"उसको कथा"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उसको कथा   ऊ टेलिफोनलाई एकटक हेर्दैछे / लाग्छ उसले हेरिन भने त्यसको बिद्ध्युतिय संचार रोकिएर त्यो मर्छ /   "यतिबेला सम्म त फ़ोन आउनुपर्ने हो" ऊ सोच्छे /   हरेक केटीको जस्तो उसको पनि माया पाउने रहर छ / हरेक केटा जो ऊ संग बोलचाल गर्छ त्यसलाई ऊ आफ्नो सम्भावित प्रेमीको दृस्टीले हेर्छे / हुन पनि क थाहा - जो पनि त हुन सक्छ त्यो व्यक्ति / बिस्तारै जब कुनै व्यक्तिसंग ऊ नाजिकिन्छे, त्यसलाई ऊ दाज्छे आफुले पढेका उपन्यासका पात्रहरु संग अनि सोच्छे "अह यो मान्छे हैन मेरा लागि " / अनि जारी रहन्छ उसको खोज मायालुको /   आज पनि ऊ प्रतीछ्या गर्दैछे एक सम्भावित प्रेमीको / ऊ जहाँ काम गर्छे, त्यहि पसलको मालिक उसको सपनाको बिपना भएको छ आजकल / उमेरमा ऊ भन्दा बुढो भएकाले होला सायद उसको हाकिममा ऊ "सुयोगवीर" लाई पाउछे / उसलाई सकम्बरीले सुयोगलाई नअंगालेकोमा सधै रिस उठ्ने गर्छ / ऊ भाको भए त मज्जाले स्वीकार्ने थिई किनभने माया भन्दा ठुलो कुरा उसका लागि केहि थिएन / कसैले माया भनेको कस्तो हुन्छ भनेर सोध्यो भने ऊ भन्थी - "प्रशान्तले मार्थालाई गरे जस्तो " या "Rhett Butler ले  Scarlett लाई गरे जस्तो " /   आशाले भरिएका नजरले टेलिफोनलाई हेर्दा कति निर्दोष देखिएकी छ ऊ / यस्तो लाग्छ उसले कहिल्यै बुझ्ने छैन कथा र वास्तविकताको अन्तर / को आउला उसको जीवनमा जसले उसलाई बुझाउन सक्ला कि माया र मायाको नाममा गरिने कुरामा फरक हुन्छ / कोहि त आउला /    त्यतिन्जेल ऊ यसरि नै मायाको नाममा जलिरहने छ / अधिकांस मानिस झैँ- जिउनु को नाममा मारिरहने छ /   

Sambeg · Jan 26, 2013 7:31 PM · 11,119 views

2 Replies

संवेग-ज्यु राम्रो लेख्दै हुनुहुन्थ्यो , अरु पनि थप्ने कि ? ...........शिरिषको फूलको र लेटर तो स्कर्लेट को अलि अलि टुक्रा जोडेर झन् मनमोहक भयो त्यो हरफ..... अरु पनि कुँददै जाने कि .... अहिले सम्मको कथाको शिल्पकरिता त राम्रो थ्यो ..... अझै पढ्न पाम.... अधुरो आशा पुरापुर् भरिलो जीवन भएको देख्न पाम ..... - थाहा-छैन

ThahaChaena · Jan 26, 2013 11:36 PM

 धन्यवाद थाहा छैन .... हेरौं ल भविष्यले मेरोलागि के साँचेको छ 

Sambeg · Jan 27, 2013 10:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all