नेपाली तराई संघ (ANTA )अमेरिकाको आब्हान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                          नेपाली तराई संघ (ANTA )अमेरिकाको आब्हान अमेरिका ,माघ ४ ,२०६९ साल एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) अर्थात् नेपाली तराई सघ ,अमेरिकाका अधक्ष्य ललित झाले एक छापा बिज्ञप्ति निकाल्नु हुदै नेपालको तराई क्षेत्रमा कैयौ दिन देखि लगातार लागि रहेको चिसो मौसमको कारण सर्बसाधारणको ज्यान गएकोमा आफु र संस्था अत्यन्तै दुखि भएको व्यक्त गर्दै र मृतकका परिवारहरु प्रति शोक व्यक्त गर्नु भएको छ l नेपाली तराई सघ ,अमेरिका मधेशमा लागेको ठिही ,प्रतिकूल मौसम र यसबाट निहत्था जीवन गुमाउनु परेका र यसको कारण उसका परिवारहरुको व्यथा प्रति चिन्तित रहेको र संघको तर्फबाट कसैलाई पनि यस्तो नपरोस भनि ईस्वरसंग आंटा प्राथना गर्दछ भनि बिज्ञप्तिमा जनाईएको छ lप्रकृति सोचेको भन्दा ज्यादा शक्तिशाली हुन्छ र कसरि न्युनतम जनधन बचाउन सकिन्छ त्यो गर्ने उपाय गर्ने जुक्ति राम्रो हुन्छ भनिएको छ र संस्था पनि यसमा विश्वास गर्दछ भनि जनाईएको छ l यो अवस्था र यस्तो बिपत्तिमा आंटा यस भेगका बासिन्दाहरुलाई आंटाको पूर्ण समर्थन छ भन्दै जानकारी गराउदै नेपाल सरकार ,मधेशी राजनैतिक दलहरु ,गैर मुनाफा संस्था र तराई क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने विदेश र उत्तर अमेरिकामा रहनु हुने सबैलाई यस जटिल परिस्थितिमा आफुले जे जस्तो सहयोग गर्न सकिन्छ भन्दै सहयोगको हात बढाउन सबैलाई आग्रह गर्नु भएको उक्त बिज्ञप्तिमा प्रकाशित गरिएको छ l एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) संस्थाको जन्म (७) सात जनाबाट सुरुवात भई मार्च २००५ देखि अस्तित्वमा आएको हो l तराईको उन्नति र पहिचानको लागि जागरुकता ,भाषिक तथा सांस्कृतिक सम्पदा ,घनिष्ठ सम्बन्ध स्थापना गर्दै उत्तर अमेरिकामा रहेका नेपाली तराईएनहरुसंग सम्बन्ध विस्तार र संजाल बनाउने मूल उदेश्य लिएर हिडेको यो संस्था अमेरिका सरकारबाट मान्यता प्राप्त गैर मुनाफा संस्था (५०१ ) ३ (सी ) अन्तरगत दर्ता छ lयस संस्थाका संस्थापक अधक्ष्य समाज सेवी तथा प्रसिद्ध ब्यापारी रतन झा हुनु हुन्छ l एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) ले सन् २००७ मा मधेस आन्दोलन ताका पिडितहरुको सहयोगार्थ करिब पन्ध्र लाख भन्द ज्यादा रकम जुटाएको ईतिहास छ l विजय थापा भर्जिनिया ,

ANATEXAS · Jan 17, 2013 8:53 PM · 2,959 views

1 Reply

 जहाँसम्म शोक, प्रार्थना, र सहयोगको कुरो छ, त्यसको म कदर गर्छु. तर यो अन्त (ANTA) हो कि कुन्नि के जाति संगठनको नाम आज सुनेपछि केहि नेपालीहरुको बुद्धि चाँही मुजिमा हुन्छ जस्तो लग्न थाल्यो. ANA मा नेपाली-नेपाली झगडा गर्न, ठगा-ठाग गर्न नपुगेर यो अन्त खोल्या? जाँठाहरुलाई अमेरिकामा आएर पनि तराइ-मधेसी पार्टी/संगठन नखोली नहुने? त्यहि भएको ANA लाइ  राम्रो पार्नु, सबै प्रवासी नेपालीहरुको भलो हुने काम गर्नु, अप्ठेरोमा परेका बिद्यार्थी हरुलाई सहयोग गर्नु...त्यो चाहिँ पटक्कै छैन, बज्जेहरुलाई आफ्नो जात र ठाउँ अनुसारको संगठन चाहिया छ! जति नै पढे/लेखे/प्रगति गरे नि बिचार संकुचित भएपछी इस् भुत्राको प्रगति भन्ने त्यसलाई?! नेताहरुलाई देश बिगार्यो भनेर जति भने नि लास्टाँ तिमीहरु जस्तै तोरिलाउरेहरु हुन् समाज भाँड्ने. येस्तै तालले भोलि यहाँ अमेरिकामा पनि म ताम्सालिंग, त नाथे त नेवा: राज्यको भनेर कुस्ता-कुस्ती गर्न बेर लगाउँदैनन् यी बेकुफहरुले.

jantare1 · Jan 17, 2013 10:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all