कलेजमा मिनिस्कर्ट हटाउने आचारसंहिता बन्यो, कार्यान्वयन भएन -शरद शर्मा काठमाडौं, २३ पुस । प्लस टुका छात्राहरूलाई मिनिस्कर्ट प्रतिबन्ध गर्न सरकारले दुई महिनाअघि तयार गरेको आचारसंहिता कार्यान्वयन हुन सकेको छैन । शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न पठाएको संहिता उच्च माध्यमिक शिक्षा परिषद्मा थन्किएको छ भने पुसको मुटु कठ्यांग्रिने जाडोमा पनि विद्यार्थी छोटो र हिपहप पहिरनमा कजेल जाने गरेका छन् । शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रदेखि मिनिस्कर्टमा प्रतिबन्ध लगाउने योजनासहित आचारसंहिता तयार गरेको थियो । विद्यार्थीले अहिले लगाउने गरेका छोटा र हिपहप लुगा छाडा देखिन थालेको चर्को गुनासो आएपछि मन्त्रालयले कलेज ड्रेसको निश्चित मापदण्ड तोकेर आचारसंहिता बनाएको थियो । प्लस टु तहमा छोटा र हिपहप लुगा, मोबाइल र मोटरसाइकल प्रतिबन्ध गर्न निर्देशिकामा भनिएको छ । आचारसंहिताअनुसार छात्राहरूले घुँडा देखिने मिनिस्कर्ट लगाउन पाउने छैनन् । स्टर्क कम्तीमा पनि घुँडाभन्दा २ इन्च तलसम्म हुनुपर्नेछ । त्यस्तै, चुज र हिपहप लुगा पनि प्लस टुमा लगाउन पाइने छैन । विद्यार्थीले पाइन्ट चुज गरेर लगाउने भएकाले आचारसंहितामा पाइन्टको मोताको मापदण्ड नै तोकिएको छ । पाइन्टको मोता कम्तीमा पनि १६ इन्च चौडाइ भएको हुनुपर्ने छ । त्यस्तै, पाइन्ट र स्कर्ट कमरभन्दा कम्तीमा १ इन्च माथिबाट लगाउनुपर्ने छ । त्यस्तै, विद्यार्थीले नेकभन्दा १ इन्च तलसम्म खुला भएको पोसाक लगाउन नपाउने आचारसंहितामा उल्लेख छ । नेकभन्दा एक इन्च तलसम्म मात्रै सर्टको बटम खोल्न पाइनेछ । विद्यार्थीले कमरमा लगाउने बेल्ट पनि आफूखुसी बजारमा पाइने फेसनेबल लगाउन पाउने छैनन् । डेढ इन्चभन्दा चौडा बेल्ट लगाउन नपाइने आचारसंहितामा उल्लेख छ । टाईको गाँठो नेकसम्म अनिवार्य हुनुपर्ने छ । पोसाकसँग मिल्ने कोट, स्विटर, ज्याकेट, मफलर तथा जुत्ता–मोजा विद्यालयले तोकेबमोजिमको रंग र डिजाइनको मात्रै लगाउन पाइने आचारसंहितामा व्यवस्था गरिएको छ । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले तयार गरेको आचारसंहिता कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए । आफूहरूले पटक–पटक छोटा लुगामा प्रतिबन्ध लगाउन माग गरेको उनले बताए । ‘हामीले तत्काल छोटा कपडामाथि प्रतिबन्ध लगाउन भनेका थियौँ तर किन हो अहिलेसम्म कार्यान्वयन गरिएको छैन,’ भण्डारीले भने । उमावि परिषद्को लापरबाहीका कारण कलेजहरूले छोटा लुगामाथि प्रतिबन्ध नलगाएको उनले बताए । उमावि परिषद्का प्रवक्ता नारायण कोइरालाले आचारसंहिता चाँडै कार्यान्वयन गरिने बताए । ‘छोटा पोसाकमा बढी विकृति बढेको छ, अब चाँडै कलेजलाई लागू गर्न परिपत्र पठाउँछौ,’ उनले भने । स्थानीय प्रशासनलाई विद्यार्थीलाई कलेज ड्रेसमा मोटरसाइकल चलाउन रोक लगाउन पनि परिपत्र पठाइने उनले बताए । मन्त्रालयले तत्काल कार्यान्वयन गर्न निर्देशन दिए पनि उमावि परिषद्ले आचारसंहिता पुन: अध्ययन गर्न परिषद्कै सहसचिव डम्बर बतासको संयोजकत्वमा समिति बनाएको थियो । सो समितिले पनि छोटा कपडासँगै मोबाइल र मोटरसाइकलमा तत्काल प्रतिबन्ध गर्न सिफारिस गरिसकेको छ । माविमा पनि प्रतिबन्धको तयारी मन्त्रालयले निजी विद्यालयका माध्यमिक तहमा पनि मिनिस्कर्ट र हिपहप लुगामा प्रतिबन्ध लगाउन तयारी गरिरहेको छ । विद्यालय तहका लागि शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा गठित समितिले तयार पारेको निजी विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका मन्त्रालयलाई बुझाएको छ । तर, यो अझै स्वीकृत भएको छैन । निर्देशिका स्वीकृत भएपछि माध्यमिक तहका विद्यार्थीले पनि मिनिस्कर्ट र चुज तथा हिपहप पाइन्ट लगाउन नपाउने निर्देशक पाण्डेले बताए । ‘निर्देशिका स्वीकृतको प्रक्रियामा छ, स्वीकृत हुनासाथ लागू गर्छौं,’ उनले भने । निर्देशिकामा कक्षा ८ सम्मका विद्यार्थीका लागि पाइन्टको मोता १२ देखि १४ र माध्यमिक तहका विद्यार्थीका लागि १६ इन्च निर्धारण गरिएको छ । निर्देशिका कार्यान्वयन आएपछि विद्यार्थीले कमरभन्दा कम्तीमा १ इन्चमाथिसम्म पाइन्ट र स्कर्ट लगाउनु पर्नेछ ।
cybernepali · Jan 7, 2013 11:39 AM · 11,140 views
काठमाडौँ मा धेरै लै छाडा रोग लागेको छ . modern अनि educated मान्छे हो भनेर देखौन छाडा छाडा लुगा लगाउने अनि छाडा बोल्ने एंड छाडा हेर्ने अनि आफु बडो बुद्धि मणि छु भनेर सोच्ने. छाडा गर्न पाउनु भनेको freedom हैन . यो पिछादिएको कुरा हैन modesty इस appriceated by man women need to understand that if they want respect .
mazzarella · Jan 7, 2013 5:28 PM
This turns a man into ape. And he decides to rape. She's the next morning news. Parents mourning at her grave.
daum · Jan 7, 2013 5:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion