४ माघ, काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेलगायत संसदवादी दलहरुले द्वन्द्वकालका हत्याका मुद्दा उठाउनुपर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश पोख्दै भनेका छन्- ‘हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस, एमाले लगायतका सात दल हुन् ।’ ‘हामी ब्यारेकभित्र बसिराखेका बेला कांग्रेस, एमाले, राप्रपा, जनमोर्चा लगायतका दलले आतंकारी अध्यादेश ल्याएर हामीलाई ब्यारेक बाहिर निकालेका हुन् र माओवादीलाई आतंकारी घोषणा गर्दै मार्न लगाएका हुन् ।’ नेपाली सेनाका एक अवकाश प्राप्त जर्नेलले बिहीबार अनलाइनखबरसँगको कुराकानीका क्रममा भने- ‘अहिले द्वन्द्वकालका केही घटनालाई लिएर सेनामाथि कारवाही गर्ने कुरा गरिन्छ भने कांग्रेस, एमालेलाई सेनाले यत्तिकै छाड्नेवाला छैन । हामीलाई मान्छे मार्न लगाउनेहरु को हुन् भन्ने सेनाले राम्रोसित नोट गरेर राखेको छ ।’ युद्धकालमा नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेल भन्छन्-’युद्धका बेलामा केही निर्दाेषहरु पनि परेका हुन सक्छन्, कसैले अलिकति यातना पाएको हुन सक्छ । चिया खुवाएर कसैले पनि वयान दिँदैन ।’ जर्नेलको प्रश्न छ- अहिले मन्दिरा शर्मा र सुशील प्याकुरेलको घरमा चोरी भयो भने चोरलाई चिया खुवाएर वयान लिने कि दुईचार थप्पड हान्ने ?’ कांग्रेस, एमालेका नेताहरुले सेनालाई ब्यारेकबाट बाहिर निकालेर माओवादी मार्न लगाएको मात्र नभई आफ्नो सत्ता रक्षाका लागि माओवादीलाई उचालेर सुरक्षाकर्मीलाई समेत मारेको सेनाका ती जर्नेलको आरोप छ । ‘थानकोट हान्न गिरिजाले नै प्रचण्डलाई भनेका थिए । १२ बुँदेपछि गिरिजाले सेनामाथि आक्रमण गर्न माओवादीलाई निर्देशन दिएको हामीलाई राम्रोसँग स्मरण छ ।’-उनले भने । ‘सेनालाई ब्यारेकबाट निकालेर आफैं युद्धमा पठाउने अनि अहिले त्यही युद्धकालका केही घटनालाई लिएर दलहरुले सेनामाथि दोष थोपर्न खोज्छन् भने सहेर बसेको नेपाली सेनाले त्यसै छाड्दैन, कारवाहीको धम्की दिइयो भने भैरबनाथ गण पनि बाहिर निस्कन्छ, त्यतिबेला देशमा जंगी शासन स्थापना हुन्छ ।’ पूर्वजर्नेलले आक्रोशित हुँदै भने- ‘मानवअधिकारवादीले रगत बगाउनुपरेको छैन, उुनीहरुलाई युद्धकालमा कुनै क्षति भएन, हाम्रा हजारौं सैनिक मरेका छन्, हजारौं घाइते भएका छन्, यस्तो बेलामा दुईचार थप्पड हानेका घटना र केही निर्दोष मारिएका घटनालाई उचालेर सेनामाथिको कारवाही कुरा गरिन्छ भने हामीलाई सैह्य हुने छैन ।
ashishme · Jan 17, 2013 1:38 AM · 3,277 views
Lay ja!!! Kuro ta thikai ho yi gumnaam aarmy name ko pain.
ANS · Jan 17, 2013 8:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion