Nepal heading towards another war

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘दैलेख प्रकरण’को प्रतिवादमा माओवादीले पनि मुद्दा ब्युँताउने २७ पुस, काठमाडौं । कर्णेल कुमार लामादेखि दैलेखमा पत्रकार डेकेन्द्र थापाका हत्या आरोपीलाई पक्राउ गरेपछि एमाओवादीले त्यसको प्रतिवाद गर्ने भित्री तयारी थालेको छ । द्वन्द्वका बेला सरकारले मारेका निहत्था कार्यकर्ताको परिवारका तर्फबाट अदालतमा मुद्दा हाल्ने निर्णय गर्दै माओवादीले मातहतका राज्य समितिहरुलाई त्यसको तयारी गर्न निर्देशनसमेत दिएको बुझिएको छ । अधिकारकर्मीको आडमा माओवादीको सिंगै नेतृत्वलाई हेग पुर्‍याउने षडयन्त्र भइरहेको भन्दै एमाओवादीले त्यसको काउन्टरमा आफ्ना तर्फबाट पनि मुद्दा हाल्ने निर्णय गरेको विश्वस्त श्रोतले जनाएको छ । श्रोतका अनुसार द्वन्द्वपीडित परिवारले तत्कालीन प्रधानमन्त्री, सेनापति, प्रहरी प्रमुख, मुख्य सचिव, मन्त्रिपरिषद्का सबै सदस्य लगायतलाई विपक्षी बनाई मुद्दा हाल्ने तयारी भइरहेको छ । शुक्रबारको बैठकमा पनि अध्यक्ष प्रचण्डले हालै भइरहेका पक्राउ प्रकरणप्रति चिन्ता ब्यक्त गर्नुभएको थियो । ‘बेलायतदेखि दैलेखसम्मका घटना सिंगो माओवादी सिध्याउने खेल हो, यसलाई समयमै प्रतिबाद गरिएन भने स्थिति गम्भीर हुन्छ । यसको प्रतिवादका लागि सिंगो पार्टीमा एकता आवश्यक छ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई भने । वैद्य पक्ष पनि एकमुख यसैवीच, महाधिवेशन गरिरहेको नेकपा माओवादी पनि एकीकृत माओवादी जस्तै दैलेख घटनाको बचाऊमा उत्रिएको छ । दैलेख घटनाको बचाऊ गर्दै शनिबार बिहान प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरिने दैलेखका माओवादी इञ्चार्ज रामलाल बिकले जनाएका छन् ।

ashishme · Jan 11, 2013 11:27 AM · 1,658 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all