पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://www.onlinekhabar.com/20... पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी   10   २७ पुस, काठमाडौं । बेलाबखत उग्र अभिव्यक्ति दिएर विवादमा आउने गरेका संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गरेका छन् । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिगसमेत तत्काल हटाउन शेर्पाले माग गरेका छन् । दुई सय ९१ औं पृथ्वी यजन्तीकै दिनपारेर शेर्पाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-’१७ धार्नी आदिवासी जनजाति नेवारको नाक काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गरियोस् ।’ जिम्मेवार पार्टीका नेतासमेत रहेका शेर्पाले लेखेका छन्-’शासक जाति र वर्गले लेखेको ईतिहासमा उत्पीडित र उपेक्षीतहरु कथा व्यथा लेखेको हुँदैन भनेको सुनेको थिएँ । पृथ्वीनारायण शाहको गुणगान गाउने नेपालको ईतिहासले काठमाडौ उपत्याकामा १७ धार्नी आदिवासी नेवारहरुको नाक काटेको बारे किन बोल्दैन ?’ साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेबाट निष्काशनमा परेका आङकाजीले पृथ्वीनारायणलाई गाली गर्दै भनेका छन्- ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने पृथ्वीनारायण शाहलाई मरोपरान्त युद्धअपराधी घोषणा गरिनुपर्छ ।’ त्यसैगरी सिंहदरबार अगाडि रहेको शाहको सालिक तत्काल हटाएर शंखधर चक्र -साख्वा ?) को सालिक राख्न शेर्पाले माग गरेका छन् । ‘सिहंदरवारको अगाडि युद्धअपराधी पृथ्वीनारायण शाहको शालिक तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् ।’ शेर्पाको थप माग छ, ‘पृथ्वीनारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल सच्चाइयोस् ।’ काजीले स्टाटसको अन्त्यमा लेखेका छन्- ‘विश्लेषण: आङ काजी शेर्पा किसान’

_____ · Jan 11, 2013 8:12 AM · 40,234 views

33 Replies · Showing 21 - 33
Page 2 of 2

यो आङ पाजी शेर्पाले पृथ्वीनारायण शाहलाई युद्द अपराधी भन्नु पर्छ भनेर माग गर्नु भन्दा पहिले त्यसको गुरुबा प्रचन्डे र बाबुरामलाई युद्द अपराधी भन्नुपर्छ कि पर्दैन भनेर बिचार गरे त यसलाई पाजी भनिरहनु पर्दैन थियो होला । २१ औ शताब्दीमा सारा जगको अगाडि जिउदै मान्छे पुर्ने अपराधी कि १८ औ शताब्दी जुन समयमा हाम्रो सामाजिक संरचनानै युद्दमा आधारित थियो, त्यो समयको एउटा सफल युद्द बिजेता जसले लडेको युद्दको जगमा आधुनिक नेपालको जग बस्यो, तिनलाई अपराधी भन्ने ? त्यो समयनै युद्दको थियो, पृथ्वीनारायण शाहको मात्र के कुरा मल्ल राजाहरु पनि एक आपासमा सधैं काटाकाट गरिरहेकै हुन्थे । अरु राज्यहरुको पनि अवस्था त्यस्तै नै थियो । के उनले नजितेको भए त्यो बेलाको बाइसे चौबिसे राज्यहरु सदासर्वदा अस्तित्वमा रहिरहन्थे ? केही नेवार साथीहरुलाई यस्तो लाग्नु स्वभाविक हो कि पृथ्वी नारायण शाहले हाम्रो राज्य खायो तर बुझ्नु पर्ने कुरा के हो भने पृथ्वीनारायणले खाएको भए कुनै खैरेनारायणले खाइ दिन्थ्यो ति राज्यहरुलाई ...  मल्लहरुले पनि लिच्छवीहरुलाई र लिच्छवीहरुले किराँतहरुलाई हराएर पाएको हो राज्य ... एक थरी उपबुज्रुकहरुले यस्तो पनि लेखेछन् कि कप्तान किन्लोकको फौजसँग गोर्खाली सेनाले लडेको लडाईं सब नाटक हो । हे भगवान् ! त्यो बेलामा चलचित्र नबन्ने हुनाले दर्शकको मनोरन्जनको लागि त्यस्तो नाटक गर्नु परेको हो र भन्या ? यदी गोर्खाली र ब्रिटिश मिलेका हुन्थे भने त सिधै ब्रिटिशलाई साथ लिएर उपत्यकामा धावा बोल्थे होला नि । किन त्यस्तो नाटक मन्चन गरिरहनु पर्थ्यो होला । ईतिहासलाई सोझ्याउने नाउमा आफूलाई जे जे दिमागमा फुर्यो सब ईतिहास भनिदिने ? पृथ्वीनारायण शाहलाई लुटेरा भनेर बुझ्नेहरुलाई मेरो प्रश्न के भने किन उनले काठमाडौंमा भएको धनसम्पत्ति लुटेर गोर्खा लगेनन् ? किन आफूले जितेको जम्मै भूभागलाई गोर्खा भनेर नाम दिएनन् ? किन नेपालको राजधानी काठमाडौमै कायम गरे ? किन ईन्द्र जात्रालाई निरन्तरता दिए ? निश्चय नै उनले अरुको लागि नेपाल राज्य खडा गरिदिन्छु भनेर त्यो युद्द लडेका थिएनन् । एउटा ठुलो र शक्तिशाली राज्यको महाराज बन्ने महत्वकांक्षा पक्का पनि उनमा थियो । ईतिहासमा यस्ता घटना बिरलै होलान् जहाँ एउटा सम्राटले आफ्नो महत्वकांक्षा बिना युद्द लडेको होस्, चाहे अलेक्जेन्डर हुन् चाहे जेगिज खान लड्न त सबै आफ्नै महत्वकांक्षाले गर्दा लडेका हुन् । तर पृथ्वीनारायण शाह आफ्नो राज्य बिस्तारमा मात्र केन्द्रित थिएनन् र देश र जनताको हितमा पनि सोच्थे भन्ने कुरा उनको दिव्यपोदेश मात्र पढ्यो भने पनि छर्लङ हुन्छ ... यदी पृथ्वीनारायण शाहले किर्तिपुरका जनताको नाक कान काटेकै रहेछन् भने पनि नेपाल राज्य निर्माणको जस उनीबाट कसैले खोस्न सक्दैन । फेरी यो पिध नभएको लोटालाई अहिले एकाएक पृथ्वी नारायण शाहलाई युद्द अपराधी भन्नुपर्छ भन्ने दिव्य ज्ञान कसरी प्राप्त भयो ? अस्तिसम्म त यो स्वाँठले पनि पृथ्वी नारायण शाहको जय गान गाउदै हिंडेकै हो ... मेरो लागि यस्ता बिदेशी पैसा हसुरेको बलमा उफ्रने पाजीहरु जति सुकै धेरै उफ्रुन यिनिहरु पाजीनै हुन्; यिनिहरुको उफ्राइ त्यो बिदेशी पैसाको बल हुन्जेल मात्र हो र पृथ्वीनारायण शाह नेपालको राष्ट्र निर्माता नै हुन्  

Geology Tiger · Jan 11, 2013 1:39 PM

 His ignorance to realities is amazing. What does he want? Nak for Nak? And, he is not an isolated case. Even more shocking is that the democratic, the progressive and the leftist groups, including those from the media, who claim that they want to progress addressing the rights and the safety of all the people, shut their mouth when Ang Kagis spill venom. Where are Ekantipur, Himal Khabar, Nepali Times, etc. condemning such remarks through front-page editorials? These media are hopeless, waste It is not surprising though...these Nepali media and social commentators are worthless to the causes of the powerless (the majority) like before.  These goro bhaladmi elites simple discount poor and powerless.  Kunda Dixit wrote one that they, the poor and the powerless, should get aid. They need roads and water, much like the Dixits of Kathmandu. We cannot forget those media brands did not question India’s ‘ambassador’ to Nepal, from Shyam Saran to Rakesh Sood, who were and are India’s LaPierre to Nepal, when Maoists, which had received training, arms, strategies, and protection from India, were killing innocent people. These media must act...and we, the ordinary folks, are equally responsible to tell the truth, for that matter. We cannot solve our problems without working on two fronts simultaneously: One is removal of Ang Kagis and their partners (Foreigners, India’s mercenaries in particular) from our politics: It is the essential, the prerequisite. Not easy, not impossible either. Since we want to progress, we have to do that. Second is fairness. I must accept that my necessities are equal to yours. We all want to live and work without fear, with respect and dignity, and all we want are ‘water’ (infrastructures and services) and ‘iphones’ (products). We must have fairness while making, implementing, and policing policies and programs. We all know developed world is the result of such approaches. We must regard ‘others’ in equal terms. One should not read “communism” in fairness...when did Ron Paul reject fairness. There is no alternative to violence-free, hatred-free actions. We must speak and write against Ang Kajis, partialities, and dishonesties to see better days. 

kishnekale · Jan 11, 2013 2:20 PM

testa pagaal ko kura sunna thalyo bhaney,

bittertruth · Jan 11, 2013 3:12 PM

 Ang kaji babu sano bela ma appa amma le yak ko dudh khwayena ki kya ho timi lai? timro gidi ko bikash ramro sanga bhayeko chaina jasto cha. Yak ko chak jasto kura nagara na kaji. Timi le yasta ithihas sitihas ka kura garnu bhanda baru himal ko tuppo samma kasari chito chadney, ghiu chiya banauney machine kaha kinne, churpee kasari meetho banaune, chyangra ko masu kasari meetho pakauney, toomba lai sisi ma halera kasari bechney bhanne kuro tira dhyan diye huncha.  ganaune kuro matra garcha yo bajjya ta, sash gana ho ki kura nai ganaune ho bujjna garo cha. daat saat majney bani pani basala babu.  Last edited: 11-Jan-13 03:33 PM

chaurey · Jan 11, 2013 3:33 PM

Uddhab Kumar Budhathoki · Kathmandu, Nepalपृथ्वी नारायण शाह लाई नमान्ने हो भने, सबै भन्दा पहिला आफूलाई नेपाली नभने हुन्छ । उनिहरुले यो जवाफ दिनु पार्छ कि, यो एकिकरन नभएको भए के देश् अहिलेको अवस्थामा रहने थियो? केही आङ काजीहरू हिजो पनि जन्मेका थिए जस्ले बल्भद्र कुवर को नाला पानी को किल्लामा जाने पानीको मुहानको बारेमा अंग्रेजलाई सुराकी दियेर देशको बिरुद्ध अपराध गरेका थिये, उनले नाई काठमाडौं बाट क्रिस्तिअन हरूलाई भगायेका थिए तेही रिसमा नेपालको ईतिहास ती अंग्रेजहरूले बिगारी लेखेका हुन्। नत्र कीर्तिपुरमा लडाईं हुँदा नेवारहरूको नाक काटेर १७ धार्नी पुरायेको भन्ने जुन आरोप छ यदि त्यस्तो भएको भए १७ धार्नी नाक हुनको लागि कम्तिमा पनि ७० हजार मान्छेको नाक काटिनु पर्थ्यो जुन कीर्तिपुरको तत्कालिन जनसंख्या भन्दा १०० गुणा बढी हुन आउछ । के यो सम्भव थीयो? पृथ्वी नारायणले नेपाललाई गोर्खामा हालेको हो की गोर्खालाई नेपालमा हालेको हो एस्को जवाफ कस्ले दिन सक्छ? उनले नेवारी संस्क्रिती र परम्परालाई जस्ताको तस्तै राखेका थिए हो भाषाको सवाल्मा भने नेपाली भाषालाई थोपरेका हुन्। इन्द्रजात्रा, कुमारी पुजा, गाइजात्रा , बिस्केटजात्रा , मत्सेन्द्रजात्रा जस्ता परम्परालाई उनले जस्ताको तस्तै स्वीकारेका कुरा किन कसैले सम्झना सक्दैनन्? नेवारहरूलाई उचाले पछि देश कम्जोर पार्न सकिन्छ र देशको नाम् निशाना मेटाउन सकिन्छ भनेर केही गद्दारहरू अझै पस्चिमा देश्हरूको डलरको झुशिलो डकार डकारेर तर्साउन खोज्दैछन्। तेसैले हामि सबैजना एकजुट हुनु पर्छ र डलर खाने गद्दार हरूलाई नाश गर्नु पर्दछ। पृथ्वी नारायण शाहका सेनामा सबैभन्दा बढी जनजातिहरुनै थिए, मगरहरू र गुरुङहरू त उन्का रैथाने बिस्वास्पात्र थिये। येस्ता कुराहरु लुकाएर लेखिएको ईतिहास हामिले सखाप पार्नु पर्दछ। मावोबादीहरूको आन्दोलनले १२ हजार जनताको ज्यान जादापनी कसैले चु बोल्न सकेनन र जनयुद्धमा येस्तो सामान्य कुरा हो भनेर भन्छन् भने झन् एकिकरनको लडाईंमा केही सिपाहीहरू आफ्नो राज्यको सुरक्षा लागि सहीद हुनुलाई सामान्य मानिनु पर्दछ। आङकाजी जस्ता गद्दार हरू हिजो पनि थिए आज पनि छन् र भोलि पनि हुन सक्नेछन् । बस्स हामी साबधान भएर बस्नु पर्दछ।. ------ YO POST LAI YESO MAATHI MATRA TIPERA RAAKHDA KASO HOLA..

bittertruth · Jan 11, 2013 7:05 PM

 बिटी ब्रो, मलाई हाम्रो बुढाथोकीजी को लेखाइमा एउटा कुरा चाँही बहुत कौतुहलतापूर्ण लाग्यो । साँच्ची कति मान्छेको नाक काटियो होला त्यो बखत ? मैले त यो धार्नीको हिसाब पनि बिर्सें, एक धार्नीमा कति केजी अथवा पाउन्ड हुन्छ कुन्नी ? फेरी नाक काट्दा नाकको टुप्पो मात्र काटियो होला कि अलि फेद सम्मै काटियो होला ? फेरि यो नाक काटिए पछी जोख्न कसले लगायो होला ? पृथ्वीनारायण शाहले आँफैले जोख्न लगाए होला कि अरु कसैले जोखे होला कि कसैले यत्तिकै हावामा १७ धार्नी भन्दिएको होला ? ल अब कसैले यस्तै प्रश्नहरु खोतलेर एउटा सोधपत्र नै लेखे हुन्छ ...

Geology Tiger · Jan 11, 2013 7:58 PM

 From what I had calculated, PNS must have cut the nose of ~1200-2000 to achieve the weight of 17 DHARNI (=~40Kg). It is assumed that the weigh to nose cut from base weigths approximately 35grams, and the nose skimmed weights 20gram.            Dharni Kg lbs       1= 2.20462     1= 2.3325= 5.142276     17= 39.6525= 87.41869             Total people Assumption 1 NAK wt(kg) 17 Dharni Required    (a) Cut from Base 0.035 39.6525 1132.929   (b) Skimmed 0.02 39.6525 1982.625 Last edited: 11-Jan-13 08:12 PM Last edited: 11-Jan-13 08:13 PM

lutee_bahun · Jan 11, 2013 8:12 PM

GT bro, tyo aangaji bhanney hussu ley sara 'sherpa' jaati kai beijat garyo ni bhannai parda, testa ko k kura sunney, agadi badhnu chaina, itihaas ko kura nikalera, bartmaan ma samasya leuna khojney yesta atankabaadi soch bhaka haru ko kura ta sunera ni nasuney jhai garnu nai jaati, ani testa ko thathyanka sanga k jod-hisab gari ranu, good to see you after a while bro :D 

bittertruth · Jan 11, 2013 8:31 PM

 हिजो तिब्बत बाट नून बच्दै नेपाल छिरेको  त्यो भोटेको बच्चोलाई  नेपालको बारेमा के थाहा छ।आज 2-4 जना माओबादी बाहुनको पछि लागेर ,सारा नेपाली को बारेमा जे पाए तेइ बोल्दै डोल्लर पचौन को लागि सारा  नेपाली लै लडाएर जुदौन  खोज्ने त्यो शेर्पा लै युद्द अपारद लगाएर नेपाल बाट तेस्कै बाउको थलो तिब्बत लखेट्नु पर्छ। 

200times · Jan 11, 2013 8:47 PM

hamro nepali guru ba le bhannu hunthiyo bastab ma itihas lai banghai chaidhai lekheko re war ma hare pacchi affai nak kate sarah bhai halyo ni ani bhanni le pokka 17 dharnni nak bhanera k guff lagayecha, aba hami le ni tehi bhuje cham.

wiscon · Jan 11, 2013 9:49 PM

 येस्ता मुजी पाजीको कुरालाइ नि के सिरिअसलि लिएर बहस गरिरा होला! एस्का कुरा सुनेर पछि लाग्ने त भेडा नै भैहाले नि! पत्रकार हरुले यो मुलोलाइ पुरै बहिस्कार गर्दे हुन्थ्यो, तर के गर्नु त्यहि पत्रकारहरुको भिडमा नि टन्नै भेडाहरु छन् र अप्ठ्यारो पर्यो. बज्जेका दुइतै कानमा माल्टा बारुद ठोसेर पड्काउनुपर्ने, त्यो डलरमा बन्धक राख्या दिमागमा अलिकता भए नि चेत आउंथ्यो कि!

jantare1 · Jan 11, 2013 11:16 PM

Jantare1 ko bhasha jasto bhayeni kura chai sorhai ana sahi chha. We are giving him too much credit. If a homeless comes and claims Obama to be an alien, are we to protest against him in mass?

Kiddo · Jan 11, 2013 11:38 PM

केको डलर : त्यो छविलालले जंगल बस्दा देखि प्र म हुँदा सम्म हसुरेको बात केहि दिएको होला कि त भारतीय बात भा रु पाएको होला ? जनतालाई रनभुल्ल बनाइ राख्न -माओबादिले  पालेको कुकुर छोडेको होला |

Magorkhe1 · Jan 12, 2013 4:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all