मैले जिते, अब हार्ने पालो तिमीहरूको --सावित्री श्रैष्ठ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://weeklynepal.com/index.p... मैले जिते, अब हार्ने पालो तिमीहरूको --सावित्री श्रैष्ठ 0Comments   अचेल प्रचण्ड र बाबुराम भट्टराईहरू आत्तिएर बहुलाएको देख्दा मेरो मन हर्षित भएको छ। मलाई उनीहरूले जसरी रुवाएका छन्, उनीहरूका रुने दिन आएका हुन् कि जस्तो लागेको छ। मान्छेलाई जिउँदै गाडेर मार्ने, आाखा निकालेर हत्या गर्ने, बालबच्चा र श्रीमतीको अगाडि घरको अभिभावकलाई रेटेर मार्ने ती आततायी जल्लादहरू नेपालमा खुल्लेआम हिंडिरहे पनि अन्तर्राष्ट्रिय जगतले तिनलाई छाड्ने रहेनछ भन्ने कुरा कर्णेल कुमार लामाको बेलायतमा गिरफ्तारी र माओवादीहरूप्रति अन्तर्राष्ट्रिय समुदायको निगरानीले पुष्टि गरेको छ। पीडक जो सुकै हुन्, जे सुकै आवरणमा लुकेका हुन्, पीडितका लागि तिनीहरू विशुद्ध पीडक हुन्। तिनले माओवादीको जामा लगाए पनि वा सेनाको पगरी गुथे पनि पीडितलाई कति पीडा हुन्छ भन्ने कुरा हामीलाई मात्र थाहा छ। यदि मेरो भाइ भुवनकुमार श्रेष्ठ (उज्जन)को हत्यारा बालकृष्ण ढुंगेललाई सर्बोच्च अदालतले गरेको फैसला अनुसार सजायको भागिदार बनाएको भए सायद कुमार लामा बेलायतमा पक्राउ पर्ने थिएनन् होला।   एउटा हत्यारालाई जोगाउन प्रधानमन्त्रीको कुर्सीमा बसेर बाबुराम भट्टराईले जे जस्तो घृणित खेल खेले, त्यसको सजाय अब धेरैले पाउने देखिएको छ। मलाई त खुसी लागेको छ, मेरा आाशुले अब प्रचण्ड बाबुरामहरूलाई पनि पोल्न थालेको छ। तिनले पनि अब आफूलाई सुरक्षित देखेका छैनन्। महान्यायाधिवक्ता जस्तो पदमा बसेको मुक्ति प्रधानले आफ्नै अपराधबोध गरेर होला, अमेरिका जाने हिम्मत समेत गरेनन्। अब बाबुराम प्रचण्डहरूले पनि त्यो नियती भोग्नुपरोस्। हामी पीडितहरूलाई तिनीहरूले जसरी पीडा दिएका छन्, त्यो पाप त भोग्नै पर्छ। यदि अदालतको आदेश मानेर बालकृष्ण ढुंगेललाई जेल पठाएको भए नेपालमा बिधिको शासन छ, दण्डहीनता नेपालमा छैन, अपराध गर्नेहरूलाई यहााको कानुनले सजाय दिन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा जाने थियो। आज कुमार लामाको नाममा माओवादीहरूले जो बोलिरहेका छन्, त्यो उनीहरूको गोहीको आाशु मात्र हो।   नेपालमा हामी जस्ता सयौं हजारौं पीडितहरू अब नेपालमा न्याय पाइदैन भन्ने निष्कर्षमा पुगेका छौं। जब आफ्नो मुलुकमा हामीले न्याय पाउदैनौं भनें अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनुपरेको छ। यदि हामीजस्ता पीडितहरूलाई साथ दिने मानव अधिकारकर्मीहरूले न्यायको लडाइमा हामीलाई सघाउादा डलर खेती गरेको मानिन्छ भने ठीकै छ हामीलाई डलर खेतीनै स्वीकार्य छ। नेपाली जनताको करमा दिनदहाडै ब्रम्हलुट गरेर राज्यको ढुकुटी रित्याउनेहरूले न्याय नदिएपछि तिनका विरुद्ध लड्न डलरको सहारा लिन पनि हामी बाध्य हुन्छौं। मैना सुनारको हत्या प्रकरणमा नेपाली सेनाका अधिकृतहरू विरुद्ध कानुनी लडाइ लड्दा मन्दिरा शर्मा र एड्भोकेसी फोरम वाहवाही हुने अनि भुवन श्रेष्ठ .(उज्जन)हरूको हत्या गर्ने बालकृष्ण ढुंगेललाई अदालतको फैसला बमोजिम सजाय देऊ भन्दा डलर खेती देख्नेहरूको आाखाको उपचार सम्भवतः नेपालमा छैन जस्तो छ। २०५५ साल असार १० गते ओखलढुंगाको पोकलीस्थित घरबाट रामेछापको धोबीहाटमा सामान किन्न हिंडेको मेरो भाइ उज्जनकुमार श्रेष्ठ (भुवन)लाई माओवादी कार्यकर्ताहरूले लिखु नदीको किनारामा कव्जामा लिएर विभत्स हत्या गरे। भाइको हत्यामा संलग्न अपराधी विरुद्ध किटानी जाहेरी दिएर न्यायको लागि लड्दा लड्दै मेरा अर्का दाजु गणेशकुमार श्रेष्ठको तिनै अपराधी जत्थाले २०५९ मंसिर ६ गते रामेछापको सााघुटारमा आफ्नै खेतमा काम गरिरहेको बेला अपहरणपछि पाशविक ढंगले हत्या गरे। आफूले चिनाइदिएकै कारण अपराधीबाट बुबाको हत्या भएको ग्लानीबाट मेरी भदैनी..रचनाले पनि आत्महत्या गरिन्। यसरी एकपछि अर्को बज्रपातबाट हाम्रो परिवार आहत भयो। अपराधीहरूले हाम्रो घरजग्गा र सम्पत्ति पनि कव्जा गरेपछि विस्थापित भएर काठमाडौंमा लामो समयसम्म मेरा बृद्ध बुबा आमा शरणार्थीको रुपमा दिनरात आाशु झार्दै बाच्न विवश हुनुभयो। उहाहरूको आाशु र भाइ पटक पटक सपनामा आएर रुान थालेपछि मैले न्यायको लागि बााकी लडाइ लड्ने निधो गरेर अदालतको ढोकामा पुगेा। मेरो भाइको हत्या भएको १२ वर्षपछि सर्बोच्च अदालतले हत्यामा संलग्न बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउदा हामीले न्याय पाएको महसुस गरेका थियौं। तर राजनीतिको खेल बलियो भएको ठाउमा न्याय पनि उनीहरूकै हातमा हुादो रहेछ। हत्यारा माओवादी सभासद भएकै कारण उनी सजायबाट जोगिदै आए।   आज पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा सिंगो मुलुक एकातिर भएको छ अनि हत्याका नाइकेहरू अर्कोतिर। आज मलाई लाग्छ, न्यायको लडाइमा म एक्लै छैन। म जस्ता पीडितहरू विस्तारै जुर्मुराउन थालेका छन्। पीडितहरूलाई साथ दिन नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय पनि जुर्मुराएको छ। मैले त जितिसेकेको छु। माओवादीले हत्या गरेका मेरा दाजु र भाइ अब फर्किएर आउने छैनन्। तर हत्याराहरूलाई कानुनी कारवाहीको कठघरामा उभ्याउने मेरो लडाइ अब मेरो मात्र व्यक्तिगत मुद्दा रहेन। सिंगो मुलुकको साझा मुद्दा भएको छ र अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने कुरा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले उठाएपछि हामी पीडितहरूले राहत महसुस गरेका छौं। अब हामीजस्ता पीडितहरूको पीडालाई व्यक्तिगत वा पारिवारिक बज्रपातका रुपमा नहेरियोस्।     कुमार लामा प्रकरण र डेकेन्द्र थापा प्रकरणबाट पाठ सिक्दै अपराधीलाई न्यायको कठघरामा उभ्याउने, अदालतले सजाय सुनाइसकेका बालकृष्ण ढुंगेलहरूलाई जेल हालेर नेपालमा दण्डहीनता छैन भन्ने पुष्टि गर्न बाबुराम सरकारलाई हाम्रो चुनौती छ। होइन भने मैले त लडाइ जिति सकेकी छु, अब हार्ने पालो बाबुराम र प्रचण्डहरूको हो, हामी हेरेर बसेका छौं। शान्ति सम्झौता च्यात्ने धम्की नदिए हुन्छ, हत्यारालाई उन्मुक्ति दिनका लागि शान्ति सम्झौता गरिएको हो भने त्यो सम्झौता हामी आफैं च्यात्ने छौं, प्रचण्ड र बाबुरामले कष्ट नगरे हुन्छ।    (श्रेष्ठ गणेश भुवन उज्जन स्मृति प्रतिष्ठानकी संयोजक हुन्)

_____ · Jan 21, 2013 6:39 AM · 1,731 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all