उठिबास

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 उठिबास    न मेरो शास गो', न तिम्रो आश गो'  ब्यर्थै सोचेछु चमेली, जीवन आज पलाश भो'    कुरी बस भन्थेउ, कैले त तिमी आँफै हो  औंलामा दिन कती भांच्नु, उमेरै यहाँ नाश भो'    मेटुं कसोरी मायालाई, कोरिएको मन्मा यो  झझल्कोलाई फालुं कहाँ, हर्दम बेर्ने पाश भो'    सक्किगो' सबै भन्न, तिम्लाई पो त सजिलै भो'  हर घडी मुर्छना खानु, मलाई कालकुट गास भो'    मन-मझेरिमा बास माग्न, सित्तै आएछौ कि हो  न केही हात लाग्यो, न त केही खाश भो'    दुनियाँ हसाउनु रहेछ त, मै एउटा थिएं कि क्यावो'  देख्नेलाई त चटकै भो, रुवाइ 'नी मेरो राश भो'    बैरीले त के-के गरे, अड्कलै नकाट भो'  मेरो नौ धारा आंशु आज, तिन्लाई मधुमाश भो'    तमाशेले ताली ठोके, दुश्मन्ले खुचिङ भन्ने नै भो'  जग हंसाइ खै किन, तिम्लाई अट्टहास भो'    जित जम्मै तिम्रै नाम्मा, हार सबै मेरै भो'  सानु संसार बसाउं भन्थे, आज उठीबास भो'   

caliber19 · Jan 25, 2013 12:13 PM · 12,298 views

1 Reply

जित जम्मै तिम्रै नाम्मा, हार सबै मेरै भो' सानु संसार बसाउं भन्थे, आज उठीबास भो' वाह वाह

bhakte dai · Jan 25, 2013 12:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all