नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                              Nepali Media Alliance (NMA), USA                                                            नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा    सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने र राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसालाई बिदेशी माटोमा पनि आफुले मुलुकमा अंगालेको पेसालाई निरन्तरता दिने मुख्य उदेश्य साथ अमेरिकाका राष्ट्रपति बाराक ओबामाको दोश्रो कार्यकालको सपथ ग्रहणको शुभ दिनलाई शुभ मुर्हत बनाउदै आज मिति माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख ,२०१३ )को दिन ब्रम्हाण्ड कै सम्राट राज्य भनेर चिनिने अमेरिकाको न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग आबद्ध सञ्चारकर्मीहरुको प्रथम बृहत् भेलाबाट समग्र नेपाली सञ्चार क्षेत्रको हक, हित र अधिकारलाई संस्थागतरुपमा अघि बढाउने प्रमुख लक्ष्यकासाथ Nepali Media Alliance (NMA), USA " नेपाली संचार सन्जाल(एन्मा) युएसए तर्दथ समिति गठन गरिएको छ ।   नब्बेको दशक पश्च्यात नेपाली समुदायको जनघनत्व न्युयोर्क क्षेत्रमा बिज गणतीय रुपमा वृद्धि भएको तथा संचार कर्मीहरुको पनि त्यही अनुपातमा वृद्धि भएको र क्रम उर्लदो भेल जस्तो हुने महसुस गरि यहि माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख)आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित लिङ्कन ट्युटरिङ्ग सेन्टरमा आयोजित उक्त भेलाले पत्रकार प्रदिप थापा मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ कार्यसमितिको गठन गरेको हो। प्रदिप थापा मगर युएस नेपाल अनलाइन डट कमका प्रधान संचालक हुन् भने उक्त बिधुतिय पत्रिकाको संचालन न्यु जर्सीबाट गरि रहेका छन् l पत्रकारिताको साथै छायाचित्र  तथा श्रब्य दृश्य ( भिडियो ) खिच्न माहिर छन् भने  उनी द्वारा खिचिएका तस्बिरहरुले निकै प्रसंशा बटुलेको छ l कार्यकारी अधक्ष्य विजय पौड्याल विश्व सन्देश साप्ताहिक प्रमुख सम्पादक /संचालक हुन् lपत्रकारिता क्षेत्रका एक कुसल दर्जामा गनिन्छन र अरुको भजन र झोला बोक्न अभिरुचि नराख्ने यिनी शिघ्र अमेरिकाको अरु राज्यबाट पनि साप्ताहिक पत्रिका निकाल्ने योजनामा रहेका छन् भने समितिका पदाधिकारीहरु अनुभवी र दक्ष रहेका छन् l   उक्त संजालले निकट भविष्यमा विभिन्न खालका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने निर्णयसमेत गरेको छ र निम्न अनुसार तदर्थ समिति घोषणा गरेको छ l   तदर्थ कार्यसमितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् l   १.प्रदिप थापा मगर अध्यक्ष --युएस नेपाल अनलाइन डट कम/ एएनटिभी युएसए २.बिजय पौडेल ,कार्यकारी अधक्ष्य ,विश्व सन्देश साप्ताहिक ३.दिवाकर बाग्चन्द ,वरिस्ठ उपाध्यक्ष ,नेपाल टेलिभिजन / पूर्व नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य ४.मिस निमा डि लामा ,उपाध्यक्ष कान्तिपुर टिभी / टाइम्स एफएम / एएनटिभी युएसए ५.प्रशान एलुङ राई ,महासचिब ,प्रेस चौतारी डट कम  / मेरो नेपाल मासिक / एभेन्यूज टेलिभिजन ६.जयन्ती चाम्लिङ राई ,सचिब ,बिएफबिएस रेडियो / एचबिसी रेडियो ७.जुबी गौचन, उद्घोषिका , एएनटिभी युएसए ८.मनु लोहोरुङ राई,कोषाधक्ष्य ,स्वतन्त्र लेखक   (संचालक समिति निर्देशकहरु )बोर्ड अफ डाइरेक्टरहरु यस प्रकार छन् l   १.आङ कामी शेर्पा,फोटोहेर डट कम २.बेल भुजेल,क्यू टिभी नेपाल सन्देश ३.बुद्ध चेम्जोङ,स्वतन्त्र लेखक ४.दावा शेर्पा ह्योल्मो,युएस नेपाल मिडिया सेन्टर ५.मानबहादुर राना मगर ,आवाज मिडिया ६.मणी बाङ्देल,हेलो न्यू योर्क / नमस्ते नेपाल टिभी ७.नगेन्द्र इङ्नाम,नयाँ रचना डट कम ८.निल ओझा ,स्वतन्त्र लेखक ९.रोशन ढुंगाना ,विश्व सन्देशसाप्ताहिक १०.साङ्गे ह्योल्मो ,उद्घोषिका, एएनटिभी युएसए ११.श्याम बुढा मगर ,भिस्टामिडियाप्रो डट कम १२.श्याम थपलिया ,मल्टी मिडिया १३.सुखराज राई ,मल्टी मिडिया, डिजी प्लस इङ्क   विजय थापा  भर्जिनिया   

ANATEXAS · Jan 21, 2013 5:52 PM · 3,838 views

1 Reply

Pragati chha badhai chha

patan · Jan 22, 2013 12:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all