सन्नीलाई खोज्ने सबैभन्दा बढी वर्ष २०१२ मा सन्नी लियोन गुगलमार्फत भारतभित्र सबैभन्दा बढी खोजी गरिएकी बलिउड सेलिब्रेटी बनेकी छिन्। जिस्म टु बाट बलिउडमा डेब्यु गरेकी सन्नी चलचित्रका कारण मात्र नभएर कन्डमको विज्ञापन तथा फोटोसुटजस्ता कारणले वर्षैभरि चर्चामा रहिन्। भारतीयहरूद्वारा गुगलमा खोजी गरिएका बलिउड सेलिब्रेटीको दोस्रो नम्बरमा बलिउडका पहिलो सुपरस्टार स्वर्गीय राजेश खन्ना छन्। पटकपटक अश्लील हर्कत गरेर चर्चामा आएकी पूनम पाण्डे तेस्रो स्थानमा पर्न सफल भएकी छिन् भने चलचित्र निर्देशक महेश भट्टकी छोरी आलिया भट्टले आश्चर्यजनक रूपमा चौथो स्थान कब्जा गरेकी छिन्। विवादित धर्मगुरु निर्मल बाबा पाँचौं स्थानमा छन्।
darling · Jan 23, 2013 5:30 PM · 9,583 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion