नाइजेरियाली बुहारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नाइजेरियाली बुहारी SATURDAY, 05 JANUARY 2013 13:01 नागरिक 18   मणि दाहाल - पुस दोस्रो साता कान्छा तामाङ रसुवा राम्चेस्थित घरमा पुग्दा सानोतिनो मेला नै लाग्यो। कामका लागि विदेशिएका कान्छा पत्नी दोराठी तामाङ र छोरा भरोसा लिएर फर्केका थिए। २८ वर्षे कान्छाले बिहे गरेको भन्ने गाउँलेलाई थाहै थिएन। त्यो पनि रिठ्ठाजस्तो नाइजेरियाली काली दोराठीसँग।  दुई वर्षको उनको छोरा पनि आमाकै फोटोकपीजस्तो छ। 'एकै पटक पत्नी र छोरासाथ गाउँ पुग्दा धेरै छक्क परे,' काठमाडौंमा भेटिएका कान्छाले भने।  पहिलोपटक नेपाल आएकी दोराठीले भनिन्, 'बाटोमा हिँड्दा पनि मानिस मलाई नै हेरिरहेका हुन्छन्, अप्ठ्यारो लाग्दो रहेछ।'  सन् २००९ मा कामका लागि कान्छा नाइजेरिया पुगेका थिए। उनले काम गर्ने लेबनानी निर्माण कम्पनीमै काम गर्थिन दोराठी अजेका ओयोनो। कान्छालाई दोराठी मन पर्‍यो। उनले बिहेको प्रस्ताव राखिहाले। त्यसले दोराठीलाई धर्मसंकटमा पार्‍यो। स्वीकार्ने कि नस्विकार्ने। गोरो चटक्क परेको ह्यान्डसम केटा, तर न जात मिल्छ, न भाषा। कान्छासँग भेट्नुअघिसम्म उनलाई विश्वमा नेपाल भन्ने देश छ भन्ने थाहासमेत थिएन। 'माउन्ट एभरेस्ट विश्वकै अग्लो हिमाल हो भन्ने पढेको थिएँ, तर कुन देशमा पर्छ भनेर थाहा थिएन,' उनले भनिन्। उनले बीचको बाटो अपनाइन्। हुन्छ वा हुँदैन केही भनिनन्। त्यस विषयमै कुरा नै गरिनन्। 'छ महिनापछि उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन्,' कान्छाले भने। कोर्ट म्यारिज गरे।  कान्छालाई त समस्या भएन। तर दोराठीकी आमाले आपत्ति जनाइन्। उनलाई जात न धर्मको आफूले सुन्दै नसुनेको देशको केटासँग छोरीको सम्बन्ध मन परेन। 'बुबा र दाजुभाइले भने आपत्ति गरेनन्,' दोराठीले भनिन्। नेपाल जस्तै नाइजेरिया पनि पुरुषप्रधान देश हो।  नेपालमा केटी पक्षले बिहेका लागि खर्च गर्नुपर्छ तर नाइजेरियामा भने त्यस्तो छैन। 'केटीतिरको मानिसलाई भोज खुवाउनुपर्छ,' कान्छाले भने, 'केटी पक्ष सक्षम छ भने केही थप्ने हो। नत्र केटा एक्लैले खर्च गर्नुपर्छ।'  बिहे भएको तीन वर्ष हुन लाग्यो, कान्छा अहिलेसम्म ससुराली गएका छैनन्। ससुराली नाइजेरियाको पूर्वी भागमा क्यामरुन छेउमा पर्ने रिभरक्रस राज्यमा पर्छ। त्यो ओयोनो समेतले चिनिन्छ। ओयोनो नदीले क्यामरुन र नाइजेरियालाई छुट्याएको छ। त्यस क्षेत्रमा बस्नै सबै ओयोनो लेख्छन्। आदो भाषा बोल्छन्।  कान्छा कसरी पुगे त लागोस्?  उनको वृत्तान्त कुनै फिल्मको कहानीभन्दा कम छैन।  ... कान्छा सन् २००३ मा दुबई पुगेका थिए। १९ वर्षका लक्का जवान। तलब थियो महिनाको ५ सय दिराम। काम निकै जोखिमपूर्ण। ठुल्ठूला भवन वा संरचनामा कामदारका लागि काम गर्ने स्थान बनाउने स्काफफोल्डिङ बनाउने।  'यहाँ भवन बनाउँदा बाहिर बाँसका राख्छन् नि, त्यस्तै, उता फलाम हुन्छ,' कान्छाले भने, 'हामीले बताएर ठीक छ भनेपछि मात्रै अन्य कामदार त्यसमा चढेर काम गर्छन्।'  काम गर्दैगर्दा उनलाई कसैले उकास्यो। 'अर्को कम्पनीमा बढी पाइन्छ, भागांै,' उनले सम्भि्कए, 'पैसा कामाउन गएको हो, बढी पाइन्छ भने किन नभाग्ने?' दुबई पुगेको सात महिनामै कम्पनीमा बन्धकी राखेको पासपोर्ट छाडेर भागे।  दुई सय दिराम बढी पाउने भएपछि उनी गैरकानुनी कामदार बने। पासपोर्ट र कागजात नभएका उनलाई एक दिन प्रहरीले समात्यो पनि। 'चालिस दिनमा छुटेँ धरौटीमा,' उनले भने, '१ हजार ५ सय दिराम।' प्रहरीलाई केही रकम घुस खुवाएका थिए।  १५-१५ दिनको तारेख भए पनि उनी धाएनन्। भागेको भागै। जापानी कम्पनी ताइसा कर्पोरेसनका काम गरेका थिए, त्यसले नै पासपोर्ट निकाल्न सहयोग गर्‍यो। 'चार हजार दिराम खुवाएर पुरानो कम्पनीबाट पासपोर्ट फुत्काएँ,' उनले भने। कम्पनीकै कसैले भन्यो, 'पढिनस् भने प्रगति गर्दैनस्, सधैं लेबरको लेबर हुन्छस्।' त्यसपछि उनी अनलाइनमा व्यवसायिक शिक्षा लिन थाले। 'मसँग अहिले उत्तर प्रदेशको कानपुर विद्यापीठबाट स्काफफोल्डिङमा ब्याचलर्स गरेको प्रमाणपत्र छ,' उनले भने।  उनी आँटी र जाँगरिला थिए। मन जिते। पदोन्नति भयो- फोरम्यान बने। त्यसपछि सुपरभाइजर बने। 'त्यो संसारको अग्लो भवन छ नि? त्यहाँ माथि चढेर हेर्दा बादल पनि तलतल देखिने,' कथा सुनाउँदै प्रसंग झिके, 'त्यसको ५० तल्लासम्म स्काफफोल्डिङको काम गरेको थिएँ।'  सन् २००८ तिर एउटा समूहसँग भेट भयो। लेबनानी कम्पनी एमएफ कर्पोरेसनले नाइजेरियामा काम गर्नं दुबईबाट एउटा टिम लैजाने भयो। त्यसमा स्काफफोल्डिङको काम हेर्ने जिम्मेवारी कान्छाको भागमा पर्‍यो। 'सिंगापुरे, मलाया लगायत अन्य देशका मानिस गरी २०-२५ जनाको टिम थियो,' उनले भने।  नाइजेरिया पुगेपछि कम्पनीले सस्तोमा काम लगाउने भयो, अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेन। 'अन्य साथी कुरा नमिलेपछि फर्के तर म उतै बसेँ,' उनले भने, 'त्यही कम्पनीमा दुई वर्ष काम गरे।'  दुई वर्षपछि एक दिन अचानक पासपोर्ट र टिकट दिँदै भन्यो, 'घर फर्केर जा।' उनलाई साह्रै रिस उठ्यो। श्रीमती गर्भवती थिइन्। मुद्दा दिँउकि जस्तो झोँक चल्यो।  दुई महिना बेरोजगार बनेपछि जर्मनीको डब्ल्युएफ कम्पनीका काम पाए। त्यो नाइजेरियाको सबैभन्दा ठूलो निर्माण कम्पनी हो। 'अहिले मेरो मातहत ४० जना लेबर छन्,' उनले भने। अहिले नाइजेरियाको केन्द्रीय बैंक निर्माण गर्ने काम भैरहेको छ। 'मेलै बनाएको स्काफफोल्डिङको संरचनामा त्यहाँको काम भैरहेको छ,' उनले भने, '१ सय १० मिटर अग्लो डिजाइन पनि स्वीकृति भएको छ।' कान्छा परिवारका साथ नाइजेरियाको दोस्रो ठूलो शहर लागोसमा बस्छन्। करिब ८० लाख जनसंख्या भएको लागोसमा दुई सय जति नेपाली छन्। परिवारसँगै उतै बस्ने धेरै छन्। तर रैथाने केटी बिहे गरेका कान्छा एक्ला नेपाली हुन्।  --- भाषा र खाना दुवैलाई समस्या छ। न कान्छालाई दोराठीको आदो भाषा आउँछ। न त ठोराठी नै नेपाली र तामाङ भाषा बुझि्छन्। 'कुराकानीको भाषा अंग्रेजी हो,' कान्छाले भने, 'आफ्नै भाषामा मनको कुरा गर्न कसलाई मन लाग्दैन?' 'खाने कुरामा अहिले समस्या हुन्छ,' कान्छाले भने, 'उनीहरु ढिँडो जस्तै एभो र फुफु खान्छन्। आफूलाई भने दालभात नै चाहिन्छ।' कान्छा त्यसैले बिदाका दिन दालभात पकाउँछन्। 'चामल महंगो छ,' उनले भने, '४ किलोकै करिब २५ सय रुपैयाँजति पर्छ।' दोराठीलाई भने मःम निकै स्वादिलो लाग्छ। 'दालभात पनि ठिकै लाग्छ,' उनले भनिन्।  कान्छाले गर्ने काम निकै जोखिमपूर्ण मानिन्छ। दोराठीलाई त्यसले चिन्तित पार्ने गरेको छ। त्यसो त कान्छालाई पनि डर नलाग्ने होइन। 'तल हेर्दा आङै सिरिङ्ग भैहाल्छ नि,' कान्छाले भने, 'माथि चढेपछि हतपति तल हेर्दिन

_____ · Jan 11, 2013 6:32 AM · 1,864 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all