गएको पुस २७ गते पाँचथरको सदरमुकाम फिदिमको फेमेखोला छेउमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्र्यो। अन्तरिम संविधानमा नेपाललाई हतारमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि के के गर्न पाइने, के के नपाइने भन्ने विषयमा नयाँ कानुन बनेको छैन। त्यसैले पुरानै कानुन अनुसार गाईगोरु काट्नु गैरकानुनी हो। त्यही कानुनलाई टेकेर प्रहरीले गोरु काट्दै गरेका ६ जनालाई पक्र्यो। धर्म निरपेक्ष भइसकेको देशमा पुरानो कानुन अनुसार गोरु काट्नेलाई पक्रन पाइन्न, हामीले हाम्रो परम्परा अनुसार गोरु काट्न पाउनु पर्छ, त्यसैले पक्राउ परेकालाई निशर्त छाड्नु पर्छ भन्दै नेपाल आदिवासी जनजाति महासंघ, एमालेबाट टुक्रिएर बनेको अशोक राईको संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति विद्यार्थी परिषद् लगायतले आन्दोलन चर्काए। फिदिम बजार तीन दिन ठप्पै भो। मेची राजमार्गको फिदिम खण्डमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न पाएनन्। बुधबार पाँचथर जिल्ला अदालतले दलबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्दै अरु पाँच जनालाई सामान्य तारेखमा रिहा गर्‍यो। शुक्रबारदेखि भने आयोजकले बन्द स्थगित तर धर्ना लगायतको विरोध कार्यक्रम जारी राख्ने बतायो। साझाबासी ब्रोहरु लाई के लाग्छ कसैले मैले पालेको गोरु काटेर खान्छु भन्यो भने पाउने कि नपाउने ?
IT_Guy · Jan 25, 2013 3:23 PM · 26,947 views
सडकको कुरा पढदा एउटाले पशुपति जान लाग्नु भाको भनि सोद्धा , अ छोरीले बोलाकी छ भनेर जबाफ दिए जस्तै लाग्यो | झन्डै २ रिल हसाइ गयो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Magorkhe1 · Jan 29, 2013 3:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion