प्रतिक्रियाबादी शक्ति !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 प्रतिक्रियाबादी शक्ति !!    प्रतिक्रिया सुनौ .... टाउको दुख्यो .. खै किन हो ? चिसो न तातो, तात्तो न छारो  दुखिरहन्छ  !!    रनक्क बल्छ सास .. नाकबाट निक्लदा पोल्ने बाफ बनी भित्र.... लाभै जम्या जसरी,  खै कसरी (?) लुग-लुग काँप्छन  हातका औंला  नंगको रंग परिबर्तनको शिकार हुन्छ खोकीको लहर ........ रहर किचेर अघि  बड्छ  अराजक भयो समय !!   मुटुको चाल फुक्को दाल ... दुवै सेलाउदै जाँदा  टनक्क तनकिन्छ कन्चेट गुल्गुलाउछ पेट ... म भित्र के छ ? कालो छ, गोरो छ  कि साला रुघा खोकीको ज्वोरो छ ??  

jhaukiri · Jan 14, 2013 11:25 PM · 17,278 views

15 Replies

बुझि नसक्नुको कुरा देख्न र सुन्न पाईन्छ आजकाल संचार र राजनिती क्षेत्रमा पनि । नराम्रो काम जति सबै माओवादी वा अहिलेको सरकारले गरेको अनि राम्रो काम जति सबै प्रतिपक्षी दल र तिनका भरौटे अरौटे पत्रकार भेषधारीले गरेको रे । जनयुद्धताका राज्यबाट भएका ज्यादती जनताले भुल्नुपर्ने रे अनि जनता विरोधी त्रियाकलाप गर्नेलाई जनताले गरेको कारवाही चाहीं उल्टीनु पर्ने रे । बेपत्ता र शहिद परिवारले आफन्त सम्झेर रुन नपाईने रे, घाईतेहरुले ऐया भन्न नपाईने रे तर जनतालाई दुख दिने कथित ठुलाबढा र गाउँभाँडाहरुलाई जनताले स्थानीय स्तरमा स्वतस्फूर्त रुपमा जनताले गरेका कारवाहीहरु छानी छानी उल्टाउनु पर्ने रे । विस्तृत शान्ती सम्झौता माओवादीलाई मात्र लागु हुदा नेपाली संचार जगतले खुसियाली मनाउँछ कहिले बालकृष्ण ढुङ्गेल र कहिले अग्नी सापकोटाका नाममा आतंक मच्चाउँन पाउँदा गौरव गर्ने नेपाली सञ्चारहरु कमल थापा र रुक्मागत कटुवालहरुका अन्तर्वता छाप्न र प्रसारण गर्न तछाड मछाड गर्छन् । कृष्ण सेन लगायत होनाहार जनताका छोराछोरीलाई मानव समेत नदेख्नेहरु डेकेन्द्र थापाका नाममा कथित मानव अधिकारको खोजी गर्न थालेका छन् । जनयुद्ध र जनआन्दोलनको बलबाट शक्तिशाली बनेर च्याउ झैं उम्रिएका नेपाली संचार संस्थाहरुले राष्ट्र र राष्ट्रियताको नारा समेतलाई धोती लगाई दिएर प्रतिपक्षी अनि बिदेशी दलाल र सरकार बिरोधीहरुको मात्र गुलामी गर्छन् । देशको संक्रमणकालीन अवस्थाको फाइदा उठाएर कसले धमिलो पानीमा माछा मारि रहेको छ भन्ने सम्म अनुसन्धान गदैनन् सिधै माआवादी हो भनेर सम्बाददाताका नाममा ठोक दे भन्छन् चाहे त्यो भक्तमान श्रेष्ठ अपहरण काण्ड होस् या त कुष्ण बहादुर महराका नाममा प्रचार गरिएको ५० करोड काण्ड नै किन नहोस अनि यस्ता माओवादीलाई मात्र दाशी देखाउन षड्यन्त्रमुलक ढंगबाट घटिरहेका अरु घटना समेत । यस्तै घटनाहरुको तारो बनेको हुन सक्छ इमेज च्यानल पनि । यसमा पनि माओवादीलाई दोश दिएर प्रचार गर्नु अर्थपुर्ण हुनसक्छ । -TULASI BASKOTA

ashishme · Jan 14, 2013 11:46 PM

yo ashish me bhanya diliprai ho ki kya ho?  

Coowwboy · Jan 15, 2013 12:33 AM

माओबादी र माओबादी का भेंडे समर्थकहरु लाइ त बन्दुक को नाली ले हानेको देख्न पाइयोस!  सोझा साझा गाउँलेलाइ उकासेर देशलाइ अन्धकारको बाटोमा डोर्याउने भेंडाहरुलाइ  आर्मीले मर्ने गरि छुटेको मुवी आउदै छ क्यारे! फर्स्ट डे, फर्स्ट शो हेर्ने हो म त! 

riddle · Jan 15, 2013 12:37 AM

सोझा नेपालीको सोसन र दमन गर्ने पहिलेका भ्रस्टचारी र सामन्ती हरु सबै बसाई  सर्दै अमेरिका र युरोपमा बस्न थालेका छन् ....नेपालमा बस्यो भने कारबाही हुन्छ भनेर .........त COOWWBOY र RIDDLE  को बाऊ  को नाम क हो भन त ........म पहिले तेस्को छानबिन गर्छु तेस पछी येदि त भलादमी परिवार को रहेछस भने नेपाल को राजनीति को बारे मा बहस गरौला ........   नत्र भने त जस्ता भ्रस्टचारी को सन्तानसंग  कुरा गर्न  समय को बरबादी मात्र हुन्छ ........त जस्ता को माओबादी प्रति "Biasness "  कहाँ बाट उत्पन्न हुन्छ हामी लाई पनी सबै था छ .......

ashishme · Jan 15, 2013 1:54 AM

प्रिय कमरेड असीशमें, हार्दिक लाल सलाम ।   नेपालको अनगिन्ती पूलहरु, विद्यालयहरु, प्रहरी चौकीहरु, भवनहरु बनाउन तथा बीसौं हजार जीवनहरु एवं तिनीहरुको परिवार सफल बनाउन असंख्य योगदान दिने मौपाटीले तपाईंलाई साझाको लालदूत नियुक्त गरेको खबर सुन्दा सार्है हर्ष लाग्यो र तपाईंलाई हार्दिक बधाई दिन चाहन्छु । मेरो पनि पहिले देखि यहि मौपाटीमा नै झुकाव रहेको हुँदा तपाईं संग केहि प्रश्न राख्न चाहन्छु र चित्त बुझ्दो जवाफ आएमा तपाईंको मौपाटीको सदस्यता लिन चाहन्छु । प्रश्नहरु: 1. अहिलेको हाम्रो कमरेड डागडर बाबुरावको नेतृत्वमा बनेको सरकारको पालामा नेपालमा महिला हिंसा बढिरहेको प्रश्नको जवाफमा हाम्रै उपरास्ट्रपतिको उम्मेदवार कमरेड शशिले यी सबै मौपाटी बिरोधि शक्तिले हाम्रो कमरेड डागडर बाबुरावको नेतृत्वमा बनेको सरकार असफल बनाउन गराएको भन्ने जवाफ दिईन । तर यो सुनेर दर्शकहरु सबै किन हाँसेको होला? ती बिरोधि शक्तिहरु भए ती दुश्मनहरुलाई समात्न महिलाकर्मी तथा जनताहरुको दवाब सहेर डागडर बाबुरावले किन जाँगर नदेखाएको होला? 2. हाम्रा पुराना कामरेड पदम कुँवर कुन शक्ति बाट संचालित होला? तलको लेखको बारे तपाईंको के जिज्ञासा छ? ekantipur.com/saptahik/article/ 3. मलाई डागडर बाबुरावको पाटी बाईधे (वैद्य) को पाटी भन्दा बढी मन पर्छ । मैले कुन पाटीको सदस्यता लिन उपयुक्त होला? बाईधेको पाटी निर्वाचन आयोगमा दर्ता नगर्ने रे, निर्बाचनमा भाग नलिने रे, संसदीय व्यवस्था नमान्ने रे । तर कमरेड बाढललाई परधानमुन्तरी दिए ती सबै मान्ने पाटीहरुको नेतृत्व गर्ने रे । बाईधेको पाटीले खाली गोलमेच सम्मेलन मात्र मान्ने रे । के त्यो भनेको गोलो मेचमा बसेर सम्मेलन गर्ने भनेको हो? 4. मानौँ COOWWBOY र RIDDLE  भ्रस्टचारी र सामन्ती हरु नै रे तर यिनीहरुलाई बिदेशमा मुद्दा चलाउन नपाइने भनेर हाम्रो पाटी लागिपरेको हैन र? कुमार लामाले माओबादीलाई नै अत्याचार गरेको हैन र? अरु भ्रस्टचारी र सामन्ती हरु को पनि पाटीले अब समर्थन गरी उनीहरुलाई promotion गर्ने, पुरस्कार दिने नयाँ सिद्धान्त पाटीले अपनाएको हैन र? 5. यो कार्टूनले के भन्ने खोजेको होला?     अहिलेलाई यत्ति नै, येस्को चित्त बुझ्दो तथा शिष्ट भाषामा प्रतिक्रिया दिनु भए, आफ्नो आँखा, कान र मुख बन्द गरि मौवादी पाटीले गरेको गलत कार्य नहेर्ने, मौवादी पाटीको बिरोध नसुन्ने, र मौवादी पाटीले रटाएको पाठ मात्र बोल्ने सपथ लिने बाचा गर्दछु । महान मौवादी पाटीको सुभचिन्तक, मेत्ता   

metta · Jan 15, 2013 5:55 AM

 झ्याउँकिरी जी, फेरी पनि ज्वोरो-रुघा-खोकी को कवितात्मक लय खुब मनपर्यो . अझै पढ्न पाम ....   हैन साहित्य प्रेमी-अनुरागी हो भने कविता पढ्नुस न माथिको अनि राम्नुस , यहाँ किन राजनीतिक बार्तालाप र गुण/अवगुण को ब्याख्या गरेर साहित्यलाइ पनि राजनीतिले रेट्न खोजेको तपैले आशिष जी ?    आशिश जी , अर्को धागो खोलेर बरु मेत्ता जी को उत्तर पो दिने हो कि. उत्तर सुन्न लालायित छु तर यहाँ हैन है.....

ThahaChaena · Jan 15, 2013 9:30 AM

I like what this guy is saying. Eventually, all of these culprits will be brought to justice. Its just the matter of time. They won't be in power all the time and when they not in power they will be brought to justice. Maoists are enjoying the immunity provided by the power at the moment. Once that is gone, they will face the consequences. Mao, Congress Leaders, UML Leaders, Gynandra, Paras, Madhesi Leaders will face the consequences. They are all involved with enough  inhuman acts to put them behind bars for life. They all understand that and that is why they are not getting punished right now. But time will not spare them sooner or later. http://www.onlinekhabar.com/20... ० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ? चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ । साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले, ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् । ० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ? हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् । ० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ? यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन । ० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ? हो । मानवताविरोधी अपराध गर्ने, यद्ध अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।

SAP Dude · Jan 15, 2013 10:22 AM

This would have been such a good interview only if the KC guy hadn't been a raktachandan smuggler himself.

ashishme · Jan 15, 2013 10:57 AM

ए ashishme भाइ...... तिमीले कहिले साहित्य पढेका छैनौ ? एउटा कविले आफ्नो रचना पस्केको छ ... त्यसको भाव बुझ्नु छैन ... भलै त्यो राजनैतीक बिषयमा लेखिएको किन नहोस् ..... त्यसमा सुझाव र प्रतिकृया दिनु छैन ... सिधै राजनैतीक भाषण ठोक्ने .... अब यो पत्रकारहरु प्रतिको बिष बमन यो धागोमा किन गर्नुपर्थ्यो ?

Geology Tiger · Jan 15, 2013 11:17 AM

ए बाघ ....  तिमीले साहित्य सधैँ पढ्छौ ? अनी के ख्यासेउ त ? वाहीयात मान्छे ...

ashishme · Jan 15, 2013 11:27 AM

 हैन! यो आशिसमी भन्ने जन्तु भेंडा हो कि गधा हो मैले थम्यौनै सकिन। 

riddle · Jan 15, 2013 11:28 AM

किन र सजिलै छ नी ... तिम्रो मामा खलक जस्तो लग्यो भने भेडा र काका खलक जस्तो लग्यो भने चाही गधा ....  आफ्नै मान्छे नचिन्ने संग के कुरा गर्नु ?  की गधा र भेडा को भाषा मात्र बुझ्ने हो?

ashishme · Jan 15, 2013 11:43 AM

'मैले चाहिँ आची नै खाए पनि ठिक, तिमीहरु सब गलत; अब तिमीहरु नि आची खाऊ' भन्ने मानसिकता लिएर आउने self -acclaimed "विद्वान"हरुसंग बहस गर्नु भन्या 'गु लाई चलायो गन्ध' भन्या जस्तै हो. मतलबनै नगर्यो, २-४ दिनमा गु जस्तै यी पनि सुकेर, खुम्रीएर माटोमा मिल्छन.

jantare1 · Jan 15, 2013 12:35 PM

 जिन्दगीमा पहिलो चोटी व्यंग्य लेखेको साथीहरुले बुझ्नु भएन जस्तो छ | अब उपरान्त व्यंग्य नलेखने प्रण गर्दछु !! 

jhaukiri · Jan 15, 2013 6:31 PM

 झ्याउकिरी मित्र, यहा को सृजनशीलताको आलोचक हरु मात्र होइन,  प्रशंशक हरु पनि छन् भन्ने कुरा बुझिदिनु होला.यसरि स्रष्टा हरुले हरेश खानु भएन./ यसलाई निरन्तरता दिउँ भन्ने मेरो सुझाब छ/ धन्यबाद/  

adhikari_bandhu · Jan 15, 2013 7:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all