहरूले ठूला कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्तिप्रति मेरो यो प्रहार पनि हो, मेरो हैसियतभन्दा ठूलो रकम भए पनि सामाजिक अभियान सुरु होस् भनेर बाटो खनें ।' युवा समाजसेवी बिष्टले दुर्गम चिपुरमा मोटरबाटो पुर्‍याएपछि अब डडेलधुरामा एकमात्र रुपाल गाविस मात्र मोटरबाटोविहीन छ । उत्साहित उनले उद्घाटन कार्यक्रममा रुपाललाई पनि मोटरबाटोसँग जोड्ने घोषणा गरे । चिपुर गाविसका पूर्वअध्यक्ष कमल सिंह भाटले सरकारले गर्न नसकेको काम एक युवाले गरेर देखाएको बताए । http://www.ekantipur.com/nep/2...
_____ · Jan 27, 2013 8:21 AM · 2,235 views
Commendable!
riddle · Jan 27, 2013 5:03 PM
यदि हाम्रा घुस्याहा नेता देखि कर्मचारी अनि नया क्राइम दुनिया ग्यागले १% मात्रै सत्कार्यमा लगाए यता बाटो एक गाउ मात्र है ८-१० गाउँ नै पुग्थ्यो बर्सेनि !!!!! कागती बोट बाट नासपाती को अपेक्षा गर्नु मुर्ख्याइ हो ! अरुलाई दुख दिएर कामाउने हरु : पण्डित लाइ स्तोत्र फलाक्न लागाई पाप धुने काम गर्छन : अन्य पश्चिमी समाजले झैँ सार्बजनिक सत्कार्यमा दान गरे पुण्य पाइञ्छ भनि लेखेनन्, किन लेखुंन त ? संस्कृत जान्ने उनीहरु अनि ब्रम्ह बाक्य नै धर्म हो भन्ने पनि उनि हरु नै हुन् | नया पिडि नया कुरा लिएर आउदै छन् - येहि नै यो पुण्ड्य कार्य |
Magorkhe1 · Jan 28, 2013 11:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion