हिसिलाकी सेक्रेटरीले ६ अङ्कमा चन्दा मागिन् : स्थापित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    हिसिलाकी सेक्रेटरीले ६ अङ्कमा चन्दा मागिन् : स्थापित THURSDAY, 24 JANUARY 2013 16:01 नागरिक 26   'बल्छी हाल्ने, गड्यौंला नहाल्ने' भन्ने गरेको आरोप- रघुनाथ लामिछाने, काठमाडौँ, माघ ११ - काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाइएका केशव स्थापितले प्रधानमन्त्री पत्नी हिसिला यमि र उनकी सेक्रेटरी जानुकालाई रिझाउन नसक्दा आफूलाई तारो बनाइएको बताएका छन्। 'नागरिक'सँग कुरा गर्दै स्थापितले आफूसित उनीहरुले पटक पटक ‘रकम मागेको' दावी गरेका छन्। स्थापित भन्छन्, "गएको तिहारमा जानुकाले तपाईंको घरमा देउसी खेल्न आउँछौं सहयोग गर्नुपर्छ नि भनेर फोन गरिन्। २०० जना आउँछौं भनिन्। मैले हुन्छ, मासुभात खुवाइदिउँला भनें। तर उनले योसँगै ६ अङ्कमा चन्दा दिनुपर्ने बताइन्। उनको पछि बस्नेले हुँदैन, ७ अङ्कमा दिनुपर्छ भनेर कराए। मैले कुनै हालतमा सक्दिन भनें। जाबो १०-२० लाख रुपियाँ पनि दिन नमान्नेलाई के राख्नु प्राधिकरणमा भन्न थाले। अनि मैले मेरो घरमा देउसी खेल्नै नआउ भनें। त्यहाँबाट पनि उनीहरु रिसाए।" प्राधिकरणबाट निकालिनु पर्ने कारण बारे थप बताउँदै स्थापितले भने, ‘ठूला योजना ल्यायो भने हिसिला आफैं रिसाउने। अनि यस्ता योजना नल्याउ भन्ने। कुनै योजना लग्यो कि ‘खालि बल्छी हाल्ने, गड्यौंला नहाल्ने' भन्थे उनीहरु। के गड्यौंला हाल्ने, खान्छ कि खाँदैन भन्यो भने हालेर त हेर्नुस् भन्थे। मेरो ९ महिनाको पूरै अवधि यस्तै गड्यौला विवादमा बित्यो। खाली अरबौंको काम भइरहेको छ, केही गर्नुपर्‍यो भनेर टोकसिरहने, काम भएको छ त मेरो अन्तर्गत भएको हो र? मेरै अन्तर्गत भए पनि म केही गर्न सक्दिन भनें। उनीहरु झन् रिसाउँथे।‘ पाँच वर्षका लागि नियुक्त गरिएका आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै त्यो निर्णय बदर गर्न उत्प्रेषण आदेशको माग गर्दै स्थापितले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने बारे आज न्यायाधीश कल्याण श्रेष्ठको इजलासले निर्णय गर्दैछ। उनले आफू अदालत गइसकेपछि पनि जानुकाले फोन गरेर २० लाख दिने भए ३ महिनाका लागि म्याद थप्ने प्रस्ताव राखेको बताए। स्थापितसँग अन्तर्वार्ताको पूर्ण विवरण भोलिको नागरिक दैनिकमा पढ्न सकिनेछ।

_____ · Jan 24, 2013 5:52 AM · 1,919 views

2 Replies

  हिसिलालाई रिजाउन नसक्दा हटाइयो : स्थापित   (5 Votes)   1 2 3 4 5                             मकर श्रेष्ठ ०         काठमाडौ, माघ ११ - हटाउनुको ६ कारण- - योजना माग गरेपनि हिसिलालाई घुस नदिनु - हिसिलाको पिए जानुकालाई फिनल्याण्ड नपठाउनु - देउसीमा ७ अंकको दक्षिणा नदिदा - काभ्रे प्रहरी प्रमुख एसपी गिता उप्रेतीको सम्बन्ध बिच्छेद भइसकेको श्रीमानलाई दिनु पर्ने रकम नदिदा - पशुपति क्षेत्रको तिलगंगा ताम्रमार्ग बाटो बन्द गर्ने अडान - स्वयम्भु क्षेत्रमा सडक बिस्तार गर्न नहुने अडान   ......................................................................... काठमाडौं-काठमाडौं विकास प्राधिकरणबाट हटाइएका केशव स्थापितले प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यामीको चित्त बुझाउन नसक्दा आफूलाई हटाएको आरोप लगाएका छन् ।   गत बैशाखमा प्राधिकरणको आयुक्तमा नियुक्ति दिएको स्थापितलाई माघ ४ गतेको मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको थियो ।  हिसिला आफैले पैसाको बार्गेनिङ नगरेपनि उनको पिए जानुका परिचालन गरेको उनले दाबी गरे । उपत्यकामा विकास गर्न ५० भन्दा बढी योजना पुरा गर्न एक अरब रुपैया माग गरेको उनले बताए । हिसिलालाई पैसा नदिएकै कारण आफनो योजनामा बजेट नपाएको हुन सक्ने उनले अनुमान गरे । जानुकाले सिधै पैसा नमागेपनि घुमाउरो तरिकाले मागेको उनले बताए ।   'जानुकाले जताततै बल्छी हाल्ने अनि गड्यौंला चाहि नहाल्ने ? भनेर मलाई भन्यो, 'बिहीबार बिहान त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा भेटिएका स्थापितले कान्तिपुरसित भने, 'कति लाख पर्ने गड्यौंला हाल्ने ? रसियन, अमेरिकन, चाइनिज भारतीय कुन हाल्ने भनेर मैले उनलाई सोधेँ ।' त्यसको जवाफमा जानुकाले पहिला गड्यौंला हालेर हेर्नुस् खान्छ कि खाँदैन  भन्ने गरेको उनले सुनाए । स्थापितले उपत्यकाको विकास गर्न नयाँ योजना बनाएपनि पास नहुने गरेको सुनाए । गड्यौंलालाई आहरा नहाल्दा आफूलाई हटाएको एउटा कारण हुन सक्ने बताए । जानुका एण्ड कम्पनी लेनदेनको कुरा पुरा नगरेको कारणले आफूलाई अयोग्य बनाएको स्थापितले बताए । 'जानुकाले फोन गरेर दाइले मलाई चिन्नु भएकै छैन । दिदीको छोरी मानुषी भन्दा पनि नजिक छु भन्थिन्, 'उनले भने, 'अरुकसैले पैसा मागेन मसँग बार्गेनिङ गर्ने जानुका थिइन । अरुको इच्छा पुरा नगर्ने बित्तिकै काम गर्न नसकेको भनेर निकाल्न पाइन्छ ?' आफूलाई हटाउनुको दोस्रो कारण फिनल्याण्डमा फोहोर व्यवस्थापनको अध्ययन गर्ने जानुकालाई नलगेपछि देखि हिसिलाले आफनो बिरोध गरेको स्थापितको आरोप छ । 'अध्ययन भम्रण रद्द भएपछि उनलाई लैजान सकिन, मेरो छोरा बिरामी भएकोले म चाहि आफ्नै खर्चमा गए,'उनले भने, 'फिनल्याण्ड लैजान नसकेपछि मेरो बिरुद्धको टिकाटिप्पणी सुरु भएको हो ।' फिनल्याण्डको कार्यक्रम रद्द भएपछि सुकुम्बासी अध्ययन टोलीसँग बैकक पठाएको उनले बताए । हिसिलाले बारम्बार दबाब दिएको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई गराएपछि सिधै आफूलाई सम्पर्क गर्न आग्रह गर्दै गरेको भनेकेा कुरा यसरी सुनाए,' हिसिलासँग कुरा नगर्नु सिधै मसँग गर्नु र उनी सम्बन्धित मान्छे होइन ।' भट्टराईको निर्देशन अनुसार काम गर्दै आए पनि तिहारको बेला जानुकाले देउसी खेल्ने निहुँमा २० लाख रुपैयाँ माग गरेको स्थापितले रहस्य खोले । उनीहरुले माग गरेको जति रकम दिन नसक्ने भएपछि सम्बन्ध चिसिँदै गएको सुनाउँदै भन्छन्,' देउसीको बेला जानुकाले फोन गरेर २ सय जना आउछौँ मासुभात खुवाउनु पर्छ भनिन् मैले हुन्छ भने । ६ डिजिटको दक्षिणा हाल्नु पर्छ भन्यो । त्यतिनै बेला पछाडिबाट हिसिला दिदी पनि आउने भएकोले सात डिजिट बराबर दक्षिणा दिनुपर्छ भनिन् । मैले त्यो भनेको कति पैसा भनेर सोधे । उनले १५ देखि २० लाख भनिन् । यति धेरै दिन सकिँदैन । नेवारको घरमा देउसी हुँदैन । श्रीमती क्रियशन र म बुद्धिस्ट भने दिनभरी मोबाइल स्वीच अफ गरेर बसे ।' उनीहरुले १०, २० लाख रुपैयाँ पनि दिन नसक्ने भन्दै आफ्नो बिरुद्ध लाग्न थालेको उनको दाबी छ । चौथो कारण स्थापितको साथीले जन्मजय ढकाललाई दिनु पर्ने रकम काभ्रे प्रहरी प्रमुख एसपी गिता उप्रेतीलाई नदिएको उनले दाबी गरे । उप्रेती ढकालकी श्रीमती थिइन् । उनीहरुको सम्बन्ध बिच्छेद भइसकेकोले ढकाललाई दिनु पर्ने रकम उप्रेतीलाई दिन नमानेपछि आफूलाई हटाउने प्रपन्च रहेको स्थापितको आरोप छ । हिसिलाले प्रधानमन्त्री क्वाटरमा मलाई बोलाएर उप्रेतीलाई पैसा दिन दबाब दिएको उनले बताए । 'सबैको अगाडि मेरो बेइज्जत हुने गरी यति पनि काम नगर्नेलाई किन ल्याएको होला भन्दै मुख छाड्यो,' उनले भने । गितालाई पैसा दिन्न भनेको केही दिनपछि जानुकाले फोन गरेर यस्तो प्रस्ताव गरेको सुनाउँदै स्थापितले भने,'तपाईलाई चट पार्न लागेको छ । गिताको पैसा माग १० गते भित्र २० लाख दिए २/३ महिना थाम्दिन्छु भन्थिन् ।' पाचौँ कारण तिलगंगाबाट ताम्रमार्ग बाटो बन्द गर्नु पर्ने अडान 'विश्वसम्पदा सुचीमा परेको पशुपति क्षेत्रको तिलगंगा हुदै ताम्रमार्गको सडक बन्द गर्नु पर्ने एक टेलिभिजनमा कार्यक्रम चलाएको थिए ।  त्यो बाटो हसिलाले संसदकोषको पैसा खर्चेर बनाएको रहेछ । बन्द गर्नु पर्ने कार्यक्रम सञ्चालन गरेपछि हिसिलाले म चाहि बाटो खोल्ने तैले चाहि बन्द गर्ने ? म संग च्यालेन्ज गर्न खोजेको भन्दै टसल गरिन् ।' छैटौं कारण स्वयम्भू वरीपरीको क्षेत्रमा अन्यत्र जस्तो सडक विस्तार तिब्र पार्न नुहुने अडान । 'स्वयम्भू वरीपरी ट्रक छिर्नेगरी बिस्तार गर्नुपर्छ भन्ने अरुको अडान थियो । विस्तार गरेर सम्पदा क्षेत्र भासिन सक्छ । स्वयम्भू वरीपरी ठूला सवारी चलाउन रोक लगाउनु पर्छ भनेको थिए । बिस्तार गरेको भन्दै शिर उठाउने साथीहरुले स्थापितले अबरोध पुर्‍यायो भनेर पोल लगाएछन,'उनले भने । प्रधानमन्त्री भट्टराइलाई सुरुमा केही सर्त राखेर विकास प्राधिकरणको आयुक्त भएको उनले बताए । माओबादी कार्यकर्ता नबन्ने, आवश्यक बजेट दिने, विकास प्राधिकरणको संगठन बिस्तार गर्ने, प्रधानमन्त्रीसँग सिधा सम्पर्क गर्ने, नियमित गर्ने, सिफारिस नमान्ने सर्त राखेको स्थापितले बताए । 'सुरुमा मेरो सर्त हुन्छ भन्नुभएको थियो,' उनले भने, 'हिसिलाको दबाबकै कारण मलाई हटाएको हो ।' सुरुमा प्रधानमन्त्रीलाई फोन गर्दा आफैँ उठाउने गरेकोमा पछि फोनै उठाउन छाडेको उनले बताए । योजना पनि पास नगर्ने र बजेट पनि नदिएपछि काम गर्न नसकेको भन्दै आफूलाई हटाएको उनले गुनासो गरे । प्रधानमन्त्री भट्टराईले फोन गरेर आफूलाई राजिनामा दिन आग्रह गरेको कुरा सुनाउदै उनले भने, 'फोन गरेर केशव जी अब तपाईले ठाउ छाडदिनुस् ।  टेक्निकल काम गर्ने मान्छे चाहिने रहेछ । तपाईलाई ब्यूरोक्रेसीले पनि साथ दिएन । तपाईं र म लामो समय सम्म मिलेर काम गर्नु पर्छ । त्यतीनै बेला मैले तपाई आफनो काम गर्नुस् तर, मचाहि असफल भए भनेर हात उठादिन । अदालत जान्छु भनेको थिए ।' स्थापित कसरी आयुक्त भए ? प्रधानमन्त्री बाबुराम भट्टराईले सुरुमा एमाले छाडेर माओवादी प्रवेश गर्न आग्रह गरेका थिए । बुद्ध धर्म मान्ने भएकोले काटरमार गरेर आएको पार्टीमा प्रवेश गर्दिन भने । सुकुम्बासीलाई व्यवस्थित गर्न एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले चासो देखाएपछि हिसिलालाई भेटाउन लगेको थिए । त्यसबेला उपत्यकामा सडक बिस्तारको काम तिब्र भइरहेकेा थियो । गलत तरिकाले काम भइरहेको हिसिलालाई सुनाए । यसरी भत्काए कसैलाई नोक्सानी नहुने भन्दै मैले बनाएको योजना सुनाए । हिसिलाले त्यो कागज मेरो हातबाट खोसेर भट्टराईलाई देखाउन लगिन् । बाबुराम पनि मेरो योजनाबाट प्रभावित हुनुभयो । त्यही दिन बेलुका ६ बजे भेट्ने समय तय भयो । भेट भएको दिन याद भएन । भट्टराईले मलाई राख्न नै काठमाडौं उपत्यका विकास प्राधिकरणको अवधारणा ल्याएको हो भन्नुभएको थियो । उहाँले मसँगको भेटमा पार्टी पनि फुट्यो । देश बनाउन सकेन भन्दै तुरुक्क आँशु झार्नु भयो । मैले प्राधिकरणको अवधारणा ल्याउन लागेको छु । यो तपाईंकै लागि जन्माएको हो भन्नुभयो । तपाईं र म मिलेर काठमाडौंको रुप फेरौं भन्नुभयो । मैले हुन्छ भने । विकास प्राधिकरणको नियमावलीमा आयुक्तको योग्यता स्नातक उत्तीर्ण गरेको हुनुपर्ने रहेछ । तर, मेरो त्यो योग्यता नपुग्ने भएपछि भट्टराईले मन्त्रिपरिषद्को बैठक राखेर पुरानो नियमावली खारेज गरेर अर्को ल्याउनुभयो । त्यही दिन राजपत्रमा प्रकाशित समेत भयो । शैक्षिक योग्यता नपुगे पनि लब्धप्रतिष्ठित व्यक्तिको आधारमा विना सर्त मैले आयुक्त पदमा नियुक्ति दिइएको हो । आयुक्त भएपछि लैनचौर लाजिम्पाट क्षेत्रमा स्थानीयले बिरोध गरेपछि काम हुन सकेको थिएन । नियुक्ति पाएको भोलिपल्टै स्थानीयको घर घरमा गएर छलफल सुरु गरे । सबैलाई बिस्थापित नगरी बिस्तार गर्ने बताएपछि उनीहरु आफैंले घर भत्काउन थाले । यो मेरो सफलता हो । कलंकी थानकोट सडक चौडा गर्न स्थानीयलाई मनाए । उपत्यकाको विभिन्न स्थानमा एकिकृत जग्गा विकास योजना बनाए । बिगतमा रोकिएको जग्गा विकासको काम सुरु भयो । सुकम्बासीलाई व्यवस्थित गर्न खोजे तर मैले मात्रै सकिन । त्यस्तै नयाँ योजना पनि बनाएको थिए । नागार्जुन जेमिङ क्षेत्र बनाएर केबलकार बिस्तार गर्ने, खोला छेउको सुकुम्बासीलाई अन्यत्र व्यवस्थित गर्ने, उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने योजना ल्याएको थिए । मैले ल्याएको योजना पुरा गर्ने बजेट होइन अध्ययन गर्ने पैसा पनि सरकारले दिएन । तलब बाहेक अन्य कुनै खर्च दिएन । विकास प्राधिकरणको संगठन पनि बिस्तार भएन । कार्यालयमा राख्ने फर्निचर किन्ने पैसा नभएर घरबाटै ल्याएँ । मेरो कार्यालयमा रहेको टावेल र साबुन पनि मैले व्यक्तिगत किनेको हु । कार्यालय परीवरी सरसफाई गर्न २६ हजार रुपैयाँ खर्च गरे त्यो पनि पनि मैले व्यक्तिगत खर्च गरेँ । नयाँ योजनाको अध्ययन गर्न भए पनि योजना देउ, योजना पुरा गर्न जनसहभागिता र गैर सरकारी संस्थाबाट रकम संकलन गर्छु भनेको थिएँ  । सुकुम्बासी व्यवस्थापन राहतको लागि ३० लाख रुपैयाँ मागेको थिए । त्यो पनि दिइएन । विदेसी एक संस्थाले १० लाख डलर दिने इच्छा देखायो । त्यसको लागि सहरी विकास मन्त्रालयले स्वीकृत दिएन । सरकारले पनि दिएन, अरुले दिन्छु भनेको पैसा लिन पनि सहमति दिएन ।

_____ · Jan 24, 2013 9:48 AM

I have pity on people who have high hopes on Baburam. He cannot fix corruption in his own home, how can he claim to be able to fix the whole Nepal.

rethink · Jan 24, 2013 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all