http://www.janaaasthanews.com/... विमानभित्र हतियार छिर्दा आकाशमै बबाल काठमाडौं । एउटा अत्यन्तै धारिलो लामो खालको कत्ती (काट्ने हतियार, खुकुरी होइन) थाई एयरको जहाजभित्र टल्कन थाल्यो । सिट नम्बर ३७ ई मा बसेका यात्रुले विमानभित्रै हतियार देखाएपछि जहाजमा हाहाकार भयो, विमान परिचारिकाहरू आत्तिए । तत्काल पाइलटकक्षमा जानकारी पुग्यो । सबैमा त्रास स्वाभाविक थियो । विमानमा खटिएका सादा पोसाकका थाई कर्मचारीले हतियारधारी यात्रुलाई तत्काल नियन्त्रणमा लिए र हतियार खोसे । घटना १८ जुलाई २०१२ को हो । तर, यसको पटाक्षेप भने यही पुस ४ गते मात्र हुन सक्यो । नेपाल र बैंककबीच तीन घन्टाको हवाई दूरीमा करिब आधा समय सो हतियार हत्याउन र हतियारधारीलाई नियन्त्रण गर्नमै विमान कर्मचारीले समय खर्चनुपरेको थियो । समाचारअनुसार सुवर्णभूमि एयरपोर्ट बैंककमा सुरक्षित अवतरण हुनासाथ थाई सुरक्षाकर्मीले ती यात्रुलाई नियन्त्रणमा लिए । थाई एयरको नियमित उडान टिजी ३२० मार्फत उडेका दक्षिण कोरियाली नागरिक ना इयोङदोक) को साथमा सो चम्किलो हतियार हातमा बोकेको अवस्थामा फेला पारिएको थियो । उनी टिजी ६५८ मा बैंककबाट दक्षिण कोरिया उड्दै थिए । उनको बयानमा त्यस्तो खतरनाक हतियार नेपालबाट साथमै बोकेर जहाज चढ्नुको कारण भने खुल्न सकेको छैन । तर, बयानमा नेपालमा विमानस्थल सुरक्षाकर्मीहरूकै सहायतामा आफू सुरक्षित साथ जहाजसम्म पुगेको भन्ने कुराचाहिँ खुलेको छ । के उद्देश्यले हतियारसहित जहाजमा प्रवेश गरे ? किन त्यसको प्रयोग नगर्दै उनी पक्राउ परे ? स्पष्ट नभए पनि नेपालको एक मात्र हवाई नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अत्यन्तै संवेदनशील सो घटनाबारे थाइल्यान्ड सरकारले नेपाल सरकारलाई पत्रै लेखेर विरोध प्रकट गरेको छ । थाई सरकारको नागरिक उड्डयन विभागका उपमहानिर्देशक परिचट कोत्चारतले ८ अक्टोबर २०१२ मा लेखेको पत्रमा अतिसंवेदनशील र निषेधित क्षेत्रमा त्यस्तो हतियार कसरी पुग्न सक्यो भन्ने कुरा उल्लेख गर्दै आश्चर्य प्रकट गरिएको छ । अचम्मलाग्दो कुरा के छ भने १८ जुलाईमा भएको घटनाको सम्पूर्ण अनुसन्धानपछि थाई सरकारले ८ अक्टोबरमा पठाएको पत्र लामो समयसम्म गायब पारियो । थाई सरकारले फेरि दबाब दिएपछि मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविनको प्रक्रिया सुरु गरेको हो । प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवेन्द्र केसीले पुस ४ गते एउटा अत्यन्त जरुरी गोप्य पत्र लेख्दै विमानस्थल कार्यालयलाई छानबिन गर्न निर्देशन दिएका छन् । निर्देशन पत्रमा कोरियन ट्रान्सफर यात्रुसँग सुरक्षित निषेधित क्षेत्रमा चक्कु भेटिएको, सो चक्कु विमनस्थल सुरक्षा प्रहरीले सर्च गर्दा फेला पार्न नसकी जहाजमा अनबोर्ड भएको र स्त्रिmनिङ, फिजिकल सर्च ड्युटीमा बसेको प्रहरीको लापरबाही हो वा अन्य कुनै कारण हो छानबिन गर्नर् भन्ने उल्लेख छ । तर, विमानस्थल कार्यालयले यसलाई पनि वास्ता गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुस उठाएर मात्र नपुगी विदेशबाट फर्केकी चेलीलाई बलात्कार गर्नसम्म हिम्मत बटुल्ने साहसी कर्मचारीको कमी छैन । तर, अब यत्तिले मात्र पनि पुग्न छाडेको अर्को डरलाग्दो यो घटनाले देशको अन्तर्राष्ट्रिय छविमा नराम्रो धक्का लागेको छ ।
biwash prawashi · Jan 15, 2013 4:21 PM · 3,452 views
No wonder its Nepal. This does not surprise me.
old jeans · Jan 15, 2013 5:16 PM
Don't know what's funnier - the fact that a foreigner managed to sneak into the airplane w/ a weapon or the security officials managed to disarm him with limited ease. In any case, considering how dire TIA's infrastructures are - be it entrance, exit doors, location, fences that surround the premises, or mismanagement, it's hardly a shocking news. It's high time we saw a major overhaul and improvised the premises. I swear the airport in Carson City, NV is 10 times better and well-organized than TIA. Both landing and boarding airplaces on and off the airport is a chore! Does anybody associated w/ it care? Highly doubt it.
riddle · Jan 15, 2013 11:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion