Why Baburam Bhattarai stays in commoner's home once a month

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 महिनाको एक दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई महिनाको एक दिन जनताको घरमा बस्ने कार्यक्रम अहिले पनि जारी छ । उहा“ जनतास“ग बस्ने भनेको महिनाको एक दिन मात्रै हो । बा“की दिन उहा“ व्यापारी, उद्योगपति, ठेकेदार आदिस“ग नै बसिरहनुहुन्छ । महिनाको एकदिन जनताको घरमा बस्ने प्रधानमन्त्रीको कार्यक्रम चर्चितभन्दा पनि आलोचित बढी छ । उहा“ कहिले ट्र्याक्टर चढेर, कहिले हेलिकोप्टर चढेर जनताको घरसम्म पुग्नुहुन्छ । तर, त्यहा“ पुग्नेबित्तिकै प्रश्न आइसक्छ– प्रधानमन्त्री त्यहा“ किन ? के कामलाई ? आदि–आदि । त्यस्तै, एउटा जनताको घरमा एकदिन कुनै जनताले उहा“सँग सोधेछ, ‘प्रधानमन्त्रीज्यू, तपाईं आखिर यो कुना–कन्दरामा रहेको जनताको घरमा किन बास बस्न पुग्नुहुन्छ ?’ प्रधानमन्त्रीज्यूले पुरानै उत्तर दिनुभयो, ‘म आफै“ जनताको घर–घरमा गएर उनीहरूको अवस्था बुझ्न चाहन्छु । नेपाली जनता कसरी खान्छन्, कसरी बस्छन्, कसरी जिउ“छन् त्यसको प्रत्यक्ष नजर गर्न म जनताको घर–घरमा बस्न जान थालेको हु“ ।’ ‘तर तपाईं त त्यत्रो वर्ष पहाडमै भूमिगत जीवन बिताएर आउनुभएको मान्छे । त्यतिबेला चाहि“ बुझ्नुभएन त जनताको अवस्था ?’ त्यो जनता अलिकति कडो परेछ । ‘तर त्यो त भूमिमुनि बसेर काम गर्दै गरेको समय भयो । अहिले हामी भूमिमाथि आइसकेका छौ“ । भूमिमुनि बसेर काम गर्दा भूमिमाथिको वस्तुस्थिति थाहा हु“दैन । त्यो हामी अहिले थाहा पाउने प्रयास गर्दै छौ“,’ प्रमज्यूले भन्नुभयो । ‘भूमिमुनि नै भए पनि आखिर त्यतिबेला तपाईंहरू बस्ने, खाने त जनताकै घरमा होइन र ?’ जनताले अर्को प्रश्न तेस्र्यायो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खाने त जनताको घरमै हो तर त्यतिबेला खाने र यतिबेला खानेमा ठूलो अन्तर छ । माक्र्सवादी दृष्टिकोणबाट हेर्दा त्यो अन्तर थाहा पाउनु जरुरी हुन्छ ।’ ‘के अन्तर ?’ जनताले फेरि सोध्यो, ‘त्यतिबेला खाने पनि भातै हो, अहिले खाने पनि भातै हो । कहा“ छ अन्तर ?’ प्रमज्यूले अन्तर खुट्याउनुभयो, ‘खाने त भातै हो । तर, खाने उही भए पनि खाने तरिका फरक छ । त्यतिबेला हामी जनताको घरमा घेरेर, तर्साएर, डराएर, धम्क्याएर भात खान्थ्यौ“ । भातस“गै कुखुरा सिध्याउ“थ्यौ“ । अहिले मानपूर्वक खाइरहेका छौ“ । त्यतिबेला डराएर, तर्साएर खानु र अहिले मानपूर्वक खानुबीचको अन्तर बुझ्नलाई पनि म जनताको घर–घरमा बास बस्न गइरहेको हु“ ।’ सायद प्रधानमन्त्रीज्यूको जवाफबाट सन्तुष्ट भएर होला, जनता आÏनो बाटो लाग्यो ।

biwash prawashi · Jan 15, 2013 4:42 PM · 1,673 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all