Baburam govt becoming worse than the previous govt that the maoist fought to dethrone

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, माघ १२ - अकुपाई बालुवाटार अन्तर्गत प्रधानमन्त्री निवास अगाडि धर्ना दिंदै गर्दा पक्राउ ३२ जनालाई प्रहरीले छाडेको छ ।  ३२ अधिकारकर्मीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये १९ महिला, १२ जना पुरुष र एक जना तेस्रो लिंगी थिए । अभियानले शुक्रबार बृहत प्रदर्शनको तयारी गरेको थियो । अभियानको एक महिना पुगेको अवसरमा बृहत प्रदर्शनको तयारी गरिरहँदा उनीहरुलाई प्रधानमन्त्री निवास अगाडिबाटै पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अधिकारकर्मी रेणुराज भण्डारी, राधा पौडेल, गिता थापा,  अकुपाई बालुवाटारको अगुवाई गरिरहेका जगन्नाथ लामिछाने, विष्णु अधिकारी, इसान थापा, मिना पौडेल, कविता थापा, लिलि थापा, प्रनिका कोयु, कोपिला अधिकारी, उज्ज्वल थापा, विदुशी ढुंगेलगायत थिए । उनीहरुलाई रानीबारीस्थित चार नम्बर गणमा राखिएको थियो । प्रहरीले इन्सेकका फोटो पत्रकार विमलचन्द्र शर्मालाई प्रहरीले लछारपछार गरेका थिए । आन्दोलनमा सहभागी हुन आएका एक अपांगता भएका व्यक्तिलाई प्रहरीले ह्विलचेयरबाट लडाएर लछारपछार पारेका थिए । अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यको माग  गर्दै एक महिनादेखि प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका थिए । यो आन्दोलनलाई 'अकुपाई बालुवाटार' अभियान नाम दिइएको थियो ।    

rethink · Jan 25, 2013 9:46 AM · 12,662 views

2 Replies

Keshab sthapit bisthapit He says it all. The internal corruption within baburams household. http://www.youtube.com/watch?v...

rethink · Jan 25, 2013 10:08 AM

I say this inevitable depravity of power was predicted by Orwell in 1945. The satire in Animal Farm is unbelievably accurate - I highly recommend it if you haven't come across it yet:

JavaBeans · Jan 25, 2013 10:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all