Just for fun. उमेरले पुगे भर्खरै तीस मनले भन्छ अझै पचिस| विहे गर्ने छ ठुलो धोको म हुं US को केटो । भन्नु होला ए भाइ बोका भन्न बोका आफुलाई तीस वर्ष सम्म खै के नापिस एउटा केटी नि भेट्न नसकी अहिलेसम्म के गरि बाचिस? खै दाई जे भन्नु छ भन आफै पट्ट्याउन सकिएन | अब चै उमेर गयो है भनि डर लाग्यो अनि बिहे गर्ने रहर पलायो | हत्त न पत्त बाउलाई गुहारे नेपालमा हत्त न पत्त बाउलाई गुहारे नेपालमा बाउले भने आत्तिन पर्दैन छोरो केटि खोज्ने जिम्मा भो मेरो बिहे गराउछु यहि बैसाखमा तेरो | फेरी भन्नु होला नाम भन न नाम किन भंछस US को केटो ? के सारो धक्कु US को यस्तो attitude ले केटि पाइनस भने कसैको हैन बाबु , गल्ति हुन्छ तेरो | नरिसाउनु न दाइ कुरै नबुझी नरिसाउनु न दाइ कुरै नबुझी के केटि खोज्नुभा छ नेपाल तिर पसी? नाम जे सुकै होस् तपाइको नेप्टे ,चेप्टे, च्यान्टे, भ्याण्टे भंछन् सबैले तपाईलाई US को केटो । चाहे तपाई अलास्काको हिउमा या टेक्सास को घाममा बस्नु होला सायद कैलिफोर्नियाको बिचमा चाहे तपाई gas station को कर्मचारी या fortune 500 मा छ नोकरी लास्टा कुरा त तेही हो तपाइँ पनि US को केटो। एउटा मित्रले भने यार म त Silicon Valley को Software Engineer Last edited: 23-Jan-13 03:38 PM
gharjwai · Jan 23, 2013 3:31 PM · 7,082 views
continued... केटि त लाइन लाग्छन नि मन मनै हासे Really? Does anyone give a [Disallowed String for - bad word] about that? तँ फगत एक US को केटो | केटीको बाउ सोध्छन ग्रीन कार्ड छ? म भन्छु बिस्तारै हुन्छ नि F1 भो H1b भो टाईम लाग्छ नि । बुढा भंछन् ए ग्रीन कार्ड भाको US का केटा टन्नै छोरी माग्न आइराछन तत् साला फेरि अर्को US को केटो | एउटा US को केटोको भाग खोस्ने नि अर्को US को केटो | धत् मेरो अरु परिचय नि छ कि म केवल US को केटो म केवल US को केटो | Last edited: 23-Jan-13 03:39 PM
gharjwai · Jan 23, 2013 3:38 PM
Hehehe nice us ko boko
intelligentguy · Jan 23, 2013 8:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion