सामुदायिक बिकासको लागि डिसी पद यात्रा सामुदायिक भेला आयोजना अमेरिका ,माघ ७ ,२०६९ साल , वाशिंगटन डिसी महानगर क्षेत्रको आर्लिंगटन स्थित केन्द्रिय आर्लिंगटन पुस्तकालयमा नेपालको सामुदायिक बिकासको लागि डिसी पद यात्रा सार्बजनिक भेलाको आयोजना गरियो l यो नेपाल पैदलयात्रा एक संदेश मुलक अभियान हो l नेपाल प्रति सामुदायिक तथा मानबिय सेवा जुटाउने अभिप्रायको साथ यस बर्ष वाशिंगटन डिसी क्षेत्रमा आयोजना गरिने भएको आयोजक संस्था नेपालको युवा संस्थाका प्रमुख पुकार मल्लले जनाए भने र नेपालको युवा बारेमा संक्षिप्त जानकारी दिएका थिए lयो संस्था २००४ मा स्थापना भै करिब ५५ जनाबाट सुरुवात नेपालबाटै गरिएको संस्था हो भन्नु भएको थियो भने कुरालाई काममा परिवर्तन गर्न यो संस्थाको जन्म भएको भनि जानकारी गराउनु भएको थियो l कार्यक्रम परिचयात्मक कार्यक्रमबाट सुरुवात गर्दै यो अभियानको लागि सहयात्रीको रुपमा डिसी क्षेत्रमा रहेको गोर्खाली फ़ाउन डेसनका प्रमुख निरज प्रसाद पलिखेले यस बर्ष यो कार्यक्रम नमुनाको रुपमा प्रस्तुत गर्ने प्रतिबद्दता गर्नु हुदै कार्यक्रमको खाका तैयार र योजना बारे जानकारी गराउनु भएको थियो lनेपाली नया बर्ष २०७० को आसपासमा कार्यक्रम गरिने र यो नेपाल पदयात्रामा सहभागीहरुले दर्ता स्वरुप पन्ध्र ( $ १५ ) डलर राखिएको जानकारी दिनु भएको थियो lकमिटेड नेपालकि जोहना शाहले स्थानीय गैर मुनाफा रहित संस्थाको भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो lयस अघि बोस्टन र डलासमा सफलता पुर्वक संचालन गर्दै आर्थिक सहयोग संकलन गरि नेपालमा यस गैर मुनाफा संस्था द्वारा संचालित परियोजनालाई सहयोग पुर्याएको छ lयो सबैको साझा चौतारी भएकोले यसका शुभ चिन्तक ,सहयोगी तथा करिब २० भन्दा ज्यादा संघ तथा संस्थाहरुको पहलमा बिगत दुई बर्ष देखि यो कार्यक्रम गरिदै आएको जनाईएको छ l यसको मुख्य उदेश्य डिसी क्षेत्रमा काम गरिरहेका गैर मुनाफा संस्थाहरु र समुहहरुसंग नेपालको बिषयमा अभिरुचि राख्नेसंग साझेदारी रुपमा काम गर्ने र सम्बन्ध मजबूत बनाउने रहेको हो भनि आयोजकले जनाए lयो कार्यक्रमको जागरणको लागि डिसी क्षेत्रमा रहेका गोर्खाली फ़ाउनडेसन ,कमिटेड नेपाल , ग्लोबल नेपाल फेस्ट र समर्पित स्वयम् सेवक समुहहरु रहेका छन् भने यसको परिचालन नेपालको युवा नामक संस्थाले गर्ने छ lज्यादा भन्दा ज्यादा नेपालको सामुदायिक विकासको लागि गैर मुनाफा संस्थाहरुको सहभागी गराइने भएको छ lनेपाल पैदल यात्रा सबैको लागि अवसर प्रदान गर्ने ,र उपस्थित सबैबाट राय .सल्लाह र सुझाब संकलन गरिएको थियो र सहभागीहरुले आफ्ना आफ्ना अनुभव सुनाउने मौका पाएका थिए lयसै मौकामा ग्लोब नेपाल फेस्ट नामक संस्थाले पुन गत बर्ष डिसीमा आयोजना गरेको जस्तै यो बर्ष पनि नेपालको संस्कृति र परम्परा झल्काउने ,भोजन उत्सव र बिबिध प्रकारका कार्यक्रम दिने कुरा कृष्ण देसारले जानकारी गराए l नेपालका युवा संस्थाका पुकार मल्लले सामुदायिक सेवाको लागि उठाईएको कोषबाट साझेदारी संस्थालाई ८० प्रतिसत जाने र २० प्रतिसत मात्र नेपालको युवामा जाने उल्लेख गर्दै त्यो २० प्रतिसतबाट पनि समाज सेवाको लागि अर्पण गरिने जानकारी गराउनु भयो भने उक्त सभा गृह भेलामा डिसी क्षेत्रका समाजसेवी हरु क्रमस ,प्रेम संग्रौला ,अमेरिका नेपाली महिला संघकि अधक्ष्य बिष्णु थापा ,ए एन का महासचिब विजय थापा ,अ ने सा स डिसीका अधक्ष्य प्रकास नेपाल तथा अमेरिका नेपाल दूरदर्सन ( टेलीभिजन )का बिनय अर्याल तथा अन्य सहभागीहरुले सल्लाह र सुझाब दिनु भएको थियो l संचार कर्मीहरुमा ईनेपलिज़ डटकमका प्रधान सम्पादक विश्व राज थापाले डिसी नेपाल डटकम समेतको प्रतिनिधित्व गर्नु भएको थियो र उक्त कार्यक्रममा रहर हुदा हुदै पनि आफ्नो कामको तालिका जुधेकोले आफु सरिक हुन् नपाएको दुख समाज सेवी खेम भट्टचनले पोखेका थिए l विजय थापा भर्जिनिया ,अमेरिका
ANATEXAS · Jan 20, 2013 5:53 PM · 2,456 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion