आमाको घर द्वारा एन डब्लु जी एन लाई प्रशंसा सहित कृतज्ञता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                       आमाको घर द्वारा एन डब्लु जी एन लाई प्रशंसा सहित कृतज्ञता   अमेरिका  ,माघ ११ ,२०६९ (तदनुसार जनवरि २४ ,२०१३ )का दिन प्रसिद्ध समाजसेवी तथा आमाको घरकी संचालिका दिल शोभा श्रेष्ठले अमेरिका स्थित नेपाली महिला विश्व संजाल(Nepali women global network)लाई पत्र मार्फत कृतज्ञता ज्ञापन गर्दै महिला नेतृत्वद्वारा संचालित उक्त संस्थाको प्रसंशा गरेकी छिन् l आफु समाजसेवामा संलग्न भए पश्च्यात पहिलो पटक यसै संस्थाको पहलमा अमेरिका जान पाएको र नेपाली समुदाय बीच केहि कुरा राख्न पाएकोमा आफु हर्षित भएको उल्लेख गर्दै नेपाली महिला विश्व संजाल कार्यकारी समिति ,डा बिध्या रंजित ,पावाना श्रेष्ठ ,सुष्मा बाराकोटी,विभा रंजित ,बिष्णु थापा र  एन आर एन .अमेरिकाका अधक्ष्य प्रलाहद केसी तथा एन आर एन आई सी सी का संयोजक मुकेश सिंहको नाम बिसेष प्राथमिकता साथ लिदै कृतज्ञता ज्ञापन गर्नु भएको छ l   यसै संस्थाको बिसेष पहल र प्रतिबद्ध समुदायहरुको सहयोगमा आफुले ( २४ हजर डलर )करिब २० लाख रुपैया प्राप्त गरेको र उक्त रकम द्वारा बृद्ध तथा घरबार बिहिन सडक बालबालिकाहरुको लागि आफ्नै आश्रम बनाउन सहयोग हुने कुरा उल्लेख गर्दै अब स्थाई घर बनिने कुराको उल्लेख गरेकी छन् lउक्त पत्रमा आमाको घर १९९८ मा केवल तिरस्कृत भएका बृद्ध महिला तथा सडक छाप हुन् बाध्य भएका बाल बालिकाहरुको लागि स्थापना भएको हो र हाल ४३ जना बृद्ध बृद्धाहरु र ६५ जना बाल बालिकाहरुको सेवा गरि रहेको उल्लेख गरेकी छिन् l    गत अक्टोबर २०१२ मा एन डब्लु जी एन को तेश्रो सम्मेलनमा आफुलाई निम्ता दिई गर्नु भएको सम्मान प्रति धन्यबाद दिदै यहाहरु जस्ता दानबिर र व्यक्तित्वको कारण मैले लिएको सपना आश्रम भवन पुरा हुने कुराको उल्लेख गर्दै आफुले प्राप्त गरेको उक्त रकम संस्थाको मुद्दती खातामा राखिने जानकारी  दिनु भएको छ lडा विद्या रंजितलाई बिशेस नाम लिदै अमेरिकन दूताबासले समाज सेवामा लागेको मान्छेलाई पनि पहिलों पटक प्रवेशाज्ञा (भिसा )दिन अस्विकार गरेको कुरा कुराको चर्चा गर्दै डा रन्जितले निरन्तर यस कार्यमा लागि बिभिन्न कुटनैतिक ,राजनैतिक र बिशिस्ठ महानुभावहरुसंग मेरो लागि अमेरिकाबाट दर्जनौ पटक कुराकानी गरि अन्तत्वगत्वा दोश्रो पटक अमेरिकाको भिसा लागेको कुरा उल्लेख गरेकी छिन् l   यहाहरुको सदैब सहयोगको अपेक्षा गर्दै मेरो सम्मानको लागि गरेको अथक प्रयासको सदैब आफु ऋणी हुने र भबिस्यमा पनि साथ रहने बचन बद्दता सहित आमाको घर र आफ्नो व्यक्तिगत तर्फबाट एन डब्लु जी एन  धन्यबाद दिएको छिन् lउक्त पत्र डा बिध्या रंजितलाई आमाको घरबाट दिल शोभा श्रेष्ठले लेखेकी हुन् l  

ANATEXAS · Jan 26, 2013 2:11 PM · 3,057 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all