देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा सीसी क्यामेरा जडान त गरिएको छ तर त्यसले प्रभावकारी काम गर्न सकेको छैन। दक्षिण गेटअगाडि तपाईं पुग्नुभयो भने प्रवेशद्वारमा लेखिएको छ– ‘तपार्ईंलाई सीसी क्यामेराले हेरिरहेको छ।’ सुरक्षाको दृष्टिकोणले जडान गरिएको सीसी क्यामेरा राखिएको स्थानमा पोस्टरसमेत राखिएको छ। पोस्टर राख्नुको कारण हो– सीसी क्यामेरा बिग्रनु। सिंहदरबारभित्र र बाहिरको गतिविधि नियाल्नका लागि जडान गरिएको क्यामेराले भरपर्दो काम गर्न नसकेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ। सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले जडान गरिएका तीनवटा सीसी क्यामेरा चट्याङले बिग्रिएर काम नगर्ने अवस्थामा छन्। बाँकी ११ वटा क्यामेराले पनि राम्रोसँग काम गर्न नसकेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार सीसी क्यामेरा दिउँसो काम चलाउ रूपमा रहे पनि रातिको गतिविधि नियाल्नका लागि गुणस्तरीय भएको बताएको छ। हाल सञ्चालनमा रहेका क्यामेरासँगै नाइटभिजन लाइटको समेत व्यवस्था हुन नसक्दा सीसी क्यामेरा भएर पनि प्रयोगविहीन जस्तै बन्न पुगेका हुन्। सिंहदरबारको पश्चिम गेट, दक्षिण गेट र प्रधानमन्त्री कार्यालयअगाडि जडान गरिएका तीनवटा क्यामेरा बिग्रिएको महिनौ बितिसक्दा पनि नयाँ क्यामेरा जडान हुन सकेका छैनन्। सिंहदरबारमा जडान गरिएका सीसी क्यामेरा गृह मन्त्रालयको कन्ट्रोल रुम, महानगरीय सुरक्षा प्रहरी गण र नारायण दल गणले मनिटरिङ गर्ने गरेका छन्। मर्मत गर्नका लागि गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार व्यवस्थापन समितिलाई बारम्बार आग्रह गरे पनि चासो नदिएको सुरक्षा निकायका अधिकारीले बताएका छन्। सिंहदरबार पुनः निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले केही क्यामेरा चट्याङका कारण बिग्रिएको र सो ठाउँमा नयाँ क्यामेरा जडान गर्ने काम भइरहेको बताउनुभयो। सुरक्षा व्यवस्था समितिको आग्रहमा पुनः निर्माण समितिले काम गर्ने बताउँदै अधिकृत बेल्वासेले सुरक्षा निकायबाट सीसी क्यामेरा थप्नका लागि माग भइरहेको बताउनुभयो। ‘सुरक्षा संवेदनशीतलाई हेरेर सिंहदरवारभित्र थप क्यामेरा राख्नु पर्ने जरुरी छ’, उहाँले भन्नुभयो, ‘अहिलेको प्रविधि अनुसार क्यामेरा राख्ने गृहकार्य अगाडी बढाइएको छ।’ सुरक्षालाई व्यवस्थित गर्नको लागि चालिसवटा भन्दा बढी क्यामेराको आवश्यता रहेपनि हाल कामचलाउ रुपमा ११ वटा क्यामेरा मात्रै सञ्चालनमा छन्। एउटा सिसी क्यामेराको हाल करिब ४ लाख रुपैयाँ पर्छ। प्रविधिमा आएको परिवर्तनसँग गुणतस्तरीय क्यामेरा राख्नुपर्ने भएपनि सुरक्षा व्यावस्थापन समितिले चासो नदिएको बताइएको छ। २६ वटा मन्त्रालयको गेटमा अनिवार्य रुपमा सोही सङख्या बराबरको क्यामेरा राख्नुपर्ने आवश्यता भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। जसले गर्दा सिंहदरवारभित्र हुने गतिविधि सुरक्षा निकायले सहज रुपमा अनुगम गर्न नपाएको गुनासो गरेका छन्।
3a3 · Jan 20, 2013 11:17 PM · 11,201 views
i like that concept remind me of signs back in ktm kukur dekhi hosiyar, everyhouse has that sign to keep the thief away no nepali govn using that technique, u r being watched by CCTV camera
dabanng · Jan 21, 2013 12:12 AM
one camera cost 4 lakh?? you can get a pretty decent system with 4 night vision camera for close to $500 at home depot
biwash prawashi · Jan 22, 2013 10:08 AM
we dont need that sophisticated camera only that cost 50 bucks might work, better to have cheap than to have none.
3a3 · Jan 22, 2013 1:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion