भाषासंग ठट्टा र मजाक चल्दैन हरेक राष्ट्रको आफनै मात्री भाषा हुन्छ l सबैलाई आफ्नो भाषाप्रति गौरब लाग्दछ l हामी नेपाली हौ र हामोसम्पर्कको भाषा नै नेपाली हो l बिश्व भरि छरिएर रहेका नेपालीहरु बीच पूलको काम गर्ने माध्यम नै यहि हाम्रो भाषा हो l भाषासंग मजाक र ठट्टा कहिले गर्नु हुदैन र चल्तीमा ल्याउनु पनि हुदैन किनभने यसै बाट सम्पूर्ण नेपालीको पहिचान भएको हुन्छ l अंग्रेजी भाषाका कठिन शब्द प्रयोग गर्दा गर्व गर्ने तर नेपाली भाषामा चलचित्र मन्दिर भन्दा हासो हुने र भौतिक शास्त्रीको उच्चारण गर्दा अनौठो सुनिने र दूरदर्शन भन्दा भारतीय शब्द भनि खिल्ली र धज्जी उडाउने यहि समाजमा बिध्यमान छन् र हामीले कतै खोज्नु पर्दैन l पाठशाला भन्दा पहाडबाट आएको काठे हुने तर स्कूल भन्दा घरानियाको दम्भ गर्ने परिवार पनि हामीले देखेका छौ l बिदेशी भाषाको अध्ययनको मात लागि नेपाली भाषा त बोल्न नै अप्ठ्यारो लाग्दछ र हुदा हुदा केहि समय बेलायत र अमेरिका गएर फर्किदैमा आफुले जन्मनसाथ तोते बोलिबाट शुभारम्भ गरेको नेपाली भाषा अथवा मात्री भाषा नै बोल्दा अल्मलिन्छु भनि अभिव्यक्ति दिदा असह्य पिडा हुन्छ l दिवा भोजनको नाम लिन साथ चन्द्रमाबाट आएको मानिस ठानिन्छ तर अंग्रेजीमा लन्च भन्दा जुँगा चल्यो कुरा बुझ्यो हुन्छ l ईन्धन चौकी सवाल गर्दा उ अलमलिन्छ तर ग्यास स्टेसन भन्दा आ गर्दा अलंकार बुझ्ने हुन्छ भाषा त्यतिकै जानीदैन l वातावरण ,साथिभाई र परिवेशले पनि भाषा जानिने हुन्छ ,हामी कसैले पनि हिन्दि भाषा सिकेनौ तर हामी जान्दछौ l काठमाडौँमा बस्ने मारवाडीले नेवारी भाषा धारा प्रवाह बोल्दछन l नेपालका पप सम्राट ओम बिक्रम बिष्टले नेवारी भाषामा पनि गीत अमेरिकामा गुनगुनाई दिए किनभने ऊनको त्यो समुदायसंग ज्यादा हेलमेल भयो lएक पटक बोलिएको भाषा दिर्घ कालिन अवस्था सम्म मष्तिस्कमा रही रहने हुनाले हामी हाम्रो भाषालाई कहिले भुल्न नखोजौ र ओझेलमा पर्न नदियौ यहि नै संकल्प लिन सके हाम्रा पिढीले हाम्रो योगदानको कदर गर्ने छन् l यसरी नेपाली भाषालाई आफैले अपमानित गरे भने बिदेशी भाषाको प्रचार प्रसारमा जुटेका प्रचारकले फोहर पानीमा माछा मार्ने काम गर्न पनि पछि पर्दैनन् किनभने भाषाको बिकासको लागि ठुलो संजाल बनाएका हुन्छन र यहि मौका छोपी भाषा परिवर्तन गर्दछन त्यसैले ६ हजार भाषा मध्ये आधा भाषाहरुले अस्त्तिव गुमाई सकेका छन् l भाषाको पहिचान र विकासको लागि हामी एक ढिक्का हुनु पर्ने अपरिहार्य छ र भाषा प्रति मुख नबंग्याई हृदय देखि नै स्वीकार गर्दै यसको गोडमेल गर्दै जानु पर्छ र नेपाली भाषाको मोह जगाउने तर्फ लाग्नु हामी सबैको जिम्मेबार हुन्छ l कहिले पनि भाषा र राष्ट्रियताको सवालमा ख्याल ठट्टा भुलेर पनि गर्नु हुदैन किनभने हामी नेपाली हौ भनि प्रमाण स्वरुप हामीसंग केवल नेपाली भाषा मात्र छ l भाषा उपेक्षित हुनु हुदैन र कालजयी बनाउने तर्फ सबैको उत्तिकै भूमिका निर्वाह गरे हाम्रो नेपाली भाषाले कहिले प्राण त्याग्दैन l भाषा हाम्रो धुकधुकी हो र अनन्त अनन्त काल सम्म यसको अस्तित्व कायम नै हुनु पर्छ lवर्तमान अवस्थामा हामीले हाम्रा भावी पिढीहरुको भाषाको सम्बर्धन र बिकाशको लागि दिर्घ कालिन सोच बनाएनौ भने कालान्तरमा हामीले हाम्रा सन्तान तथा दर सन्तानबाट ज्यादै ठुलो कस्ठ भोग्नु पर्ने हुन्छ किनभने पछिल्लो आंकडाले देखाए बमोजिम एक मिनेटमा एक युवा विदेश पलायन हुने क्रम जारी छ र यहि क्रमले निरन्तरता पाउने हो भने मुलुक केहि समय पछाडी बृद्ध र बृद्धाको मुलुकको नामले विश्वमा सगरमाथा र बुद्धको देश भनेर चिनिए जस्तै आफ्नो पहिचान नबनाउला भन्न सकिदैन l शहरमा नेपाली भाषा भन्दा अंग्रेजी भाषाको मोह दिन प्रति दिन बढदो छ र नराम्रो अवश्य हैन किनभने पाठ्यक्रम अंग्रेजीमा र कैयौ बिषयको पाठ्यक्रम नै अंग्रेजीमा पाईन्छ l नेपालीमा पाइदैन किनभने यो संस्कृतको रामायणलाई नेपाली भाषामा अनुबाद गरेको जस्तो भानु भक्त अहिले जन्मने छैनन l नेपाली भाषाको खडेरी लाग्न कत्ति समय नै लाग्ने छैन l अफ्रीका मुलुक र भारतको राजस्थान जस्तै पानीको हाहाकार भए जस्तै संकट उत्पन्न हुने सम्भावना हाम्रा पुस्ताले देख्ने हुन् कि भन्ने सोच हुनु स्वाभाविक लाग्दो रहेछ l समय र काल चक्र संगै हामी र अहिलेका युवा पिढीहरु यस बिषयमा गम्भीर हुन् सकेनन भने कुनै काल पछि अंग्रेजी ज्यादा र नेपाली भाषा कम गरि बोल्ने परम्पराको थालनी हुन्छ कि भन्ने भय हुदो रहेछ l नेपाली भाषाको गाडी यसरि नै गुड्यो भने प्राबधिक गढबढ भै दुर्घटना क्षति ग्रस्त कुनै अंग भएको गाडी जस्तो हुने पो हो कि भन्ने तिर मन जाने रहेछ l आजको युगमा जत्ति वटा धेरै भाषामा पारंगत हुन् सकिन्छ त्यति नै कुनै पनि मानिसले अवसर प्राप्त गर्न सक्ने हुन्छ तर निश्चित हुदैन lजसरि अंग्रेजी भाषा प्रति आम नेपालीको मोह बढेको छ त्यतिकै रुपमा नेपाली भाषा प्रति चाख राख्ने मात्र सकियो भने हाम्रो सम्पर्कको भाषा नेपाली भाषा सदैब फुली रहने हुन्छ नत्र ऒईलाउने सम्भावना बढी हुन्छ l अंग्रेजी मात्र बोल्न सके आफुलाई बिशिस्ठ दक्ष ठान्ने र समाजले हेर्ने दृस्टीकोण फरक हुन्छ भन्ने मान्यता राख्ने वर्ग पनि हाम्रो समाजमा नभएका होइनन l दुई दशक अगाडी यो पंक्तिकार पनि यस्तै रोगबाट ग्रषित थियो र अंग्रेजी ९५ प्रतिशत बोल्ने अभ्यास गर्दै प्रयोगको रुपमा आफु भन्दा कम्जोर व्यक्तिसंग पौठे जोरी खेल्ने गरेको घटनाले आफुलाई हिनता बोध बनाएको छ l यस्तो क्रियाकलाप कसरी हुन् गयो भनि हाल सयुक्त राज्य अमेरिकामा समय समयमा यो कुराले मन कुडिन्छ र ग्लानी भएको महसुस गर्दछु l किनभने अंग्रेजी भनेको त भाषा मात्र हो अरु ग्रहबाट ल्याईएको कुनै आश्चर्यको चिज हैन l भाषा अभिरुचि राखी तपस्या गरिन्छ भने कुनै पनि मानिस पण्डित बन्दछ l स्वामी प्रपन्यचार्यले ३० बर्ष पश्च्यात मात्र शिक्षाको ढोका खोलि बिध्या बारिधि ( पी एच डी)उपाधि प्राप्त गर्न सफल भएका छन् तसर्थ हाम्रा युवाहरुले नेपाली भाषाको बिकासको लागि ठुलो योगदान दिन सक्दछन l अरु भाषा प्रति झुकाब भएता पनि आफ्नो मात्री भाषा र राष्ट्रिय भाषालाई कहिले अपहेलना गर्ने छैनन् र आफ्ना भावी पिढीहरुको लागि संचित गर्न ठुलो बलिदान दिने छन् l अस्तु ! विजय थापा भर्जिनिया ,अमेरिका
ANATEXAS · Jan 26, 2013 8:39 PM · 5,888 views
A valid point to ponder ! Thanks for making us aware, bro.
adhikari_bandhu · Jan 26, 2013 9:19 PM
I have different view on this one brother. Every thing changes with time. Its called Evolution. Internet made the world very small. Now you are talking about "Doordarshan" and "Chalchitra". Than we have to go back to the language they used during Prithivi Narayan Shah;s or even back to sanskrit or even back to 'who knows what'. No one is loving Nepal less if they say "Pheeleem" instead of "chalchitra". I think everything changes with time and we have to accept that. Jai Nepal.
sajhafan · Jan 26, 2013 9:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion