Nepali Basketball Diary

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 You may have seen in News paper daily about vacancy of online earning. Some years ago i also believed i those ads and use to visit those office. But in the name of online earning they use to take some money in the name of training and used to create a blog on blogspot.com which we can create ourself for free. I realized that they are just a THUG :).  Then I myself created a blog. Started to surf on internet and get knowledge about It. Now I am earning little from my blog. If you also try then you can also earn money online. How To? For more info visit below and choose a Catogory Online Earning. Coz you need to learn detailly to earn money online.

Nepal2013 · Jan 25, 2013 5:01 AM · 11,313 views

4 Replies

 You may have seen in News paper daily about vacancy of online earning. Some years ago i also believed i those ads and use to visit those office. But in the name of online earning they use to take some money in the name of training and used to create a blog on blogspot.com which we can create ourself for free. I realized that they are just a THUG :).  Then I myself created a blog. Started to surf on internet and get knowledge about It. Now I am earning little from my blog. If you also try then you can also earn money online. How To? For more info visit below and choose a Catogory Online Earning. Coz you need to learn detailly to earn money online.

Nepal2013 · Jan 25, 2013 5:02 AM

मेरो घर मैतिदेवी हो । म पहिलोपटक काठमाडौंबाहिर गएको लागुपदार्थ लिनैका लागि हो । त्यति वेला वीरगन्ज हँुदै रक्सोल पुगेको थिएँ । प्रहरीलाई छल्नका लागि हामी सामान्य गाउँको मानिसझैँ भएर गएका थियौँ । औषधिपसलमा गएर 'सामान' किनिसकेपछि चोर बाटो भएर फर्किएका थियौँ । मैतिदेवीमै भेट भएको व्यापारीसँग म पहिलोपटक रक्सोल पुगेको हुँ । मैले उसलाई चिनेको थिइनँ । तर, उसले मलाई 'माल खान्छ' भनेर चिनेको रहेछ । मलाई बोलाएर 'खान पनि पाउँछौ, मसँग सामान छ, बेच' भन्यो । स्टकको सामान बेचेर सकिएपछि पहिलोपटक ऊसँगै रक्सोल गएँ । पछि एक्लै जान थालेँ । सामान किन्नकै लागि म भैरहवापारि पनि गएको छु । पहिलोपटक नै भीरबाट लडेँ मैले ०५५ सालदेखि ब्राउन खान थालेँ । त्योभन्दा अगाडि गाँजा खाइन्थ्यो । त्यति वेला खाने 'जक्सन' मैतिदेवी थियो । पछि हाम्रो 'मेन जक्सन' सुन्दरीजल भयो । हाम्रो टोलीमा २०/२५ जना हुन्थे । केटीहरू पनि उत्तिकै हुन्थे । मैले पहिलोपटक गौशाला रातो पुलको साथीसँग गाँजा खाएँ । भण्डारखालको जंगलभित्र बसेर खाएका थियौँ । त्यति वेला फस्ट टाइममै कडा खालको परेछ । खाएपछि भिरबाट लडेँ । साथीले लगेर सुतायो । एकैपटक भोलिपल्ट मात्र थाहा पाएँ । मैले ८ कक्षा पढ्दादेखि नै रमाइलोका लागि चुरोट खान थालेँ । साथीभाइको संगतले रमाइलोकै लागि गाँजा खान थालेँ । सुरुमा लत पर्छ भन्ने थिएन । पछि लत बढ्दै गएपछि चरेस, कोकिनसम्म खाएँ । सामान्यतः ब्राउन सुगर नै धेरै खान्थेँ । बुवाममीलाई छोरा सोझो छ भन्ने थियो । तर, १० कक्षामा पढ्दा नै म दुव्र्यसनी थिएँ । मेरो पढाइ त्यहाँभन्दा अगाडि जान सकेन । बिहानैदेखि सामानकै खोजीमा लागिन्थ्यो । किन्ने ग्राहकको खोजी पनि गरिन्थ्यो । घरमा कसैले केही भने झगडा गर्ने गर्थें । म पहिलादेखिको झगडालु स्वभावको थिएँ । खाएपछि झन् जोस आउँथ्यो । पुलिस नै दुव्र्यसनी सुरुमा गाँजा खोज्न ककनी, गोकर्ण, दक्षिणकाली पुगिन्थ्यो । त्यहाँका गाँजा खाने स्थानीयसँग पनि चिनजान भयो । उनीहरूसँग किन्न र बेच्ने मान्छे भेट्न सजिलो हुन्थ्यो । किनेपछि पुलिसले नसमातोस् भनेर सामान बोक्नचाहिँ साथीलाई दिन्थेँ । तर, पछि थाहा भयो, कतिपय पुलिस नै हामीसँग आएर खाँदा रहेछन् । पुलिसले भने सामान्यतया गाँजा मात्र खान्थे । कोही-कोही ट्याब्लेट पनि खान्थे । हामीलाई उनीहरूले नै पुलिसको सूचना दिन्थे । नयाँ इन्स्पेक्टर, सई वा असई आए भने हामी पहिला नै जानकारी पाउँथ्यौँ । मैले गाँजापछि ट्याब्लेट खान थालेँ । मैले जति ट्याब्लेट सायद म बसेको 'रिहाब'का सबैको जोड्दा पनि पुग्दैन होला । तर, छोड्न मन गरे सकिँदो रहेछ । एडिक्टेड हुनु भनेको रोग रहेछ । प्रहरीहरू पैसाका लागि जे पनि गर्छन् भन्ने जेल परेपछि थाहा पाएँ । एकपटक झगडा गरेको कारण म र अर्को एउटा साथी जेल परेका थियौँ । दुई दिनसम्म खान नपाएपछि हामी एकदमै 'सिक' भयौँ । हामीसँग दुई हजार थियो । ड्युटी बसेको प्रहरीले एक हजार लिएर अर्को हजारको दुईवटा ट्याब्लेट ल्याइदियो ।   जेलको यात्रा पहिलोपटक एयरपोर्टबाट मलाई पुलिसले समातेर थुन्यो । म बाहिर जान हिँडेको थिएँ । अर्को साथी पनि थियो । कालो ट्याम्पोको ड्राइभरले एयरपोर्ट जाउँ भन्दा नमानेपछि मैले हिर्काएको हुँ । त्यो ड्राइभरको मुख नै कच्याककुचुक भएको थियो । त्यसपछि कतिपटक जेल परेँ भन्न सक्दिनँ । प्रायः हनुमानढोका लगेर थुन्थ्यो । एकपटक चारखालमा चार दिन थुनेको छ । तर, ड्रग्सको केसमा भने जेल परेको छैन । प्रत्येकपटक झगडा गरेरै जेल गएको हुँ । जेलभित्रको एउटा भन्न लायकको कथा छ । मैले रक्सी खाएर अनामनगरमा झगडा गरेपछि हनुमानढोका लग्यो । त्यहाँ पहिला जेल पर्दा नै चिनिराखेका केटाहरू थिए । मलाई देखेपछि 'ओहो दाइ फेरि आउनुभयो' भनेर उक्साउने काम गरे । त्यसपछि पुराना साथीसँग होहल्ला गरियो । ड्युटीमा बसेको हवल्दारले बन्दुक तेर्साएर हल्ला नगर्न धम्क्यायो । मलाई एकदमै रिस उठ्यो र मैले उसको बन्दुक खोस्न जाइलागेँ । सक्छस् भने ढोका खोलेर हतियार फालेर भिड्न आइज भनेँ । किन हो कुन्नी त्यो पुलिस त्यसै चुप लाग्यो । रातो पुलमा फेमस भएँ मसँग दुई-तीन सय फायल ट्याब्लेट स्टकमा हुन्थ्यो । कमल पोखरीमा एउटा औषधि पसल थियो । उसले मलाई ट्रस्ट गथ्र्यो । ब्ल्याकमा चार-पाँच सय पर्ने फायल उसले मलाई ४०/५० रुपैयाँमा नै दिन्थ्यो । पसलेले डरले पनि सामान दिँदो रहेछ । एकपटक साथीको रातोपुलको केटासँग झगडा परेछ । खाएको वेला उसले मलाई उक्सायो । म ऊ बसेको पसलमा खुकुरी लिएर गएँ । मैले हानेको नलागेपछि ऊ भाग्यो । तर, मैले लखेटेर बाहिर सडकमा नै हानेँ । त्यति नै वेला त्यही ठाउँमा अर्कोलाई पनि हानेँ । त्यसपछि त रातो पुल एरियामा मेरो नाम फेमस भयो । मान्छेहरू मसँग डराउन थाले । त्यसपछि त्यो एरियाका पसलेले मलाई ट्याब्लेट राखिदिन थाले । सबैभन्दा महँगो मैले कोकिनसम्म खाएको छु । एकपटक खानकै लागि ठमेलमा भेला भएका थियौँ । ब्राउन खाने कुरा थियो । पैसा उठाउँदा अलि बढी भयो । साथीहरूले 'दाइ आज कोकिन खाउँ' भने । साढे पाँच हजारमा एक ग्राम किनेर खाएको हो । मैले १०/१२ खालको औषधि खाएको छु । घोडालाई हान्ने सुई पनि हानियो । यसरी 'रिह्याब’ पुगेँ वीरगन्जको सामान ल्याउने व्यक्ति दुई-चार दिन हरायो । स्टक पनि सकियो । दुई दिन खान नपाएपछि मलाई असर देखिन थाल्यो । घरबाट माग्दा पनि कुलतमा फसेको भनेर दिनुहुन्नथ्यो । मलाई चक्कर लाग्ने, रिस उठ्ने, रातभरि निन्द्रा नलाग्ने भयो । त्यति वेला ड्रग्सको असर पहिलोपटक थाहा भयो । पागलजस्तै भएको थिएँ । परिवारसँग झगडा गरेँ । ममीले फोन गरेर रिह्याबको मान्छे बोलाउनु भएछ । त्यसपछि पहिलोपटक रिह्याब -पुनस्र्थापना केन्द्र) बसेँ । उसो त म अहिलेसम्म चार-पाँचपटक रिह्याबमा बसिसकेँ । तर, अहिले भने मैले सुध्रनुपर्छ भन्ने फिलिङ्स गरेको छु । पहिला म बसेको ठाउँमा त्यति केयर भएन जस्तो लाग्छ । हामी आउटिङ जाँदा -बाहिर निस्कँदा ) उतैबाट सामान ल्याएर रिह्याबभित्रै खान्थ्यौँ । त्यसैले गर्दा त्यहाँ केही फिलिङ्स आएन । बाहिर आएर रक्सी हुँदै फेरि कुलततिरै पुगियो । म सामान कम खान्थेँ । औषधि खान्थेँ । तर, पैसा नपुगेर एक दिन घरको सामान चोरेर बेचेँ । परिवारले सोध्दा थाहा छैन भनेँ । तर, बुवाआमाले पत्याउनुभएन । 'मैले घरको ठेक्का लिएको छु र ?' भनेर म रिसाएँ । त्यसपछि आमाले क्लिन नेपालको मान्छे बोलाउनु भयो र मलाई यहाँ ल्याइयो ।   साथीहरूको मृत्यु मेरा धेरै साथीको ओभरडोजले मृत्यु भयो । कसैको झगडा गर्दा मृत्यु भयो । हामीसँगै ड्रग्स खाने छ-सातजना मरिसके । त्यही भएर मैले डोज घटाएको थिएँ । भाइको साथीलाई ठमेलमा ब्राउनसुगरको केसमा झगडा पर्दा छतबाट खसालेर मारिदिए । त्यसपछि मलाई नराम्रो लाग्यो । समाजले पनि नराम्रो रूपमा हेर्न थाल्यो । बुवालाई काकाहरूलाई सबैले मान्छन्, तर मलाई हेप्ने ड्रग्सले नै हो भन्ने लाग्यो । र, आफँै पनि डोज घटाइराको थिएँ । क्लिन नेपाल आएको एक वर्षभन्दा बढी भयो । अहिले भने म समाजमा घुलमिल हुन चाहन्छु ।   एकान्तमा विगत सम्झेर रुन्छु म जतिखेर कुलतमा फसेको थिएँ, त्यतिखेर मलाई एकदमै माया गर्ने गर्लप|mेन्ड र हजुरआमालाई गुमाएँ । ड्रग्स खाँदा धेरै गर्ल प|mेन्ड भए । तर, ती टाइम पास भनौँ या यसै साथीजस्ता मात्र थिए । तर, एकजना थिइन्, उनले भने मलाई साँचै माया गर्थिन् । उनीसँग चार वर्ष जतिसँगै भएँ । मैले ड्रग्स खान्छु भन्ने उनलाई पनि थाहा थियो । कहिलेकाहीँ खान नपाएर पैसा माग्दा पनि दिन्थिन् । 'मलाई पनि तिमीले खाएको देउ' भनेर माग्थिन् । तर म उसलाई दिन्नथेँ । अहिले सम्भिmँदा मैले छोडोस् भनेर त्यसरी मागेको रैछ । उसलाई बुझ्न नसक्दा बिछोड भयो । सायद आज ऊ मसँग भएको भए यो अवस्थामा हुन्नथेँ होला । म ऊसलाई अहिले एकदमै मिस गर्छु । उनलाई सम्झेर धेरैपटक एकान्तमा रोएको छु । मैले ड्रग्सकै कारण मर्ने वेलामा मेरो हजुरआमाको मुखसम्म देख्न पाइनँ । मलाई एकदमै माया गर्नुहुन्थ्यो । म कुलतमा फसेपछि एकदमै चिन्ता गर्नुहुन्थ्यो । मेरो नाति आँखाको नानी हुनुपर्ने तर काँढा भयो भन्नुहुन्थ्यो । मैले एकदिन म यो सबै छाड्छु भनेर बाचा गरेको थिएँ । मैले छोडे पनि । तर, हजुरआमालाई खुसी भएको देख्न पाइनँ । माथिबाट भए पनि देखिराख्नुभएको होला । अहिले पनि मेरो लभ अफेयर्स चलिराखेको छ । मेरी गर्लप|mेन्डले मलाई पोजेटिभ नजरले हेर्छिन् । कहिलेकाहीँ फोन गर्दा पनि आनन्द लाग्छ । उनले मलाई बुझेकी छिन् । एकदमै हेल्प गर्छिन् । अन्त्य कि मृत्यु कि रिह्याब ड्रग्स रोग हो भन्ने धेरैले बुझ्दैनन् । नरमाइलो लाग्छ । हामी सुध्रन चाहन्छौँ । त्यो समाजले बुझिदिनुपर्छ । ड्रग्स खानु भनेको अँध्यारोको यात्रा हो । यसको कुनै भविष्य छैन । हामी उज्यालोमा हिँड्न चाहन्छौँ । म अरूलाई पनि क्षणभरको खुसीमा परेर अँध्यारोमा नहिँड्न भन्छु । ड्रग्स खान थालेपछि बाबुआमा, श्रीमती कोही आफ्ना हुँदैनन् । यसको अन्त्य भनेको कि त मृत्यु हो, कि त रिह्याब सेन्टर हो । तर रिह्याबमा कम मात्र आइपुग्छन् । यहाँ आइपुग्नु भनेको भाग्य हो । जिन्दगीमा बाधा आउँछन् । लड्नुपर्छ । हार मान्नु हुन्न । त्यसैले उज्यालोको यात्रा गर्न अरूलाई सल्लाह दिन्छु ।

ashishme · Jan 25, 2013 6:48 AM

sarai ramro lageo katha. It is always a great feeling to get into a clean line and move life in a better direction. I have been clean since 7 years now and feel so proud to be this way. Good luck for your life ahead.

accord · Jan 25, 2013 9:25 AM

 यो रोग हैन यो आफैले बेकेको नसा हो, साथि भाइले भिराइदिने काउसो हो ; पछि सित्तैमा पिउन पाउने जन्जाल हो |  राता रात धनि बन्ने सजिलो उपाय मध्हे एक हो , सर्ब साधारण देखि मन्त्रि गण समेत आम्दानीको हप्ता लिन्छन | यो रोग हैन तर लत लागे पछि यो महारोग ले पनि नभेट्टाउने आफैले निमन्त्रणा गरेको मृत्यु हो | एक  थरि  पैसा कमाउ अर्को  थरि थाप्लामा हात राखेर  वा दिन गनेर बस | Last edited: 25-Jan-13 12:48 PM

Magorkhe1 · Jan 25, 2013 12:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all