विनाकारण कारण सोध्छौ आज तिमी विनाकारण सबै बिर्सियौ जस्तो छ तिमीले भन त - के हुन्छ यहाँ कारणबस ? भन्न सक्छौ - त्यो दिन त्यस्तो किन भयो र आज यस्तो किन भयो ? सक्दैनौ र सक्ने छैनौ भन्न किन भने यहाँ कारणबस केहि हुदैन कारण जस्ता लाग्ने भ्रमहरु मात्र सल्बलाई रहन्छन यत्र तत्र सर्वत्र अनि तिमी जस्ता जिज्ञासुहरु अनायाश सोध्न थाल्छन कारण तिमी झूटको खेती गर्न लालायित हुन्छौ म तिम्रो मानसिकता देखेर चिन्तित हुन्छु न तिमी बदलिन्छौ, न त म नै हाम्रो नियति नै बनेको छ यो चक्र सक्छौ भने भन यसको कारण- किन सबैले कुरा बुझ्दा पनि तिम्रो खेती मौलाएको? अनि किन सारसाउँदो मान्छे त्यत्तिकै बौलाएको? त्यसैले फेरी पनि भन्दैछु- यहाँ सबै कुरा हुन्छ विनाकारण विनाकारण अस्मिता लुटीन्छ विनाकारण मानवता बेचिन्छ विनाकारण नै अस्तित्व मेटीन्छ ...
sambeg · Jan 15, 2013 11:20 AM · 1,068 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion