NEPAL's HEROes

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

SAJHA NEPAL HEROes   I had started similar thread earlier, but I think it's time to revisit this topic. We hear bad news about Nepal all the time, but there are also good things going on because of a select few who keep contributing towards the betterment of the country and its people, either in a small token or in a large way. This thread is to pay due respect to those Heroes and give them a small mention here, whether it will mean anything or not.  Last edited: 18-Jan-13 05:03 PM

Kiddo · Jan 18, 2013 9:16 AM · 6,805 views

3 Replies

टिचिङको काँचुली फेर्दै भगवान दीपक दाहाल, काठमाडौं, माघ ५ - करिब दशकदेखि निरन्तर घाटामा रहेको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले दुई महिनायता काँचुली फेर्न थालेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि अस्पतालले आर्थिक रुपमा राहत महसुस गरेको हो। दुई महिना यता अस्पतालको आर्थिक अवस्था सुधारोन्मुख छ। स्रोतका अनुसार यही अवस्था कायम राख्न सके पनि अस्पताल छिटो आन्तरिक खर्च धान्न सक्ने अवस्थामा पुग्छ। टिचिङले अघिल्लो आर्थिक वर्षको पुस एक महिनामा ३ करोड हाराहारी आम्दानी गरेकोमा यस वर्ष ४ करोड नाघेको छ। गत वर्ष मंसिरको भन्दा पनि यो मंसिरमा ७५ लाख बढी आम्दानी गरेको अस्पतालको रेकर्ड छ। निर्देशक कोइरालाले अस्पतालमा आर्थिक चुहावटका केही ठाउँ पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रम सुरु गरेपछि एकाएक नाफा बढ्न थालेको हो। ‘उहाँ (कोइराला) आएपछिको दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा वृद्धि भएको छ, यही अनुपातमा सुधार भए त पुरानो ऋणबाहेक अस्पतालले केही करोड बचतसमेत गर्न सक्छ,' अस्पतालका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले नागरिकसँग भने, ‘अस्पताल अब सुधार हुने लिकमा देखिइसक्यो।'  आर्थिक संकटले वषर्ौंदेखि कर्मचारीलाई समयमा तलबसमेत खुवाउन नसक्ने अवस्थामा रहेको अस्पताल दुई महिनायता सबैले समयमा तलब पाएका छन्। अस्पतालले गत वर्षको करसमेत चुक्ता गरेको छ।  अहिलेसम्म झन्डै ६६ करोड घाटामा रहेको अस्पतालले पुरानो वक्यौता तिरिदिन सरकारलाई आग्रह गरिरहेको छ। आम्दानीमात्र होइन, दुई महिनायता जनतालाई सेवासमेत सहज भएको सेवाग्राहीको अनुभव छ। सेवाको स्तर र चिकित्सकको उपलब्धता बढेर बिरामी रेफर घटेको छ। ‘अस्पतालमा दैनिक ३५ को हाराहारी बिरामी भर्ना हुने गरेकोमा अहिले ७० नाघेको छ,' आर्थिक प्रशासन शाखाका एक कर्मचारीले भने, ‘त्यसबाट ल्याब, टिकट, बेड र शल्यक्रियाका सबै आम्दानी बढेको छ।'  सुधारको थप नतिजा केही महिनामा देखिने ती कर्मचारीले जनाए। कोइरालाले जिम्मेवारी सम्हाल्नासाथ प्रमुख चुहावट देखिएका यातायात इन्धन एवं मर्मत खर्चमा निगरानी र ओभरटाइम भत्ता कटौती गरे। सबै कर्मचारीले ५० प्रतिशत थप भत्ता पाउँदै आएकामा अत्यावश्यक देखिएको अवस्थामा बाहेक नदिने नीति लागू गरिएको छ। यातायातमा समेत इन्धन र माइलेज बढी देखाएर खाने चलनविरुद्ध कोइरालाले व्यापक अनुगमन थाल्ने र बिनास्वीकृति सवारी सञ्चालन रोकेका छन्। ‘अस्पताल समयमै काम गर्ने तर ओभरटाइमका नाममा वार्षिक झन्डै ७५ करोड अतिरिक्त भार थप्ने नीति परिवर्तन गरिएको छ,' अस्पताल स्रोतले भन्यो, ‘यातायातमा पनि झन्डै त्यत्तिकै खर्च अनियमित रुपमा हुने गरेको रहेछ, त्यो पूरै बचत हुने भएको छ।'  कोइरालाले चिकित्सक, स्वास्थ्यकर्मीले कमिसनको प्रलोभनमा परेर आकस्मिक कक्षबाटै जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्न कडा नीति लिएकाले बिरामी भर्ना दोब्बर बढेको छ। रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाइएको छ। कोइराला आएपछि बेड भरिभराउ हुन थालेको छ। ५ सय शऒ्ढयाको सो अस्पतालमा दैनिक सय शऒ्ढया निःशुल्क छ। अहिलेसम्म अस्पतालको आन्तरिक आम्दानी वार्षिक करिब ३० करोड, खर्च ६१ करोड रुपैयाँभन्दा माथि छ। अस्पतालमा कार्यरत स्थायी कर्मचारीका लागि तलब खुवाउन पुग्ने बराबर रकमसमेत त्रिविले अनुदान दिँदैन। ‘तलबमा मात्रै ४२ करोड हाराहारी खर्च हुन्छ, त्रिविले ७/८ करोड कमै दिन्छ,' राईले भने, ‘त्यसैले अस्पतालमा घाटा थपिँदै गएको हो।' झन्डै एक हजार ५ सय बिरामीले सेवा लिन आउने यस अस्पतालमा सबै सेवामा गरी १ हजार ५ सय कर्मचारी कार्यरत छन्। तीमध्ये ८ सय हाराहारी स्थायी कर्मचारीलाई नै तलब खुवाउन पैसा पुग्दैन। रेफर गर्दा पनि सुरुमा वीर, पाटन र प्रसूतिगृहलाई प्राथमिकता दिने र ती अस्पतालले नलिने अवस्थामा मात्र मेडिकल कलेजहरुलाई रेफर गर्ने नियम बनाइएको छ।  नयाँ नीतिसँगै अस्पताल ड्युटी छाडेर निजी अस्पताल दौडने चिकित्सक पनि अचेल अस्पतालमै भेटिन्छन्। सर्जिकल सामाग्री निजीमा लैजाने गरेको सुइँको पाएपछि त्यसलाई व्यवस्थित गर्न शल्यकक्ष कमिटी बनाएर प्रत्येक युनिटको खर्च विवरण राखेर अन्वेषण गर्न थालिएको छ। ‘रेफर भएर कहाँ जान्छन् र किन रेफर गरियो भन्ने रेकर्ड राख्दामात्र पनि बिरामी पठाउने प्रवृत्ति पूरै रोकियो,' एक वरिष्ठ चिकित्सकले भने, ‘शल्यकक्षका सामान पनि लान नपाउने भएपछि वरिपरिका अस्पतालले चाहिँ सामान किन्न थालेको सुनिन्छ, नत्र शिक्षणबाट लगेर नै चल्थे।'  आकस्मिक कक्ष प्रमुख डा. रमेश आचार्यले अस्पताल सुधारोन्मुख देखिएको भन्दै जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीतिले आकस्मिक कक्षमा आएका बिरामीलाई न्याय गर्न सजिलो भएको बताए। स्रोतका अनुसार प्रयोगशालाका लागि जथाभावी केमिकल किन्ने प्रवृत्ति रोकिँदा नै वार्षिक १ करोड खर्च भार घटेको छ। अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था गरिएको छ। अस्पताल आफैंले टेन्डर गरेर सुलभ मूल्यमा खरिद गरेको औषधि एमआरपीभन्दा निकै कम मूल्यमा दिने प्रबन्ध गर्न लागिएको छ। २४ सै घन्टा खोल्न सुरुआत गरेकै दिन बुधबारमात्र अस्पताल फार्मेसीको व्यापार ४६ हजार पुगेको छ। यसअघि दैनिक २५ हजारको हाराहारीमात्रै थियो। लामो समयदेखि प्रयोगमा आउन नसकेको नयाँ भवनमा सर्जिकल ओपिडी सञ्चालनमा ल्याउने र इएनटीलाई नयाँ ठाउँमा सञ्चालन गरिएको छ। मेडिकल वार्डलाई विस्तार गरी ३० बेड थप गरिएको छ। बालरोग, बर्थिङ सेन्टरको सेवा विस्तार हुँदैछन्। अस्पताल आइसियुको कमी पूर्ति गर्न आइसियु र सिसियुलाई मर्ज गरेर ११ शऒ्ढयाको आइसियु बनाइएको छ। त्यसमा तीन भेन्टिलेटर थप गरेर दुईवटा अझै थप्ने प्रक्रिया सुरु भएको प्रशासन शाखाले जानकारी दिएको छ। सिसियु सेवाका लागि कार्डियोथोरासिसबाट प्रधान गर्ने भएपछि शिक्षणतर्फको सिसियु सधैँ खालीजस्तै हुने गरेको थियो। आइसियु र सिसियु नभएको बहानामा नै अधिकांश बिरामी रेफर हुने गरेका थिए। अस्पतालमा यसअघि एक घन्टा टिफिन समयका नाममा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरी पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने व्यवस्था गरिएको प्रशासन शाखाले जनाएको छ।    (source: Nagarik News. Nagariknews.com) Last edited: 18-Jan-13 09:28 AM

Kiddo · Jan 18, 2013 9:21 AM

He is very praise worthy. He converted shoe making nepali shoe factory to top heart research institute, and I am no doubt he had done for teaching hospital too, bravo.

3a3 · Jan 18, 2013 3:51 PM

 Kudos to Dr Koirala for all his effort. He is a true Nepali. Very proud of him. 

Karnali Blues · Jan 18, 2013 4:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all